खेलकुद

मकवानपुर खेलकुद विकास समिति अध्यक्षमा सानु लामा

हेटौंडा, ७ माघ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले प्रदेशका १३ वटै जिल्लाको नेतृत्व टुंगो लगाएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा सानु लामालाई परिषद्ले चयन गरेको हो । अध्यक्षको लागि मकवानपुरका लामासहित ३ जनाको नाम सिफारिसमा परेको थियो । परिषद्को आज मंगलबार बसेको बैठकले खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा युवा नेता लामालाई […]

फुटसल प्रतियोगिताको उपाधि कैलाशलाई

हेटौंडा, ६ माघ । १७ औं रुद्र पाख्रिन स्मृति कप फुटसल प्रतियोगिताको उपाधि कैलाश गाउँपालिकाले हात पारेको छ । मकवानपुरमा पहिलो पटक शहिद रुद्र पाख्रिन स्मृति पार्कको आयोजनामा मकवानपुरगढी गाउँपालिकास्थित फुटसल मैदानमा आईतबार भएको अन्तिम प्रतिस्पर्धामा आयोजक टिमलाई ट्राइब्रेकरमा १–० गोल अन्तरले हराउँदै कैलाशले उपाधि हात पारेको हो । कैलाशको लागि उमेश थिङले निर्णाय गोल […]

हेटौंडाको महावीर क्लब अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल खेल्न पोखरा प्रस्थान

हेटौंडा, ५ माघ । गण्डकी प्रदेशको राजधानी पोखरामा हुने स्वर्गीय रञ्जित गुरुङ स्मृति नवौं बगर भाइखलक एटए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलमा हेटौंडाका ३ क्लबले भाग लिने भएका छन् । प्रतियोगितामा सहभागी हुन हेटौंडाको महावीर क्लब आज आइतबार पोखरा प्रस्थान गरेको छ । उद्घाटन खेल भोली सोमबार महावीर क्लब, हेटौंडा र पोखराको बगर भाइखलकबीच हुनेछ । […]

सागमा पदक जित्ने मकवानपुरे खेलाडी पुरस्कृत

हेटौंडा, २९ पुस । हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समिति मकवानपुरले संयुक्त रुपमा दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई परस्कृत गरेको छ । सागमा मकवानपुरका खेलाडीले ४ स्वर्ण, ४ रजत र ५ कास्य नेपाललाई दिलाएका थिए । करातेमा महसुस मोक्तान, फुटबलमा सुनिल बल तथा तेक्वान्दोमा सञ्जीवकुमार ओझा र निशा दर्नालले स्वर्ण पदक जितेका थिए […]

क्रिकेट रङ्गशाला निर्माण गर्न महायज्ञ

चितवन, २८ पुस । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन महायज्ञ लगाउने भएको छ । रंगशाला निर्माणका लागि आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको हो । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको […]

हेटौंडाका दुई खेलाडीलाई एन्फाको प्रतिबन्ध

हेटौंडा, २५ पुस । मैदानमा जारी खोलमा झगडा गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले हेटौंडाका २ खेलाडीलाई प्रतिबन्ध लगाएको छ । मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीबीच भएको खेलमा झगडा गरेपछि हेटौंडाका रञ्जन विष्ट र अशोक बराललाई एन्फाले प्रतिबन्ध लगाएको हो । मनाङ मस्र्याङ्दीका खेलाडी रञ्जनले २ खेल र बरालले ५ खेल प्रतिबन्धका कारण खेल्न […]

मकवानपुरका स्वर्ण विजेता खेलाडीलाई १ लाख पुरस्कार

हेटौंडा, २१ पुस । हेटौंडा उपमहानगरपालिका कार्यालयले काठमाडौंमा हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १ लाख रुपियाँ दिने घोषणा गरेको छ । आइतबार बसेको हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले स्वर्ण पदक विजेता मकवानपुरका खेलाडीलाई सम्मान स्वरुप जनही १ लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको हो । सम्मान तथा पुरस्कार […]

