बकैया गाउँपालिका स्तरीय शैक्षिक समन्वय समितीको अध्यक्ष चौलागाईं

तु खबर संवाददाता
२०७५ मंसिर १५,शनिबार १२:२७

मकवानपुर १५ मंसिर । बकैया गाउँपालिका स्तरीय शैक्षिक समन्वय समितिको अध्यक्षमा नारायण प्रसाद चौलागाईं चयन भएका छन् ।

शुक्रबार बकैया—७ को हात्तीखोला पार्कमा भएको भेलाले समितिको उपाध्यक्ष खुल्ला तर्फ चन्द्र प्रसाद देवकोटा, महिला तर्फ भवानी तिमल्सिना, सचिव हरिहर खनाल, सह-सचिव सुरज लामा लोप्चन, कोषाध्यक्ष हरिवंश चौधरी चयन गरेको हो ।

समितिको सदस्यहरु सुकदेव अधिकारी, छविलाल विक, सुरेन्द्र मोक्तान, गंगाराम चौधरी मुकुन्द वस्नेत, शारदा फुँयाल, धर्म प्रसाद दाहाल, अविरल मोक्तान, राजदेव महतो, बावुराज घलान र नारायण घले चयन भएको निर्वाचन समितिका प्रमुख विद्यालय निरिक्षक राम बहादुर घलानले बताए ।

निर्वाचन भए पश्चात चौलागाईले विद्यालयको समंग्र शिक्षाको गुणस्तर वृद्धि गराउनको लागि यस समिति लागि पर्ने बताउदै सबैको साथ सहयोगकोे अपेक्षा गरेको बताए ।