हेटौँडाका गायक डेसस सेन्साको ‘आमा’ म्यूजिक भिडियो रिलिज (भिडियो सहित)

तु खबर संवाददाता
२०७५ भाद्र ७,बिहीबार १८:२६
Featured Video Play Icon

–चन्द्र घलान
हेटौँडा, ७ भदौ ।
हेटौँडेली गायक डेसस सेन्साको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सेन्साले तु खबर डटकमको अफिसियल युट्युब च्यानलमार्फत आफ्नो ‘आमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

नितेश रिजालको एरेञ्जमा बनेको गीतमा गायक सेन्साकै शब्द छ । बाध्यताले आमाको काख र जन्मभूमिबाट टाढा भएका एक छोराको पिडा र आमाको ममतालाई म्यूजिक भिडियोमा मार्मिक ढङ्गले उतारिएको छ । आमाको वियोगमा परदेशमा छटपटिँदाको पिडालाई सेन्साले शब्दमा उतारेका छन् अनि रनिश मानन्धरले भिडियोको स्क्रिप्टलाई शब्द अनुसार ढालेका छन् ।

नितेश रिजाल, माया घलान, मन्दिप खड्का, राम लगायतको अभिनय रहेको म्यूजिक भिडियोलाई हेटौँडाका टिभी जर्नालिष्ट,निर्देशक तथा छायाँकार कपिल खड्काले निर्देशन गरेका हुन् । हेटौँडाकै सुजन मग्रातीको छायाँकन रहेको भिडियोलाई सुरेन्द्र दाहालले इडिट गरेका हुन् ।
हेटौँडाको चौघडा, मत्स्य विकास केन्द्र (माछा प्लान्ट), हड्डी कारखाना, चाईना क्वाटर, एभेरष्ट जाभा हाउस लगायतका क्षेत्रमा म्यूजिक भिडियो छायाँकन गरिएको हो ।

स्वर्गीय र्यापर गायक यम बुद्धको फ्यान समेत रहेका गायक डेसस सेन्साको यो पहिलो म्यूजिक भिडियो हो । अन्य गीतको समेत तयारीमा रहेका सेन्सा, यमबुद्धको मृत्यूले नेपाली र्याप संगीतमा ठूलो क्षति भएको विश्वास गर्छन् । आफु पनि यमबुद्ध चर्चित र्यापर बन्ने सपना बोकेका सेन्साले तु खबरसँगको कुराकानीमा पहिलो गीत सबैले सुनेर प्रतिक्रिया दिनका लागि आग्रह गरे ।

गीतका एरेन्जीङ म्यानेजर तथा मोडल नितेश रिजालको भने यो तेस्रो म्यूजिक भिडियो हो । उनको यस अघि नै विप्लव खड्काको ‘ए ठूली’ र समिर खड्गीको ‘प्रेम कहानी’ बोलको म्यूजिक भिडियोमा उनले मोडलिङ गरिसकेका छन् । हेर्नुहोस् म्यूजिक भिडियो–

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*