सागमा स्वर्ण विजेता हेटौंडाका ओझा नगदसहित सम्मानित

मकवानपुर, १८ पुस । सामाजिक सँस्कार सेवा समितिले १३ औं सागमा तेक्वान्दोको डबल पुम्सेमा स्वर्ण विजेता हेटौंडाका सञ्जिव कुमार ओझालाई सम्मान गरेको छ । समितिले हेटौँडा–४, कर्रा निवासी ओझालाई ४० हजार नगदसहित सम्मान गरेको हो । ओझाकै प्रशिक्षक माधब कोइरालालाई पनि खादा र सम्मान पत्र दिई सम्मान गरिएको थियो । सामाजिक सँस्कार सेवा समितिका अध्यक्ष […]

वीपी कपको उपाधि हेटौंडा–२ ले जित्यो

हेटौंडा, १६ पुस । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा भएको दोस्रो वीपी कप–२०७६ रनिङ्गशिल्ड फुटवल प्रतियोगिताको उपाधि हेटौंडाको २ नम्बर वडाले हात पारेको छ । ४४ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर संघले लोकतान्त्रिक चौर (हुप्र)मा वीपी कप आयोजना गरेको थियो । आज बुधवार उपाधिको लागि भएको खेलमा हेटौंडा–३ लाई टाइब्रेकरमा […]

वीपीकप फुटबलः हेटौंडाका ४ वडा विजयी

मकवानपुर, ११ पुस । हेटौँडा–४ हुप्राचौरमा बिहीबारदेखि सुरु दोश्रो विपि कप रनिङशिल्ड फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार ४ खेल सम्पन्न भएको छ । प्रतियोगिता अन्तरगत पहिलो खेलमा हेटौँडा उपमहानगरपालिका वडा नं. २ विजयी भएको छ । भीमफेदी एफसीलाई १–० को गोल अन्तरले पराजित गर्दै हेटौँडा–२ विजयी भएको हो । त्यस्तै आजको दोस्रो खेलमा हेटौँडा–७ विजयी भएको छ […]

हेटौँडामा पहिलो पटक साइकलिङ अफरोड च्याम्पियन सिप हुँदै, सबै तयारी पुरा

हेटौँडा, ११ पुस । प्रदेश नं. ३ को राजधानी हेटौंडामा पहिलो पटक साइकलिङ अफरोड च्याम्पियनसिपको तयारी पुरा भएको छ । हेटौंडा राइर्डस क्लबको आयोजनामा डिसेम्बर २८ अर्थात पुसको १२ गते शनिबार (भोली) च्याम्पियनसिप हुन लागेको क्लबका अध्यक्ष विकास ताम्राकारले बताए । मकवानपुरगढी गाउँपालिकाको कार्यालय, लक्ष्मण साइकल स्र्टोस र न्यू आर्यतारा ज्वेर्लस हुप्रचौर लगायत विभिन्न संघ […]

दोश्रो वी.पी कप फुटवल : हेटौँडा–१ को विजयी सुरुवात

हेटौंडा, १० पुस । हेटौँडा–४, हुप्राचौरमा आजबाट सुरु भएको दोश्रो वी.पी. कप फुटवल प्रतियोगितामा हेटौँडा–१ ले विजयी सुरुवात गरेको छ । नेपाल राष्ट्रिय लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा आजबाट सुरु भएको प्रतियोगितामा ट्राईब्रेकरमा साविक विजेता बकैयालाई २–१ ले हराउँदै हेटौंडा १ ले विजयी सुरुवात गरेको हो । पुस १६ गतेसम्म हुने उक्त प्रतियोगितामा मकवानपुरका ७ […]

मकवानपुरमा रुद्र पाख्रिन स्मृती कप फुटसल प्रतियोगिता हुने

हेटौंडा, १० पुस । मकवानपुरगढी गाउँपालिकामा पुस २८ गतेदेखि शहिद रुद्र पाख्रिन स्मृती कप फुटसल प्रतियोगिता २०७६ हुने भएको छ । १७ औं स्मृती दिवस पारेर शहिद रुद्र पाख्रिन स्मृती पार्कको आयोजनामा मकवानपुरका १० वटै स्थानीय तहहरुबाट प्रतिनिधित्व हुने गरी फुटसल प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगितामा ११ वटा टिमको सहभागितामा हुने आयोजकले जनाएको […]

