आफ्नै सहकर्मीको हत्या गरी फरार रहेका मकवानपुरका २ जना पक्राउ

तु खबर संवाददाता
२०७७ कार्तिक २,आईतवार १०:५५
सांकेतिक तस्बिर

काठमाडौँ । आफ्नै सहकर्मीको हत्या गरी फरार मकवानपुरका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुरको भीमफेदीका भीमसेन घागा मगर र रामकृष्ण चुनी मगर रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले जनाएको छ । उनीहरुलाई ११ वर्षपछि पक्राउ परेका हुन् ।

उनीहरुलाई ब्युरोको टोलीले बाँकेको नेपालगञ्जस्थित भातीय सीमा क्षेत्रबाट पक्राउ गरी थप कारबाहीका लागि शनिबार वारदातस्थल रहेको ललितपुरस्थित महानगरीय प्रहरी वृत्त चापागाउँमा बुझाइएको ब्युरो प्रहरीले जनाएको छ ।

उनीहरुले विसं २०६६ मा ललितपुरको गोदावरी नगरपालिका १३ ईँटा भट्टामा काम गर्ने मकवानपुरका डिलबहादुर योञ्जनलाई कोदालीको विँडले हानी हत्या गरिएको थियो । त्यसपछि उनीहरु फरार भई भारतमा लुकिछिपी बस्दै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*