अपडेट : जन्ती बोकेको बस दुर्घटना – धमला र परियारको मृत्यु

तु खबर संवाददाता
२०७५ फाल्गुन २८,मंगलवार १५:०९

मकवानपुर । मकवानपुरको गढी गाउँपालिका वडा नं। २ मा जन्ती बोकेको बस दुर्घटना हुँदा नुवाकोट घर भई बालाजु बस्ने बिकास धमला र भक्तपुर घर भएका नमराज परियारको मृत्यु भएको छ ।

भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।