साहित्य संगमको २७९ औँ साहित्य सन्ध्यामा रचना वाचन

तु खबर संवाददाता
२०७४ फाल्गुन १२,शनिबार १९:४१

हेटौँडा, १२ फागुन । साहित्य सङ्गम मकवानपुरको २७९ औं नियमित साहित्य सन्ध्या शनिबार भएको हेटौँडामा भएको छ । सङ्गमको आफ्नै प्रेक्षालयमा भएको कार्यक्रममा कवि नेत्रप्रसाद चौलागाईंका ३ वटा कविता वाचन गरिएको थियो । उनका कविता माथि सङ्गमका निर्वतमान अध्यक्ष सुवास खनालले टिप्पणी गरेका थिए ।

त्यस्तै कार्यक्रमका अतिथि एवं साहित्यकार गणेशकुमार पौडेल, तुलसी घिमिरे, चिरञ्जीवी लामिछाने, अप्सरा तिम्सिना, मुक्ति गोविन्द बैद्यलगायतले मन्तव्यसहित रचना वाचन गरेका थिए ।

संगमका उपाध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा आरसी रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कञ्चन न्यौपाने, राजकुमार लामिछाने, विश्वनाथ सञ्जेल, आदित्य राज, छवि अनित्य, पूर्णकला घिमिरे, मनोज ढकाल, बगेकी गंगा लगायतले रचना वाचन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*