समाज सुधारौँ अब

तु खबर संवाददाता
२०७५ असार २९,शुक्रबार १८:५०

कविता
–सरिता शाही ठकुरी
अमर मावि हेटौँडा १०

समाजमा हत्याहिंसा बलात्कार गर्ने
यिनै हुन् समाजलाई तड्पाएर मार्ने ।

धुम्रपान र मध्यपान, सेवन गर्ने भए
नेपाल आमा यही विकृतिले सधँै रुने भए

घुसखोरी र भ्रष्टाचारी, देशमा बढ्दै जाँदा
सोझासाझा बिचल्लीमा परे धेरै आज ।

छुवाछुतको कुरा सुन्दा, मनै हुन्छ खिन्न
यस्तो भेद्भाव गर्नेलाई, आजै राखौँ भिन्न

चेलीबेटी बेचिदिन्छन् नमानेर डर
यस्तो काम रोक्नलाई आजै सराँै पर

विकृतिको अन्त्य गर्न, सबै अघि बढाँै
धेरै पछि प¥यो देश, सबै मिली बनाऔँ ।

हामी जुटे हामी मिले, यो देश पक्कै बन्छ
पाखा लगाऔँ अशान्तिलाई,सबले यही भन्छ

देशमा अपराध बढ्दै जाँदा, कङ्गाल बन्छ अरे
एकतामा जुटेपछि, समाज बन्छ अरे ।

( आदिकवि भानुभक्त आचार्यको २ सय ५ औँ जन्मजयन्तीको उपलक्ष्यमा हेटौँडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले २०७५ असार २९ गते हेटौँडामा आयोजना गरेको प्रथम जिल्ला व्यापी अन्तर विद्यालय स्थलगत कविता प्रतियोगितामा उत्कृष्ट भएका ३ कविताहरु मध्येको एक कविता ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*