लेडि जेसीजद्वारा स्टेशनरी सामाग्री सहयोग

तु खबर संवाददाता
२०७४ कार्तिक २१,मंगलवार १३:३४

हेटौँडा, २१ कात्तिक । हेटौँडा लेडी जेसिजले जेसिज सप्ताह–२०१७ अन्तर्गत आज तेश्रो दिन मामाघर नेपाल मकवापनुरलाई खेलकुद तथा स्टेशनरी सामाग्री वितरण गरेको छ ।
जेसिजले ब्याटमिन्टन २ सेट, लुडो १ सेट, चेस १ सेट,कापी १३ दर्जन,पेन्सिल ४ बण्डल लगायतको सामाग्री सहयोग गरेको हो । हेटौंडा लेडी जेसिजका अध्यक्ष निशा रोक्काको अध्यक्षतमा भएको सामाग्री वितरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी राधिका श्रेष्ठ र मामाघर नेपालका सचिव देवराज लामिछाने मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जुनु कार्की,जयन्ती श्रेष्ठ,अन्जना श्रेष्ठ,अस्मिता श्रेष्ठ,सिर्जना मानन्धर,ज्योत्सना भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*