
मनहरीको ठाडाखोलामा टेलिसिरियल ‘टेन्सन साफ’ को सुटिङ

सन्देश थिङ
मकवानपुर, ९ जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ ठाडोखोला तथा भुन्दु्रङखोलामा हाँस्य ब्यङग्य समाजिक टेलिसिरियल ‘टेन्सन साफ’ को सुटिङ सम्पन्न भएको छ ।
समाजमा भएका विभिन्न क्षेत्रका मानिसहरुको विभिन्न समस्या (टेन्सन) हरुलाई हाँस्य ब्यङग्यबाट साफ गराउने अर्थात मुक्त गराउने उद्देश्यले सिरियल निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।
मनहरीबाट सुटिङ सुरु गरिएको टेलिसिरीयलको जेठ २ गतेबाट ७ गतेसम्म ठाडोखोला तथा भुन्दु्रङखोलाको विभिन्न स्थानहरुमा सुटिङ गरिएको हो । एभरग्रिन वल्र्ड वाइड ईन्टरटेन्मेन्ट प्रा.लि. को प्रस्तुतिमा बनेको हाँस्य ब्यङग्य समाजिक टेलिसिरियलमा गोपाल ढकाल (छन्दे) को लेखन तथा निर्देशन रहेको छ ।
त्यस्तै टेलिसिरियललाई हर्कमान वाईबा (रिदम) ले छायाँकन गरेका हुन् । गोपाल ढकाल छन्देको स्वरमा सिरियलको शिर्ष गीत समेत सुन्न सकिन्छ । गीतमा बैकुण्ठ अधिकारीको शब्द रहेको छ । सिरियलको निर्माण रविन भुसाल (कडा) र हर्कमान वाईबा (रिदम) ले गरेका हुन् ।
सिरियलमा कलाकारहरु श्याम राई, गोपाल ढकाल (छन्दे), रोहित कार्की, दिनेश श्रेष्ठ , बिन्दा खतिवडा, प्रमिला राई, प्रेम पाण्डे, रविन भुसाल (कडा), हर्कमान वाईबा (रिदम), आशिका अधिकारी, अनु अधिकारी, शोभित तामाङ र प्रेम गोङ्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
