स्मिता दाहाल र सलोन बस्नेतको म्युजिक भिडियो सार्वजनिक

तु खबर संवाददाता
२०७७ कार्तिक १,शनिबार १५:२६

काठमाडौं । गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका स्मिताको स्वर रहेको ‘मायाले मलाई बोलायो’ बोलको गीत शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो।

गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ। भिडियोमा सलोन र स्मितासँगै प्रकाश घिमिरे, गौतम धिमाल, सुुमिन गुरुङको अभिनय रहेको छ।

सलोन र स्मिताको यस म्युजिक भिडियोमा बालपनको उमेर देखिको सम्बन्ध ठूलो भइसक्दा पनि कसरी गाढा रहिरहन्छ भन्ने कथा छ।

भिडियोलाई संकल भुजेलले खिचेका हुन् भने कोरियोग्राफी आर्जु बैजुको रहेको छ। भिडियोको सम्पादन बनिश शाहले गरेका हुन्। गीत दिक्षित पौडेलले एरेन्ज गरेका हुन्।

हेर्नुहोस् भिडियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*