संरक्षित वन्यजन्तुका दाह्रा सहित ६ जना पक्राउ

तु खबर संवाददाता
२०७५ मंसिर १,शनिबार १५:२७

काठमाडौं, १ मंसिर । केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले बिहिबार गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी, नारायणटारबाट अवैध रुपमा ल्याएको संरक्षित वन्यजन्तुको दाह्रा ७ थान सहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाँउपालिका–९ का २८ वर्षीय नुर्बु शेर्पा, मकवानपुर भिमफेदी गाँउपालिका–१ का ३८ वर्षीय देवलाल मोक्तान, मकवानपुरको बकैया गाँउपालिका–१२ बस्ने २७ वर्षीय दिपक लामा, सोही ठाउँ बस्ने ४० वर्षीय गोकुल घले, सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका–२ बस्ने ३२ वर्षीय रबि लामा र नुवाकोट साविक मनकामना गाविस–१ बस्ने २८ वर्षीय सुब्बा तामाङ रहेका छन् ।

खरिद बिक्री गर्न ओसारपसार गरी ल्याएको उक्त दाह्रा सहित उनीहरुलाई आवश्यक कार्बाहीको लागि प्रहरीले डिभिजन बन कार्यालय काठमडौंमा बुझाएको छ ।