काँग्रेस मकवानपुरले आज कैलाश गाउँपालिकाको कार्यालय घेराउ गर्ने

तु खबर संवाददाता
२०७६ असार २५,बुधबार ०८:१९

मकवानपुर २५ असार । नेपाली काँग्रेस मकवानपुरले आज मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालय घेराउ गर्ने भएको छ ।

काँग्रेस मकवानपुरले दिएको जानकारी अनुसार गाउँपालिकामा विभिन्न विषयमा मनोमानि भएको र गाउँसभा गर्न सनकेको भन्दै विरोध स्वरुप गाउँपालिका घेराउ गरिने भएको हो ।

काँग्रेस ४ नम्बर क्षेत्रीय समितिको आयोजनामा गाउँपालिका घेराउ गरिने काँग्रेस मकवानपुरले जनाएको छ ।
यसबारे जानकारी भए नभएको बुझ्न कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानलाई तु खबरले गरेको फोन सम्पर्कको प्रयास सफल हुन सकेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*