काठमाडौं उपत्यकामा थपिए १८८८ कोरोना संक्रमित

तु खबर संवाददाता
२०७७ कार्तिक १४,शुक्रबार १६:४६
file-photo

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ५ सय ८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१७ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय २० पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ।

हाल देशभर कुल संक्रमितमध्ये ३८ हजार ३ सय ५७ जना सक्रिय संक्रमित छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*