चलचित्र ‘जानी नजानी’को टाइटल गित सार्बजनिक (भिडियोसहित)

तु खबर संवाददाता
२०७५ फाल्गुन २७,सोमबार १७:१९

काठमाडौं २७ फागुन । रोशनी केसीको प्रस्तुति तथा मोदनाथ खनाल र सागर काजी मालीको निर्माणमा बनेको चलचित्र ‘जानी नजानी’ को टाइटल सङ सार्वजनिक भएको छ ।

मोदनाथ खनालको शब्द तथा चर्चित गायिका अन्जु पन्त र गायक प्रताप दासको सुमधुर आवाज रहेको यस गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । प्रविन सिंहले कोरियोग्राफी गरेको यस भिडियोलाइ बसन्त अधिकारिले निर्देशन गरेका छन् ।

चैत्र १ मा रिलिज हुने फिल्मबाट बसन्त अधिकारीले निर्देशनमा डेब्यु गर्दैछन् । सामिप्यराज तिमल्सिनाको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन र रोशनी केसीलगायतको अभिनय रहेको छ ।

यसै फिल्ममार्फत पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा फिल्म नगरीमा डेब्यु गर्दैछिन ।

भिडियो हेर्नुहोस ।