मकवानपुर उद्योग वाणिज्य संघद्वारा हेटौंडाका १०० जनालाई राहत वितरण

तु खबर संवाददाता
२०७७ कार्तिक २,आईतवार १७:३५

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले आज हेटौंडाका १०० जनालाई राहत वितरण गरेको छ ।

कात्तिक १ गतेबाट शुरु गरेको राहत वितरण कार्यक्रम अन्तरगत आज १०० जनालाई राहत वितरण गरेको संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण कुमार गुप्ताले जानकारी दिए ।

कार्यक्रम संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकालको प्रमुख आतिथ्यतामा भएको हो ।

राहत वितरण कार्यक्रममा संघका उपाध्यक्ष राम प्रसाद न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट कार्य समिति सदस्य कृष्ण ढुंगाना, विशेष आमन्त्रित सदस्य भुपेन्द्र अधिकारीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक गुप्ताका अनुसार, संघले यसअघि शनिबार १०१ जनालाई राहत सामग्री वितरण गरेका थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*