मुन्द्रेको सामाजिक काम, मृर्गौला पीडितलाई सहयोग

तु खबर संवाददाता
२०७५ फाल्गुन १८,शनिबार १२:१६

मकवानपुर १८ फागुन । कलाकार जितु नेपाल मुन्द्रेले सिन्धुपाल्चोक घर भएका एक मृगौला पिडितलाई आर्थिक सहयोग गरेका छन् । नेपालमा घरजग्गा केही नभएको २२ वर्षिय आशिष धमलालाई जितु नेपालले व्यक्तिगत २५ हजार रुपयौँ सहयोग गरेका हुन् ।

जितु नेपालको औपचारिक युट्युव च्यानल जितु कमेडीमार्फत सहयोग रकम हस्तान्तरण गरिएको जानकारी दिएका छन् । जितुको सामाजिक कार्यमा साथ दिदै निर्देशक तथा अभिनेत्री दीपा श्री निरौलाको तर्फबाट नगद १० हजार रुपैँया तथा गायक ताराप्रकाश लिम्बुको तर्फबाट ५ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन् ।

शुक्रबार जितुले नेपाल र दीपाश्री निरौलाले उक्त रकम प्रदान गरेको हो । युवा अवस्थामा दुवै मृगौला फेल भएको कारण बचाउनको लागि धमलाले सहयोगको याचना गरेका थिए । उनको अवस्था देखेर आफूहरुले सानो रकम सहयोग गरेको कलाकार जितु नेपालले बताए ।

आशिषका बुवा हाल वैदेशिक रोजगारिको शिलशिलमा दुवाईमा सेक्युरिटी गार्डमा काम गर्दै आएका छन् । यस अघि जितु नेपालसहित छक्का पञ्जा टिमले एक मृगौला पिडित जय बहादुरलाई ७५ हजार सहयोग रकम प्रदान गरेका थिए ।