हेटौँडामा आजबाट बीपि कप सुरु, उद्घाटन खेलमा बकैया गापा र हेटौँडा– १ बिच प्रतिस्प्रधा हुने

मकवानपुर, १० पुस । मकवानपुरको हेटौँडा–४ हुप्राचौरमा आजबाट बीपी कप जिल्ला स्तरीय ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु हुदैछ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुन गइरहेको फुटबल प्रतियोगिताको बिहिबार (आज) बिहान ११:३० बजे उद्घाटन हुने आयोजकले जनाएको छ। आज हुने उद्घाटन खेलमा साविक विजेता बकैया गाउँपालिका र हेटौंडा– १ बिच प्रतिस्प्रधा हुने […]

पाँचौ हेटौँडा भेट्रान्स कपको उपाधि पोखरालाई

हेटौंडा, ६ पुस । हेटौंडा ४ स्थित हुप्राचौरमा भएको पाँचौ हेटौंडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिताको उपाधि बगरभाईखलक पोखराले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा बगरभाईखलक पोखराले बानेश्वर फुटबल टिम काठमाण्डौलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो । प्रतियोगिताको विजेता बगरभाईखलक पोखराले नगद १ लाख […]

हेटौंडा भेट्रान्स : आज काठमाण्डौं र पोखरा भिड्दै

हेटौंडा, ५ पुस । हेटौंडा ४ स्थित हुप्राचौरमा जारी पाँचौ हेटौंडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिताको आज हुने फाइनल खेलमा बानेश्वर फुटबल टिम काठमाण्डौं र बगरभाईखलक पोखरा भिड्ने भएको छ । शनिबार (आज) दिउँसो १ बजे हुने भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिताको उपाधिको लागि काठमाण्डौं र बगरभाईखलक पोखरा भिड्ने […]

हेटौंडा भेट्रान्स : उद्घाटन खेलमा अमर सिंह विजयी

मकवानपुर, २ पुस । आजबाट हेटौँडामा सुरु भएको हेटौंडा भेट्रान्स कप ‘८ ए’ साइड राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा अमर सिंह युवा क्लब विजयी भएको छ । हेटौँडा–४ हुप्रामा भएको खेलमा सिमरा भेट्रान्सलाई २–० को गोल अन्तरले पराजित गर्दै अमर सिंह युवा क्लबले विजयी सुरुवात गरेको हो । खेलको ७ औं मिनेटमा विजय गुरुङले पहिलो […]

हेटौँडामा आजबाट पाँचौ भेट्रान्स कप राष्ट्रिय प्रतियोगिता सुरु हुने

मकवानपुर,२ पुस । हेटौंडामा बुधबार (आज) बाट पाँचौ हेटौंडा भेट्रान्स कप ‘८ ए’ साइड राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुने भएको छ । पुस ५ गतेसम्म संचालनमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा हुँदैछ । आज हुने प्रतियोगिताको उद्घाटन खेलमा अमर सिंह युवा क्लब र सिमरा भेट्रान्स […]

हेटौँडामा दोस्रो विपि कप फुटवल हुँदै

मकवानपुर, १ पुस । हेटौंडामा नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्य समिति, मकवानपुरको आयोजना यही पुस १० गतेदेखि दोस्रो वि.पी. कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । विपी कोइराला मेलमिलापको लागि स्वदेश फर्किएको दिनको सम्झनामा पुस १० गतेबाट प्रतियोगिता सुरु गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन निः शुल्क टिम दर्ताको व्यवस्था […]

ए डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं, ३० मंसिर । शहीद स्मारक ए डिभिजन लिगमा आज सोमबार दुई खेल हुँदैछ । शनिबार उद्घाटन भएको लिगमा आइतबार कुनै खेल भएनन् । आज हुने पहिलो खेलमा त्रिभुवन बर्मी क्लब र फ्रेण्ड्स क्लबबीच दिउँसो साढे १२ बजे एन्फा कम्प्लेक्समा हुनेछ । यस्तै, दोस्रो खेल संकटा क्लब र च्यासल युथ क्लबबीच दिउँसो साढे २ बजे […]