तिनभंगालेमा लोकतान्त्रिक गठबन्धनको कार्यक्रम, बाग्मतीमा समिति गठन

तु खबर संवाददाता
२०७४ मंसिर ४,सोमबार ०७:१३

बकैया, ४ मंसिर । आसन्न निर्वाचनको चुनावी अभियान अन्तर्गत लोकतान्त्रिक गठबन्धनको मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को बकैया गाउँपालिका २ को धियालक्षेत्रमा घरदैलो र कोणसभा सम्पन्न भएको छ ।

धियालको तिनभंगालेमा आईतबार आयोजित कोणसभामा लोकतान्त्रिक गठबन्धनकोतर्फबाट नेपाली काँग्रेसका प्रदेशसभा सदस्य १ क का उम्मेदवार धर्मराज लामिछानेले सडकलगायतका भौतिक पूर्वाधार निर्माण नभएका स्थानमा विकास योजनाहरु ल्याउन लाग्ने बताए ।
त्यस्तै बागमती गाउँपालिका ५ मा पंकजबहादुर ग्यालनको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । भेला तिलक माझीको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*