सहिद स्मारक

तु खबर संवाददाता
२०७५ कार्तिक १८,आईतवार १४:५२

(हेटौडाबाट ७ कि मि पश्चिम) नेपाल राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका लागि इतिहासका विविध कालखण्डमा आप्mनो जीवन उत्सर्ग गर्ने सहिदहरुको प्रतिक स्वरुप बाह्र जना (सरदार भक्ति थापा, दशरथा चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, भीमदत्त पन्त, विरेन राजवंशी, क्यापटेन यज्ञ बहादुर थापा, दुर्गानन्द झा, मुनेश्वरी यादव, रत्नकुमार बान्तवा, प्रभाकर पौडेल) सहिदका आकृति एउटै २५ टनको शिलामा कुँदी स्थापना गरिएको सहिद स्मारक यथार्थतामा जनस्तरबाट निर्माण गरिएको छ । एक अद्वितीय धरोहरको रुममा स्वीकार गरिएको छ । जिल्लाको पर्यटकीय सूचना केन्द्र, सहिद ग्यालरी, आकर्षक सहिद स्तम्भ, आकर्षक उद्यान, दृष्यावलोकन टावर, नमुना चिडियाघर, मदनवाटिका, बाल उद्यान, स्वीमिङ्ग पुल आदिको पूर्वाधारयुक्त यस सहिद स्मारकमा देशका विभिन्न स्थानहरुबाट र मित्र राष्ट्र भारतको सीमा क्षेत्रका पर्यटकहरुका लागि उपयुक्त गन्तव्य स्थल भएको छ ।