शनी सुनारको बेबी आइलभयू रिलिज

तु खबर संवाददाता
२०७५ फाल्गुन ३०,बिहीबार ०९:०६

मकवानपुर, ३० फागुन । बारा आइडल शनी सुनारको बेबी आइलभयू बोलको म्युजिक भिडियो रिलिज भएको छ ।

कलेज नेपालको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोलाई चर्चित निर्देशक टेकेन्द्र शाहले निर्देशन गरेका
हुन् । विकास पाण्डेको शब्द र संगीत रहेको भिडियोमा जिबेश गुरुङ, रियासा दाहाल र अनिल सुनारलगायतले अभियन गरेका छन् ।

संगीतकार विकास पाण्डेले यस अघि थुप्रै चर्चित गीतहरुको संगीत गरिसकेका छन् । पुष्पण प्रधानको आजावमा रहेको ए सरकार, हामी भयौँ बेरोजगार, देबेन कार्कीले स्वर दिएको झिमझिम झिम्काइ परेली, कमल के क्षेत्रीले आवाज दिएको डबल माया लाइदिउँलाजस्ता चर्चित गीतमा संगीत भरिसकेका पाण्डेकै शब्द संगीतमा यो म्युजिक भिडियो बजारमा आएको हो ।