स्वास्थ्य/जीवनशैली

भित्तामा धराप जनाउने रातो स्टिकर, बेवास्ता गर्दै कक्षाकोठामा विद्यार्थी

मुलुकमा करिब तीन सय विद्यालय आज पनि ‘धराप’ वा ‘खतरा’को संकेत गर्ने रातो स्टिकर टाँगेको भित्तामुनि चुपचाप पठनपाठन गरिरहेका छन् । विद्यालयका सञ्चालकहरुको जबाफ छ, ‘नयाँ भवन बनाउन जग्गै पुग्दैन, नक्सा पास हुने अवस्था छैन, लालपुर्जा विद्यालयका नाममा आएकै छैन’ । सन्दर्भ विसं २०७२ सालको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएका विद्यालयको हो । सरकारले त्यस्ता विद्यालयको […]

फोहोर फाल्न कता लाग्दै हुनुहुन्छ ? होस् गर्नुस्, कारबाहीमा परिएला

अरूको आँखा छल्दै फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छ कतै बाटोघाटो, चौबाटोको मोड र छिमेकीका घरढोकाअगाडि फोहोरको पोको बिसाउने मनशाय त छैन ? यसो हो भने महानगरीय प्रहरी परिसर र काठमाडौँ महानगरपालिकाको नगर प्रहरी टोलीले तपाईंलाई सीसीटीभीबाट पहिचान गरी ५० हजार रुपियाँसम्म जरिवाना गर्नेछ । महानगरपालिकाले यो प्रयोजनका लागि प्रहरी परिसरलाई पाँच करोड ८० लाख […]

पशुसँगै सुत्छन् बाढीपीडित

रौतहटको दुर्गाभगवती गाउँपालिकाको सरस्वती मावि भलोहिया पुग्नुभयो भने तपाईंले विद्यार्थी देख्नुहुन्न । अहिले त्यहाँका कोठाचोटामा गाईबस्तु बाँधिएका छन् । बालबालिका पनि त्यतै कतै खेल्दै गरेका भेटिन्छन् । कुनै कोठामा कसैले खानाको तरखर गर्दै हुन्छन् त कसैले लालाबाला स्याहार्दै गरेका पनि भेटिन्छन् । यो दृश्यको एउटै कारण हो, बाढीको वितण्डा । गाउँपालिकाका १ देखि ५ सम्मका […]

यस्ता रोग छन्, त्यसोभए आँप खानुहोस्

सिजन आँपको छ। आँपलाई स्वादका निम्ति खानेकै सँख्या ठूलो छ। यो फलको राजामाथि गरिएको ठूलो अन्याय हो। यसलाई घरेलु ओखतीका रुपमा पनि प्रयोग गर्न सकिन्छ। धेरैलाई आँपले यी बिरामको ओखतीको काम गर्ने कुरा थाहा नहुन सक्छ १ – बच्चामा माटो खाने बानी छ भने त्यसलाई छुटाउन आँपको बियाको चूर्ण पानीमा मिलाएर दिनहुँ दुई, तीनपटक खान […]

ग्यास्ट्रिक छ ? यस्ता कुरामा ध्यान दिनुस्

कागती पानी : पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ। कार्बोहाइड्रेट कम खाने : पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ। दूध नपिउने : ग्यास्ट्रिक भएकालाई दूधले फाइदा […]

युवापुस्ताको स्वतन्त्रता नै हरण

जीवनमा सबैभन्दा रमाइलो, उत्साहजनक अवस्था भनेकै युवा अवस्था हो । यो अवस्थामा युवाहरुको छुट्टै जोस र जाँगर हुन्छ । हरेक देशमा युवालाई महान् शक्ति पनि मानिन्छ । तर, हिजोआज युवालाई जीवनमा गोप्यताको आवश्यक पहिला भन्दा धेरै हुन थालेको छ । पछिल्लो समय बढ्दो सीसीटीभि क्यामरा, बायोमेट्रिक सिस्टमहरुले युवाहरुको गोप्यता सकिदै गएको अनुभव गर्न थालिएको छ […]

‘गैरकानुनी शुल्क’ असुल्दै सरकारी अस्पताल

सरकारी अस्पतालले विभिन्न बहानामा बिरामीबाट मनपरी शुल्क असुल्ने गरेको पाइएको छ । यसरी मनपरी शुल्क असुल्दा समेत सरकारका अनुगमन गर्ने निकाय मूकदर्शक बनेका छन् । सर्वसाधारणलाई प्रभावकारी सेवा दिनसमेत अधिकांश सरकारी अस्पताल असफल हुँदै आएका छन् । सरकारी अस्पतालमा उपचार गर्न बिरामीले घण्टौँ घण्टा कुर्नुपर्ने बाध्यता कायमै छ । अस्पतालपिच्छे ओपीडी सेवादेखि उपचारसम्मको फरक फरक […]

