बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या साढे ८५ हजार नाघ्यो, ४३३ जनाको मृत्यु

तु खबर संवाददाता
२०७७ कार्तिक १४,शुक्रबार ०९:१८

मकवानपुर । बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या साढे ८५ हजार नाघेको छ ।

प्रदेशमा बिहिबार थप १ हजार ८ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या साढे ८५ हजार नाघेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८्र५ हजार ७ सय २९ जना पुगेको मन्त्रालयका प्रवक्ता (कोभिड–१९) पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।

उनका अनुसार, हालसम्म प्रदेशको काठमाडौंमा ५३ हजार १ सय ६३, ललितपुरमा ११ हजार २ सय ३४, भक्तपुरमा ११ हजार ५ सय २५, नुवाकोटमा १ हजार ३ सय ५०, धादिङमा ५२ हजार ७, चितवनमा १५ हजार ७ सय ७९, सिन्धुलीमा ३ हजार ८ सय १६, मकवानपुरमा १४ हजार ९ सय ४२, रामेछापमा १ हजार ४ सय ७९, दोलखामा २ हजार ३ सय ७, काभ्रेमा ६ हजार ५ सय ९७ र सिन्धुपाल्चोकमा ५ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा कूल कोरोना संक्रमितमध्ये हालसम्म ६१ हजार ४ सय ९३ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् भने ४ सय ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, प्रदेशमा हाल २३ हजार ८ सय ३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

प्रदेशमा हाल २ सय ६८ जना क्वारेन्टाइनमा, १ हजार २ सय ८५जना होम क्वारेन्टाईनमा, ३ हजार ६ सय ३३ जना आइसोलेशनमा र १७ हजार ७ सय १७ जना होम आइसोलेशनमा बस्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*