मनोरञ्जन

अमेरिकन आइडलको उपविजेता बने दिवेश पोखरेल

काठमाडौं । नेपाली युवा गायक दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन् । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा दिवेश आइडलका उपविजेता बनेका हुन् । अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन् । गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जस्ट सामले जितेकी छिन् ।

अमेरिकन आइडलको फाइनलमा प्रवेश गरे दिवेश पोखरेल

नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा प्रवेश गरेका छन् । एबिसी, च्यानल १० बाट प्रसारण हुने उक्त सो अमेरिकी समयअनुसार साँझ ७ बज सुरु भएको थियो । कार्यक्रम सुरु भएलगत्तै दिवेश अमेरिकन आइडलको फाइनलमा प्रवेश गरेका हुन् । दिवेशलाई अब अमेरिकन आइडल बन्नका लागि भोटिङको खाँचो छ । आजको भोटिङ रियल टाइम भोटिङ हो […]

हिमेश पन्त कमेडी च्याम्पियनको विजेता

काठमाडौं, ०१ चैत्र । धादिङका हिमेश पन्तले रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि जित्नु भएको छ । शनिबार काठमाडौंमा भएको ‘कमेडी च्याम्पियन’को फाइनलमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित हुनु भएको हो । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गर्नु भएको थियो । विजेता बनेसँगै हिमेशले २५ लाख रुपैयाँ नगद र एउटा कार पाउनु भएको छ […]

लोकदोहोरी गायक प्रकाश कटुवाललाई थुनामा राख्न अदालतको आदेश

काठमाडौं, १ चैत्र । लोकदोहोरी गायक प्रकाश कटुवाललाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । तनहुँ डुम्रेका व्यवसायीमाथि कुटपिट गरेको आरोपमा पक्राउ पर्नुभएका कटुवाललाई जिल्ला अदालत तनहुँले शुक्रबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । कटुवाल तनहुँको बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अरोपमा फागुन ५ गते […]

नेपाली फिल्म ‘हजार जुनीसम्म’ भोलीदेखि भारतमा प्रदर्शन हुँदै

काठमाडौं, २९ फागुन । नेपालीे फिल्म ‘हजार जुनीसम्म’ छिमेकी मुलुक भारतमा पनि प्रदर्शनमा आउने भएको छ । स्वदेशमा सोचेजस्तो व्यवसाय गर्न नसकेको उक्त फिल्म भोली अर्थात शुक्रबारबाट भारतमा प्रदर्शनमा आउने भएको निर्देशक विकाशराज आचार्यले जानकारी दिनुभयो । प्रेमकथामा बनेको यो फिल्म भारतको दार्जिलिङ, कालिम्पुङ, सिक्किम र सिलगुडी प्रदर्शन हुन लागेको हो । त्यसपछि अन्य सहरमा […]

एल्बम ल्याउँदै हेटौंडाका मिलन

हेटौंडा, २७ फागुन । हेटौंडा–२ मानसचोकका मिलन ढकालले एल्बम ल्याउने तयारी गर्नु भएको छ । उहाँको पहिलो गीत रेकर्डिङ भएको ७ बर्ष पछि ढकालले एल्बम ल्याउन लाग्नु भएको हो । ‘ती हातका भाग्य’ बोलको गीत लेखेर संगीतको क्षेत्रमा पाइला चाल्नु भएका ढकालले केही दिन भित्रै एल्बम ल्याउने तयारी गर्नु भएको छ । हेटौंडा–२ स्थित सिद्धार्थ […]

सन्नी लियोनीलाई कोरोनाको डर, फ्यानसँग सेल्फी लिन अस्विकार

काठमाडौं, २५ फागुन । बलिउड नायिका सन्नी लियोनी विश्वलाई आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड–१९)देखि सजग हुनु भएको छ । सन्नीले आफ्ना फ्यानसँग सेल्फी लिन अस्विकार गर्नु भएको छ । एक कार्यक्रममा उपस्थिति हुनु भएकी सन्नीले कोरोना भाइरस संक्रमणको डरले फ्यानसँग सेल्फी लिन अस्विकार गर्नु भएको हो । अहिले सेल्फी लिन नमानेको भिडियो सामाजिक सञ्जालमा भाइरल […]

