बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ६३ हजार नाघ्यो, ३२४ जनाको मृत्यु

तु खबर संवाददाता
२०७७ कार्तिक २,आईतवार ०९:२४

मकवानपुर । बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६३ हजार नाघेको छ ।

प्रदेशमा शनिबार थप १ हजार ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६३ हजार नाघेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६३ हजार ८२ जना पुगेको मन्त्रालयका प्रवक्ता (कोभिड–१९) पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।

प्रदेशमा कूल कोरोना संक्रमितमध्ये हालसम्म ३८ हजार ५६० जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् भने संक्रमणबाट हालसम्म ३२४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, प्रदेशमा हाल २४ हजार १९७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

प्रदेशमा हाल ३०१ जना क्वारेन्टाइनमा, १ हजार ४२६ जना होम क्वारेन्टाईनमा, ३ हजार ७४३ जना आइसोलेशनमा र १५ हजार ९९८ जना होम आइसोलेशनमा बस्दै आएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*