जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन गम्भीर घाईते

तु खबर संवाददाता
२०७७ कार्तिक २,आईतवार ०८:२२

गाईघाट । उदयपुरको कटारी नगरपालिका वडा नं १४ को भदौरेस्थित शिध्दिचरण राजमार्गमा आइतवार विहान एउटा स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

भैरहवाबाट ओखलढुङ्गातर्फ जादै गरेको बा २० च ७१७१ नम्वरको स्कार्पियो ब्रेक फेलभई सडकबाट करिव नौसय मिटर तल खसेर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा जीपमा सवार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका ४६ वर्षीय रामबहादुर सार्की, सोही ठाउँ निवासी २७ वर्षिय कर्ण सार्की र हाल नाम थर वतन नखुलेका अन्दाजी ३० एक वर्षकी महिला, ३२ वर्षको पुरुष र ५२ वर्षको पुरुष रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सोही दुर्घटनामा परी तीन जना गम्भिर घाईते भएका छन् । घाइते हुनेमा गाडि चालक रुपन्देही जिल्ला त्रिदम्वा नगरपालिका वडा नं १५ का २८ वर्षिय पवन खड्का, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका वर्ष १८ की कल्पना सार्की र सोही ठाउँ निवासी वर्ष ३१ की कुमारी सार्की रहेका छन् । उनीहरु सबैको उपचारका लागि कटारीमा अस्पताल पठाइएको उदयपुर प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*