हतियार र चरेश धुलोसहित मकवानपुरका मोक्तान पक्राउ

तु खबर संवाददाता
२०७५ माघ २२,मंगलवार १४:०१

मकवानपुर २२ माघ । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुर तथा प्रहरी चौकी भार्ता मकवानपुरबाट खटेको प्रहरी टोलीले हातहतियासहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा मकवानपुरको कैलाश गाउँपालिका वडा नं.४, देउराली डाँडाँका ३३ वर्षिय देवाङ सिङ मोक्तानलाई हातहतियारसहित सोमबार पक्राउ गरेको जिल्ला प्रहरीले कार्यालय मकवानपु्ले जनाएको छ ।

निजको घर पछाडी घर छाउने खर मुनी लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक १ थान, सानो कटुवा पेस्तोल १ थान र २ किलो चरेश बनाउन प्रयोग हुने धुलो पाउडरसमेत बरामद गरी मोक्तानलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा लगी कानुन बमोजिम आवश्यक कारवाही भईरहेको प्रहरीले जनाएको छ ।