राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज कुन–कुन राष्ट्रिय कलाकार आउने

मकवानपुर २६ फागुन । हेटौंडामा शनिबारबाट सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज राष्ट्रिय कलाकार गायक सुजिल कर्माचार्य, राजनराज सिवाकोटी र लोक गायक शिव हमाल आउने भएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलामा गायक गायक सुजिल कर्माचार्य, राजराज सिवाकोटी र लोकदोहोरी गायक शिव हमालले प्रस्तुती दिने भएको छ । साथै आज हेटौंडाका गायक तथा संगीतकार चेतन सापकोटाले पनि प्रस्तुती दिने आयोजकले जनाएको छ ।
मेला परिसरमा हरेक दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । मेला अवलोकन गर्न हेटौंडा बजारबाट मेला स्थानसम्म जानको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर उद्योग वाणिज्य संघको चोक र सिमाचोक शितलमहल चोकबाट निःशुल्क बस सेवासमेत सञ्चालन भइरहेको छ ।