युवा पुस्ताले चासो नदिँदा लोप हुँदै पञ्चेबाजा

तु खबर संवाददाता
२०७५ कार्तिक २७,मंगलवार १२:४७
file-photo

बेझाड, २७ कात्तिक । युवापुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तिमा आएको पञ्चेबाजा बजाउने प्रचलन लोप हुँदै गएको छ ।

विवाह–ब्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा अहिले लोपोन्मुख अवस्थामा छ । पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोप हुँदै र चलन हट्दै गएको हो ।

बाउबाजेको पेशा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन थालेको रामपुर नगरपालिका–६ विजयपुरका ८२ वर्षीय हुमबहादुर दर्जीले बताएका छन् ।