फापरबारीमा वाम गठबन्धनको चुनावी अनुगमन

तु खबर संवाददाता
२०७४ मंसिर ५,मंगलवार १२:५८

हेटौँडा, ५ मंसिर । वाम गठबन्धनको चुनाव अनुगमन समितिले सोमबार मकवानपुरको पूर्वी क्षेत्र फापरबारीसम्म अनुगमन गरेको छ ।

बकैयाको हात्तीसुँडेमा र फापरबारी पार्टी कार्यालयमा वाम गठबन्धनमा सामेल दुबै पार्टीका अगुवा कार्यकर्ताहरुसँग भेटघाट, छलफल गरी निर्वाचको स्थिति बारे जानकारी लिएको थियो । समसामयिक राजनीति र दुबै पार्टी बीचमा भएको गठबन्धन र एकताको औचित्यबारे अनुगमन टोलीका नेता एमालेका केन्द्रीय सदस्य केदार न्यौपानेले कार्यकर्तालाई प्रष्ट पारेका थिए ।

टोलीमा टोलीका संयोजक केदार न्यौपाने, कौशल पाण्डे, रघुनाथ खुलाल, ललित बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*