अब मकवानपुरमा पनि प्याराग्लाईडिङ्, फोटो फिचर

तु खबर संवाददाता
२०७६ बैशाख २२,आईतवार १३:१२

मकवानपुर २२ वैशाख । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा प्याराग्लाईडिङ्को परिक्षण भएको छ । प्रदेश नम्बर ३ को पर्यटन क्षेत्र घोषणा समेत गरिएको इन्द्रसरोवरमा प्याराग्लाईडिङ् परिक्षण सफल भएको गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामाले तु खबरलाई जानकारी दिईन् ।

उनका अनुसार इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खु गुम्बा डाँडाबाट गरिएको परिक्षण सफल भएको छ ।
मौषम खराब भएकोले अन्य स्थानबाट भने परिक्षण गर्न नपाएको उनले बताईन् ।

उनका अनुसार परिक्षणको लागि गाउँपालिकाले पोखराका प्याराग्लाईडिङ पाईलट विशाल लामाको नेतृत्वमा सम्भावित अध्ययन तथा परिक्षण गराएको थियो ।

उपाध्यक्ष लामाले भनिन् ‘ पर्यटन प्रवद्र्धनको लागि प्याराग्लाईडिङ्ले महत्वपूर्ण भूमिका खेल्छ ।’ उनले अब अन्य स्थानबाट पनि परिक्षण गरिने र आवश्यक छलफल र अध्ययन गरी छिट्टै प्याराग्लाईडिङ संचालनमा ल्याईने जानकारी दिईन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*