मनहरी–२ की सारिका लामा हेटौँडा आईडलमा

तु खबर संवाददाता
२०७५ फाल्गुन २१,मंगलवार १२:३१

मकवानपुर, २१ फागुन । मकवानपुरको हेटौँडामा जारी ‘राष्ट्रिय औद्योगिक व्यापारमा मेलाका अवसरमा आयोजित ‘ जिपिएक्स हेटौँडा आईडल’ का उत्कृष्ट १८ प्रतियोगी मध्ये मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ की सारिका लामा पनि एक हुन् । अडिसनको प्रि–अडिसन, मेगा अडिसन र पहिलो स्टेज प्रस्तुतिलाई पार गर्दै उनी उत्कृष्ट १८ मा पर्न सफल भएकी हुन् ।

उत्कृष्ट २१ मध्ये ३ जना सोमबार बाहिरिएका हुन् । आईडलबाट ३ जना बाहिरिएसँगै उत्कृष्ट १८ जनाले मंगलबार स्टेज प्रस्तुति दिनेछन् । मकवानपुरको हेटौँडामा शनिबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गतको ‘जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगिताको स्टेज भिडन्त आईतबारदेखि सुरु भएको हो ।

हेटौंडा–५ क्याम्पाडाँडामा जारी मेला अन्तर्गत आईडलको उत्कृष्ट १८ मा भुवन घलान, पारु महरा, सुसन शाही ठाकुरी, करप रुम्बा, सुविन विश्वकर्मा, कविर गौतम, गंगा पाख्रिन, सारिका लामा, ईन्द्र घिमिरे, प्रेम बैठा, एलेक्स लामा, सुशल तामाङ, दिपक कालिराज, राजकुमार गोले, अनिल लामा, राज पौडेल, विनायक बिडारी गायतका नव गायक–गायिकाहरु सहभागी रहेका छन् ।

उत्कृष्ट प्रतिष्पधीले स्टेज पफमेन्स दिएको आधारमा उनीहरुलाई छनौट गर्दै फाईनल भिडन्त तय गरिनेछ । विजेतालाई मेडलसहित विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ ।