नाईट्रोभेटसहित बसपार्कबाट युवा पक्राउ

तु खबर संवाददाता
२०७४ कार्तिक २७,सोमबार ०४:१८

हेटौँडा, २७ कात्तिक । प्रतिबन्धित लागुऔँषध नाईट्रोभेट सहित प्रहरीले हेटौँडा बसपार्कबाट आईतबार दिउँसो एक युवकलाई पक्राउ गरेको छ ।
करिब २ बजेको समयमा प्रहरी चौकी बसपार्क मकवानपुरबाट खटिएको प्रहरी गस्ती टोलीले गस्तीका क्रममा शंकास्पद रुपमा हिँडडुल गरिरहेको अवस्थामा हेटौँडा १० बस्ने अरबिन्द बिकलाई नियन्त्रणमा लिएको हो ।
उनको शरीर खानतलासी गर्दा जिन्सको पाईन्टको खल्ती भित्र प्लाष्टिकले बेरी लुकाई छिपाई ल्याएको नियन्त्रित लागू औषध नाईट्रोभेट १५ ट्याव्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*