पर्यटकको मन लोभ्याउने मकवानपुरका यी गन्तव्य

हेटौंडा, २४ फागुन । मकवानपुर देशकै प्रमुख पर्यटकीय क्षेत्र मध्ये एक हो । मकवानपुरमा उल्लेख्य संख्यामा आन्तरिक तथा बाह्य पर्यटकको आउने गरेका छन् । मकवानपुरको विशेष गरी उत्तरी क्षेत्र थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका आर्थिक गतिविधिको केन्द्र र पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । केन्द्रीय राजधानी काठमाडौंसँग नजिक भएकाले पनि मकवानपुरको उत्तरी क्षेत्रलाई […]

एकतर्फी प्रेमको कथा

एकतर्फी प्रेम त्यो हो, जसमा एउटाले माया गर्छ तर अर्कोले त्यो प्रेम अस्वीकार गर्छ । मलाई पनि पहिले त्यस्तै लाग्थ्यो । आजभोलि बुझ्दैछु, एकतर्फी प्रेममा अर्कोले पनि माया त गरेकै हुन्छ तर अर्काको मायाको गहिराइ कति छ बुझेको हुँदैन । प्रेम गर्नेले बुझाउन सक्दैन । सम्भवतस् त्यही कारणले उनीहरूको प्रेम सफल हुँदैन । यसलाई एउटा […]

‘म यस्तो गीत गाउँछु–२’ को रिलिज स्थगित

अहिलेसम्म नेपालमा कोरोना भाइरस देखिएको त छैन । तर पनि यसको प्रभाव बिभिन्न क्षेत्रमा पर्न थालेको छ । कोरोनाबाट सतर्क रहन भन्दै पूर्वनिर्धारित कार्यक्रमहरु एकएक गर्दै स्थगित हुन थालेका छन् । यस्तैमा ३० फागुनबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले पनि आफ्नो रिलिज स्थगित गरेको छ । निर्माण युनिटले एक […]

गायक कँडेलको ‘हरेराम हरे कृष्ण–२’ सार्वजनिक (भिडियो)

हेटौंडा, २२ फागुन । श्रोतामाझ लोकप्रिय बनेको भजन ‘हरेराम हरे कृष्ण’को नयाँ भजन ‘हरेराम हरे कृष्ण २ हरि बोल’ रिलिज भएको छ । गायक सशान कँडेलले ‘हरेराम हरे कृष्ण २ हरि बोल’ बजारमा ल्याउनु भएको छ । इस्टन र वेस्टनको फ्युजनमा बनेको यो भजनले नयाँ पुस्ताका युवायुवतीहरुको मन जित्ने विश्वास गायक कँडेलले गर्नु भएको छ […]

मिस वर्ल्ड २०१९ नेपालमा, मकवानपुर कहिले ?

काठमाडौं, २२ फागुन । मिस वर्ल्ड २०१९ विजेता टोनी–एन सिंह नेपाल आइपुग्नु भएको छ । उहाँ विहिबार मध्यान्ह त्रिभुवन विमानस्थलमा उत्रिनु भएको छ । संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा नेपाल आउनु भएकी सिंहसँग मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आउनु भएको छ । यसगरै यो टिम मकवानपुरको कैलाश गाउँपालिका […]

यसपाली रंगको पर्व होली खेल्न प्रतिबन्ध

काठमाडौं, २२ फागुन । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै काठमाडौंमा यसपल्ट होली खेल्न प्रतिबन्ध लगाइएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले होली खेल्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो । भिडभाड र जमघट हुने ठाउँमा कोरोना भाइरसको संक्रमण हुने खतरा भएकाले होली खेल्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनु […]

मकवानपुरमा श्रृंखलाले निर्माण गरेको स्वास्थ्य चौकी हेर्न मिस वर्ल्डसहित आयोजक आउँदै

हेटौंडा, २२ फागुन । मिस नेपाल २०१८ की बिजेता तथा मिस वल्डमा प्रभावशाली प्रस्तुती दिनु भएकी मकवानपुरे चेली श्रृंखला खतिवडाले निर्माण गरेको स्वास्थ्य चौकी हेर्न मिस वर्ल्डसहित आयोजक मकवानपुरको कैलाश आउनु हुने भएको छ । स्वास्थ्य चौकी हेर्न वल्र्ड २०१९ का बिजेता टोनी एन सिंह, मिस वर्ल्ड आयोजक संस्थाका अध्यक्ष जुलिया मोर्ले र मिस वर्ल्ड […]

अभिनेत्री नीनाको सनसनीपूर्ण खुलासाः ‘विवाहितसँग प्रेममा नपर्नुस्, पीडा मैले सहेकी छु’

