थाहा नगरपालिका ३ – अध्यक्षको मनोमानी, वडा भेला नगरी विकास बजेट योजना छनोट

तु खबर संवाददाता
२०७६ जेष्ठ २९,बुधबार १५:२८

मकवानपुर २९ जेठ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ ले आर्थिक बर्ष ०७६/०७७ को विकास बजेट योजना छनौटमा मनोमानी गरेको बुझिएको छ । वडा भेला नगरी वडावासीको कुनै सुझाव संकलननै नगरी वडाले एकलौटी रुपमा विकास बजेटको योजना छनोट गरी नगरपालिका पठाएको हो ।

वडा अध्यक्ष राजेश केसीले वडाभेला नगराई एकलौटी रुपमा योजना छनोट गरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

योजना छनोट गर्दा कानूनत वडा भेला गराउनुपर्ने हुन्छ, त्यसैगरी वडाभित्रका बस्तीहरुमा योजना तजूर्माको लागि बैठक/वडा भेला हुने दिनको जानकारी कम्तिमा ३ दिन अगावै सार्वजनिक सूचनामार्फत् दिनुपर्ने हुन्छ । त्यसपछि भेलामा उपस्थितहरुको सुझाव संकलन गरेर सबै बर्ग समुदाय महिला दलित आदीवासी जनजाती, उत्पीडित बर्ग, अल्पसंख्यक, सिमान्तकृत, युवा बालकालिका जेष्ठ नागरिक लगायत सबै समेटिने गरी योजना छनोट गर्नुपर्छ ।

स्थानीयहरुका अनुसार वडा अध्यक्ष राजेश केशीले एकलौटी रुपमा आफ्नो पक्षलाई मात्र सहज हुनेगरी योजना छनोट गरेका छन् । उनले स्थानीयलाई बाहेस गरेर वडा संचालन गर्दै आएको समेत उनीमाथि आरोप छ ।

स्थानीय सानुबाबु मोक्तानले भने ‘ योजना छनोटको काम वडा अध्यक्ष केसीले नीति संगत नगरेकै कारण स्थानीयले विरोध गरेका हुन् ।’

तु खबरले यसबारे वडा अध्यक्ष राजेश केशीलाई जिज्ञासा राख्दा उनले आफुले वडा भेला नगरी योजना छनोट गरेको स्वीकार गरे । उनले भने ‘ नीति संगत हेर्ने हो भने त राज्यनै नीतिमा चलेको छैन । मैँले कसैलाई बाहेस गरेको छैन ।’

उनले विगतमा पनि यस्तै गर्दै आएकोले अहिले पनि योजना छनोटको लागि वडा भेला नगराइएको बताए ।

आगामी बर्षमा भने सुधार गर्ने उनले विश्वास दिलाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*