२५ मिटर सडक विस्तार प्रकरण : आवश्यक तयारी सकियो, १० बजेबाट भत्काइन्छ संरचना

तु खबर संवाददाता
२०७६ असार २३,सोमबार ०८:२६
file-photo

मकवानपुर २३ असार । पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगतको सडकको दाँया/बाँया २५/२५ मिटर सडक विस्तारको लागि आवश्यक तयारी पूरा भएको डिभिजन सडक कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी जयराम अधिकारीका अनुसार आज २ स्थानबाट एकैसाथ डोजर चल्नेछ । उनका अनुसार चितवन र मकवानपुरको सिमाना लोथर,त्यसैगरी बारा र मकवानपुरको बिचमा रहेको अम्लेखगंजबाट एकैसाथ संरचना भत्काइनेछ ।

गत असार ७ गते सडक सिमाभित्र पर्ने अतिक्रमण हटाउन सडक डिभिजनले सूचना जारी गर्दापनि सो संरचना नहटाईएकोले आज बल प्रयोग गरेर भत्काइने उनले जानकारी दिए ।
संरचना भत्काउनको लागि आज २ वटा डोजर चलाइने उनले बताए । विहान १० बजेबाट संरचना भत्काइने तयारी गरिएको उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस् – 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*