भारतकै दबाबमा सरकारले तरकारीमा विषादी परीक्षण बन्द, दूतावासको पत्रदेखि मन्त्रिपरिषद् निर्णयसम्म

१. भारतसहित तेस्रो मुलुकबाट आयात गरिने तरकारी तथा फलफूलको नाकामै विषादी परीक्षण गर्ने १० जेठको मन्त्रिपरिषद्को निर्णय २ असारमा राजपत्रमा सूचना प्रकाशित गरेर कार्यान्वयनमा ल्याइयो । २. ३ असारदेखि नाकामा विषादी परीक्षण हुन थाल्यो । नेपालस्थित भारतीय दूतावासले १४ असारमा परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै विषादी परीक्षण रोक्न दबाब दियो । ३. परराष्ट्रले १५ असारमा दूतावासको पत्रबारे कृषि र […]

तरकारीमा विषादी : स्वास्थ्य जोखिममा

तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा स्वास्थ्य जोखिममा परेको चिकित्सकले बताएका छन् । तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले निर्बाध रूपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले अपराधजन्य भएको चिकित्सकको दाबी छ । विषादी प्रयोग गरिएका तरकारी एवं फलफूल खाँदा स्वास्थ्यमा दीर्घकालीन असर पर्ने चिकित्सक बताउँछन् ।वरिष्ठ छातीरोग विशेषज्ञ डा। केदारनरसिंह […]

प्रदेश–३ मा ३६८ वटा वडा स्वास्थ्य संस्थाविहीन

मकवानपुर, २२ असार । प्रदेश नम्बर ३ मा ३६८ वटा वडा स्वास्थ्य संस्थाविहीन रहेका छन् । आईतबार काठमाडौंमा एक कार्यक्रम गरी स्वास्थ्य निर्देशनालयले प्रदेश नम्बर ३ मा ३६८ वटा वडा स्वास्थ्य संस्थाविहीन रहेको जनाएको हो । उक्त वडाहरुमा सामान्य उपचारको समेत व्यवस्था नरहेको जानकारी दिँदै प्रदेशका ४९ प्रतिशतले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको […]

झगडा पनि फाइदाजनक

घरमा बालबालिका आपसमा झगडा गर्दा तपाईंहरू के गर्नुहुन्छ ? पक्कै पनि बालबालिकालाई गाली गर्ने, छुट्याउने गर्नुहुन्छ होला तर बालबालिकाको सानो झगडा उनीहरूकै लागि फाइदाजनक हुने चिकित्सक बताउँछन् । बाल्यकालमा बच्चाहरू झगडा गर्छन् भने त्यसलाई धेरै हदसम्म छुट दिएकै राम्रो हुने पाटन विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्यले बताए । उनले बालबालिकाको सानोतिनो […]

कतै तपाईंका यी १० गलत बानीले दिमाग कमजोर बनाइरहेको त छैन ?

उमेर वृद्धिसँगै स्मरण शक्तिमा ह्रास आउनुलाई सामान्य रुपमा लिन सकिन्छ तर युवा अवस्थामा नै यदि कुनै व्यक्तिको स्मरण शक्तिमा कमि आउँदै गएको छ भने त्यसको पछाडि कुनै गम्भीर कारण हुनसक्ने डाक्टरहरु बताउँछन् । मुख्यतयाः तपाईंको दैनिक जीवनयापनको कारण दिमाग कमजोर भइरहेको हुन्छ । सामान्य लाग्ने कतिपय बानीव्यवहारले मानिसको मस्तिष्कमा नराम्रो असर पारिरहेको हुन्छ । जसको […]

सावधान : वनको च्याउमा विष हुन सक्छ ! कस्तो च्याउ खाने ?

मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार हो तर त्यही च्याउलाई ननिचेर खाँदा विषको रूपमा परिणत हुने गर्दछ। भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वर्षात् शुरु भएसँगै विषालु च्याउ खाएर बिरामी पर्नेको सङ्ख्या दिनानुदिन बढ्दो छ । यो मौसममा हरेक दिनजसो त्यस्ता बिरामी आउने गरेको पौडेलले जानकारी दिए । अहिले अस्पतालको सघन उपचार […]

भारतीयसामू ‘झुकेको’ भन्दै नेकपामै सरकारको आलोचना

भारतबाट आयात गर्ने तरकारी र फलफूलमा विषादी जाँच नगर्ने निर्णयमा सत्तारुढ नेकपाका सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् । दबाव नभई पूर्वधार नभएकाले निर्णय फिर्ता लिएको प्रधानमन्त्री ओलीले बताएका छन् । भारतीय दबावसामू सरकार झुकेको भन्दै नेकपा सांसदहरुले आरोप लगाएका छन । सरकारले असार २ गते निकासी पैठारी सम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरेको थियो, जसमा […]

कमिसनको लोभ : डाक्टरको अनावश्यक प्रेस्क्रिप्सनले प्रत्येक घर औषधिको डम्पिङ बन्दै

काठमाडौँ । दुर्गा थापालाई शरीरको हड्डी दुख्न थाल्यो । उनी अस्पताल गइन् । डाक्टरले क्याल्सियमको कमी रहेछ भने र एक महिना नियमित खानु भन्दै औषधि लेखिदिए । ‘क्याल्सियम’ जस्तो ‘वजनदार’ शब्द सुनेपछि आफ्नो शरीरमा ठूलै समस्या भएको रहेछ भनेर नियमित औषधि खाइन् । फेरि समस्या आएको खण्डमा उनी अस्पताल अनिवार्य आउनुपर्ने भनियो । चिकित्सकले क्याल्सियम […]

खुसी रहन चाहानुहुन्छ ? जान्नुहोस् १४ उपाय

खुसी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन्। कोही शान्त वातावरणमा रमाउँदा खुसी होलान् भने कोही आफ्नो मिल्ने साथीहरुसँग समय बिताउन पाउँदा खुसी होलान्। र, कोही आफ्नो सपनालाई पछ्याउँदै स्वतन्त्र रुपमा अगाडि बढ्नुलाई खुसी मान्लान्। जे जस्तो भए पनि खुसी रहनु ठूलो कुरा हो। खुसीले मानिसलाई आत्मसन्तुष्टि दिन्छ। तपाईंलाई कसरी खुसी रहने भनेर जिज्ञासा छ […]

यस्तो छ, बिहान खाली पेट पानी पिउनुका फाइदा

 पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ। अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ। यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो। खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो। प्राय जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी खान्छन्। पानी खाएको आधा घन्टापछि मात्र ब्रेकफास्ट […]

सुतेको समयमा आफ्नो नजिक नराख्नुहोस् यस्ता सामान

दिनभरीको व्यस्तता पछि पनि रातमा निद्र्रा नपरेको दुखेसो सुन्ने गरिन्छ । शारीरिक तथा मानसिक दुवै कारणले रातमा निद्रा नपर्ने समस्या हुनसक्छ । तर, यसका साथै बास्तु शास्त्रले पनि रातमा निन्द्रा नपर्नुको कारण उल्लेख गरेको छ । उक्त शास्त्रको अनुसार हामीले गर्ने केहि गल्तीका कारण हामीलाई राम्रोसँग निन्द्रा लाग्दैन । बास्तु शास्त्रका अनुसार सुत्ने कोठामा वा […]

मात्रै एक शब्दको प्रयोगले सुमधुर बनाउँछ सम्बन्ध

सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ । सम्बन्ध पनि त्यस्तै हो, एक – अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने स्वतन्त्र छोडिदियो भने कता पुगिसक्छ थाहा नै हुदैँन । त्यसैले जीवन जति संवेदनशील छ सम्बन्ध पनि उत्तिकै छ । […]

विवाह गरेको लामो समय बित्दा पनि किन सन्तान हुदैन ? यस्तो छ कारण

विवाहपछि प्रत्येक दम्पतिको एउटा स्वाभाविक सपना हुन्छ– घरमा बच्चाको हाँसो गुन्जियोस् । तर चाहँदा–चाहँदै पनि सबैको यो सपना पूरा हुन सकिरहेको हुँदैन । कुनै–कुनै महिलाले सन्तान जन्माउन सक्दैनन् । यस्ता दम्पत्तिमध्ये धेरैले आफ्नो जीवन एक्लो र फिका अनुभव गर्छन् । आज पनि हाम्रो समाजमा सन्तान नहुनुलाई भगवानको श्राप वा पूर्वजन्मको अभिशाप भन्दै हेलाँ गर्ने चलन […]