काठमाडौं, २० फागुन । बलिउडकी दिग्गज अभिनेत्री नीना गुप्ता आजकाल इन्स्टाग्राममा ‘सच कहूँ तो’ नामबाट एउटा सिरिज चलाइरहनु भएको छ । उहाँ यो सिरिजमार्फत् आफ्नो नीजि जीवनसँग जोडिएका किस्सा मानिसमाझ साझा गर्ने गर्नुहुन्छ र विभिन्न घटनामा आफ्नो राय व्यक्त गरिरहनुहुन्छ । अब नीनाले एउटा नयाँ भिडियो सेयर गर्नु भएको छ, जसमा उहाँले आफ्नो नीजि जीवनसँग […]

अमिताभको तस्बिर हेर्दै रेखाले भन्नु भयो, ‘यो खतरनाक क्षेत्र हो, हिँड’

एजेन्सी– बलिउडकी चर्चित अभिनेत्री रेखा जहाँ जानुहुन्छ त्यहाँ उहाँको निकै चर्चा हुने गर्दछ। हालसालै पनि एउटा यस्तै घटना घटेको छ जसका कारण सामाजिक सञ्जालदेखि मिडियाहरुसम्म उहाँको चर्चा चुलिएको छ। हालै रेखा डब्बु रतरानीको क्यालेन्डर विमोचन कार्यक्रममा पुग्नु भयो । त्यहाँ एउटा यस्तो घटना घट्यो जुन देखेर सबै हाँस्न थाले। कार्यक्रममा पुग्नासाथ रेखा डब्बूकी छोरीका साथमा […]

करिना कपुरको ‘फिटनेस’ आश्चर्यजनक ! यस्तो रहेछ रहस्य

एजेन्सी– एक समय बलिउड अभिनेत्री करिना कपूरलाई देखेपछि भारतीय युवतीहरु जिरो फिगरप्रति आकर्षित हुन्थे।विवाहभन्दा अघि र पछि अझ छोरा तैमुरको जन्मपछि करिनाले जसरी आफ्नो ‘फिटनेस’लाई कायम राख्नु भयो, त्यो आश्चर्यजनक छ। करिनाले आफैँ नभइ उहाँका साथीहरू, परिवार र फिटनेस प्रशिक्षकहरूले समय–समयमा उहाँले कसरत गरिरहेका तस्बिर र भिडियोहरु सेयर गर्ने गर्दछन्। हालै एक अन्तर्वार्तामा करिनाले आफ्नो […]

कटरिनालाई भेट्न लुकीलुकी जान्छन् विक्की, कटरिनाको यस्तो जवाफ

एजेन्सी– बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरिना कैफविच डेट चलिरहेको समाचार बाहिरिएको लामै समय भयो। तर यी दुबै आफ्नो सम्बन्धबारे मौन नै हुनुहुन्छ । उहाँहरु दुबैका फ्यानहरुले जोडि मन पराएर मिस्टर एण्ड मिसेस कुशाल भन्न थालिसकेका छन्। तर दुबै आफ्नो सम्बन्धबारे केही खुलाउने मुडमा देखिनु भएको छैन् । प्राय सार्वजनिक कार्यक्रमहरुमा यी दुबै संगै […]

काठमाडौं आउँदै भारतका चर्चित र्‍यापर आरसीआर (भिडियो)

काठमाडौं, १९ फागुन । भारतका चर्चित र्‍यापर आरसीआर नेपाल आउनु हुने भएको छ । र्‍यापसँग सम्बन्धित भारतीय रियालिटी सो ‘हसल’बाट ख्याती कमाउनु भएका आरसीआरको वास्तविक नाम रोहित कुमार हो। उहाँले आफ्नो फेसबुक पेजमा यसैहप्तको शनिबार आफू काठमाडौं आउने जानकारीमूलक सन्देश लेख्नु भएको छ। आरसीआरलाई भारतमा बास्तविक र्‍यापरको उपमा दिइन्छ।

पोर्नस्टार बन्‍ने घोषणा गरेपछि प्रहरी खोरमा

वासिङ्टन १९, फागुन । हलिउडका चर्चित फिल्म मेकर स्टेभेन स्पिल बर्गकी छोरी मिकाएलाले आफू पोर्नस्टार बन्ने घोषणा गर्नुभएको छ । करिअरकै रुपमा पोर्नस्टार बन्ने उहाँले घोषणा गर्नु भएको छ । यससँगै प्रहरीले उहाँलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । सांस्कृतिक मान्यता विपरीत घरेलु हिंसा गरेकोमा उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नासभिल्लेस्थित प्रेमीको साथमा बस्दैआउनु […]