नेकपाको राक्सिराङमा प्रशिक्षण कार्यक्रम

तु खबर संवाददाता
२०७६ जेष्ठ २३,बिहीबार १६:०२

मकवानपुर २३ जेठ । नेपाल कम्युनिष्ट पार्टी राक्सिराङ गाउँपालिकामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले समृद्धिमात्र समाजबाद होइन भन्दै पार्टीले जनतासँग घनिष्ट सम्बन्ध कायम गर्नुपर्ने बताए ।

पार्टी बलियो भएमात्र राष्ट्र र राष्ट्रियता बलियो हुनेमा जोड दिँदै नेता न्यौपानेले अनुशासित पार्टी भएमात्र समाजवादको लक्ष्य हासिल गर्नेमा जोड दिए ।

त्यसैगरी पार्टी केन्द्रिय सदस्य रामेश्वर रानाले आर्थिक सामाजिक रुपान्तरण बारेमा , कमान सिं पाख्रिन पृथकले पार्टी निर्माण र पद्धतिको बारेमा धारणा राखेका थिए ।

पार्टी जिल्ला सदस्य लाल बहादुर थापाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पुर्व सांसद एवम् पार्टी कमिटी सदस्य राजाराम स्याङ्तान , वनस्तम थिङ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बाबुलाल स्याङ्तानले स्वागत मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*