मकवानपुरमा सोमबार बिहानै थपिए ३६ जना कोरोना संक्रमित, कहाँ कति ? (विवरणसहित)

तु खबर संवाददाता
२०७७ कार्तिक ३,सोमबार ०८:०३

मकवानपुर । मकवानपुरमा सोमबार बिहान ३६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार, सोमबार मकवानपुरमा ३६ जना कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईका अनुसार, संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ ३४ जना कोरोना संक्रमित थपिएका हुन् ।

यसैगरी अन्य संक्रमितहरुमा बाहिरी जिल्ला बारा र बझाङका एक/एक जना रहेका छन् ।

गत असोज ३० गते संकलन गरिएको स्वाबको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

हेर्नुहोस् पूरा विवरण ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*