मकवानपुरका लोप्चन चितवनबाट पक्राउ

तु खबर संवाददाता
२०७७ कार्तिक ५,बुधबार १५:४७

चितवन । नक्कली नोटसहित चितवन प्रहरीले मकवानपुरका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ बस्ने ३६ वर्षीय जितबहादुर लोप्चन रहेका छन् ।

उनलाई १ हजार दरको ३ लाख १९ हजार रुपैयाँ नक्कली नोटसहित ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार चितवन राप्ती नगरपालिका–५ भण्डारा, चौकी डाँडा भन्ने स्थानमा नक्कली नोटको कारोबार गरेको भन्ने विशेष सूचनाको आधारमा पुगेको प्रहरीले लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धानको क्रममा उनको घर खानतलासी गर्दा लुकाईटिपाई राखेको अवस्थामा नक्कली नोट बरामद भएपछि निजलाई पक्राउ गरेको जनाएको छ ।

उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*