मकवानपुरको बकैयामा तामाङ घेदुङ वडा कमिटी विस्तार

तु खबर संवाददाता
२०७५ पुष ७,शनिबार १७:३२

मकवानपुर ७ पौष । बकैया गाउँपालिका–५ मा नेपाल तामाङ घेदुङ वडा कमिटी विस्तार भेला भएको छ । शनिबार भएको भेलाबाट विरबहादुर घलानको नेतृत्वमा वडा कमिटी गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा बिमला घलान, सचिव दुर्गाराज स्याङतान, कोषाध्यक्ष लक्ष्मि थिङ सहित सात सदस्यीय वडा कमिटी गठन भएको हो ।

भेला नेपाल तामाङ घेदुङ बैकया गाउँपालिकाका अध्यक्ष निरु थिङको अध्यक्षतामा भएको थियो ।

यस्तै जमान सिं घलानको नेतृत्वमा सात सदस्यीय ५ नम्बर वडास्यरिय गुम्बा बिहार संघ वडा कमिटी पनि गठन गरिएको छ ।

यसैगरी वडा नम्बर ४ मा अनिल कुमार थिङको नेतृत्वमा सात सदस्यीय घेदुङ वडा कमिटी तथा बिरबहादुर गोलेको नेतृत्वमा सातै सदस्यीय गुम्बा बिहार संघ वडा कमिटी गठन भएको छ ।