गाँजाको विकल्प खोज्दै कैलाश गाउँपालिका

तु खबर संवाददाता
२०७६ असार १,आईतवार ११:०५

मकवानपुर १ असार । भौगोलिक हिसाबले मकवानपुरको दुर्गम क्षेत्रको रुपमा रहेको कैलाश गाउँपालिकामा गाँजाखेतीको बिकल्पबारे गाउँघरमै छलफल सुरु भएको छ ।

कैलाश गाउँपालिकाले १० वटै वडामा गठन गरेको ५० वटा टोल विकास संस्थाका पदाधिकारीहरु तथा सदस्यहरु एवम् समाजका अगुवाहरुका लागि गाँजाको विकल्पका सम्बन्धमा तालिम सञ्चालन गरी लागूऔषध न्यूनिकरणको प्रयास गरेको हो ।

कैलाश गाउँपालिकाको माथिल्लो भेगमा हुने प्राकृतिक गाँजाको न्यूनिकरणका लागि वडा नं १ को डाँडाखर्क, वडा नं २ को छ्याङदुङ, वडा नं ५ को गोगने र वडा नं ६ को पकनीमा गठित टोल विकास संस्थाका पदाधिकारीहरुका लागि तालिम प्रदान गरिएको समुदायको लागि विकास संस्था नेपालका अध्यक्ष हेमलाल उप्रेतीले बताए ।

यसअघि वडा नं ३ र ४ को लागि कालिकाटार, वडा नं ७ को लागि तामलाङ, वडा नं ८ को भार्ता, वडा नं ९ को नामटार र वडा नं १० को भाल्टारमा लागूऔषध न्यूनिकरण तथा बैकल्पिक खेती सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

हरेक वडामा ५० जनाभन्दा बढीले लागूऔषध दुव्र्यसनको अबस्था, यसले निम्त्याउने समस्या र मकवानपुरको अबस्थाका बारेमा तालिममा जानकारी हासिल गरेका थिए । यो बर्ष १० वटै वडामा रहेको ५० वटा टोल विकास संस्थाका ५ सय भन्दा बढीलाई तालिम मार्फत लागूऔषध न्यूनिकरण र बैकल्पिक खेतीका सम्बन्धमा जानकारी दिइएको समुदायको लागि विकास संस्था नेपालका कार्यकारी निर्देशक नवीन सुवेदीले जानकारी दिए ।

तालिममा युवा अभियन्ताहरु जीवन शर्मा, अशोक सारुमगर, शिवकुमार काशी, अमरकान्त झा, अशोकसुजन श्रेष्ठ र उमेश गुरुङले सहजीकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*