आइतबारको मौसम पूर्वानुमान

तु खबर संवाददाता
२०७७ कार्तिक २,आईतवार ०८:४८
file-photo

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा आज नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको उल्लेख छ ।

साथै हाल प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक रहेका महाशाखाले जनाएको छ ।

त्यस्तै, आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ को एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, राति प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनुका साथै प्रदेश १ को एक/दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*