विश्व विविध

कोरोना अपडेट– अमेरिकामा ६८ हजारभन्दा बढी संक्रमितको मृत्यु

काठमाडौं । अमेरिकामा ६८ हजाभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ हजार ९ सय २० पुगेको हो । अमेरिकामा हालसम्म ११ लाख ७८ हजार ९ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये न्यूयोर्कमा सबैभन्दा बढी १९ हजार ५७ […]

लकडाउनका कारण खानपिनमा समस्या भएको भन्दै लुकेर सीमा पार गर्ने ११ भारतीय पक्राउ

महोत्तर । महोत्तरीमा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै प्रहरीले आज बिहान ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ भारतीय नागरिकलाई पक्राउ गरेको हो । हातहातमा झोला बोकेका सबैजना लहरै नेपालबाट भारत जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका […]

कोरोना अपडेट– कुवेतमा संक्रमित नेपालीको संख्या ८४ पुग्यो

काठमाडौं । कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुगेको छ । कुवेतमा थप ९ जनामा पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ८४ पुगेको छ । कुबेतमा ३ मे २०२० सम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

विश्वभर ५ हजारभन्दा बढी नेपालीमा कोरोना संक्रमण

काठमाडौं । विश्वभर ५ हजारभन्दा बढी नेपालीहरु कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघका अनुसार, विश्वभर ५ हजार २ सय ४८ नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये १५ सय ७० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । नेपालमा आईतबार एक जनामा कोरोनाको पुष्टि भएसँगै संक्रमितको […]

भेनजुएलाको एक कारागारमा भएको एक दंगामा ४० जना कैदीको मृत्यु

भेनेजुएला । ल्याटिनी अमेरिकी देश भेनजुएलाको एक कारागारमा भएको दंगामा ४० जना कैदीको मृत्यु भएको छ। पश्चिमी बगर गुआनारेनजिक पर्ने लोस लानोसस्थित कारागारमा रहेका कैदीहरू खाना र पानी अभावलाई लिएर आक्रोशित बनेको त्यहाँको कारागारसम्बन्धी गतिविधि निगरानी गर्ने भेनेजुएलन प्रिजन अबजर्भेटरीले जनाएको छ। कैदीहरूले जेल तोड्ने प्रयास गरेको भन्ने जेलका अधिकारीको भनाइमाथि आशंका गर्दै सो संस्थाले […]

विश्वभर ७३ नेपालीको कोरोनाका कारण मृत्यु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार, कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ७३ नेपालीको मृत्यु भएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ वेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउने नेपालीको […]

अपडेट– भारतमा एकै दिन २ हजार ४ सयमा कोरोना संक्रमणको पुष्टि

भारतमा एकै दिनमा २ हजार ४ सय भन्दा बढी व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३९ हजार ६ सय ९९ पुगेको छ । भारतमा एकै दिन एक सय जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुगेको छ। १० हजार ८ सय […]

अपडेट– कुवेतमा थप ११ नेपालीमा कोरोनाको पुष्टि, कति पुग्यो संक्रमित संख्या ?

काठमाडौं । कुवेतमा शुक्रबारमात्रै ११ नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले ११ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो। योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ७५ पुगेको छ । कुवेतमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका ३ सय ५३ नयाँ संक्रमित भेटिएका छन्। […]

लकडाउन जेठ ४ गतेसम्म

भारत सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन लम्ब्याउने निर्णय गरेको छ । भारत सरकारले लकडाउन अझै दुई साता लब्याउने निर्णय गरेको भारतीय संचारमाध्यमहरुले जनाएको छ । भारती संचारमाध्यमका अनुसार, भारत सरकारले लकडाउन आगामी जेठ ४ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो । यसअघि मे ३ (बैशाख २१ गते) सम्म […]

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ३३ हजार नाघ्यो

काठमाडौं । विश्वभर कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३३ हजार नाघेको छ । नेपाली समय अनुसार शुक्रबार दिउसो ३ बजेसम्म मृत्यु हुनेको संख्या २ लाख ३३ हजार ४ सय ३९ पुगेको हो । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर ३२ लाख ६७ हजार ८ सय ६७ जना कोरोना संक्रमित फेला परेका छन् […]

कोरोना अपडेट– संक्रमितको संख्या ३२ लाख ५६ हजार नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३२ लाख ५६ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभरमा संक्रमित हुनेको संख्या ३२ लाख ५६ हजार ५ सय ७० पुगेको छ । २४ घण्टामा विश्वभर ८६ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । नेपाली समय अनुसार शुक्रबार बिहान ७ बजेसम्म उपचारपछि निको भएर […]

रुसी प्रधानमन्त्रीलाई कोरोना संक्रमण

रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । रुसमा एकैदिन ७ हजार ९९ जनामा संक्रमण देखिकैदिन प्रधानमन्त्री मिशुस्तिनलाई पनि संक्रमण देखिएको हो । संक्रमण देखिएसँगै रुसी प्रधानमन्त्री मिशुस्तिन अस्पताल भर्ना भएका छन् । रुसमा कोरोना संक्रमण भएका पहिला वरिष्ठ अधिकारी हुन्। गत जनवरीमा प्रधानमन्त्री भएका उनी यतिखेर कोरोना महामारी नियन्त्रणका लागि सक्रिय […]

कोरोना अपडेट– निको भएर घर फर्किनेको संख्या साढे ९ लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या ९ लाख ८२ हजार नाघेको छ। नेपाली समय अनुसार बिहीबार दिउँसो ३ बजेसम्म विश्वभरमा ९ लाख ८२ हजार ८ सय १८ जना निको भएर घर फर्किसकेका छन् । त्यस्तै जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर दिउँसो ३ बजेसम्म ३२ लाख ४ हजार […]

कोरोना नलाग्ने अन्धविश्वासले लियो इरानमा कयौंको ज्यान

तेहरान । इरान रक्सी सेवन गर्दा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्याधिक रक्सी सेवन गरेकाहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उनीहरुले अत्यधिक रक्सी सेवन गरेका थिए । अल्जरीले संप्रेषण गरेको समाचार अनुसार देशमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि उनीहरुले अत्यधिक मात्रामा रक्सी सेवा […]

पाकिस्तानमा एकैदिन झण्डै ९ सय कोरोना संक्रमित फेला

काठमाडौं । पाकिस्तानमा कोरोनाका कारण एकैदिन झण्डै ९ सय कोरोना संक्रमित फेला परेका छन् । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पाकिस्तामा पछिल्लो २४ घण्टामा ८ सय ७४ नयाँ संक्रमित फेला परेका हुन् । योसँगै पाकिस्तानमा समग्र संक्रमितको संख्या १५ हजार ७ सय ५९ पुगेको छ । त्यस्तै अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या […]

भारतमा कोराना संक्रमितको संख्या ३३ हजार नाघ्यो, मृतकको संख्या कति पुग्यो ?

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार ५० जना पुगेको छ । साथै यस भाइरसका कारण मृत्यु हुनेको संख्या पनि १ हजार ७४ पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६७ जनाको […]

बलिउड अभिनेता ऋषि कपुरको निधन

काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको हो । उनी क्यान्सरबाट पीडित थिए । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका उनको विहिबार निधन भएको हो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

कोरोना उपचारको लागि यो औषधि बन्यो प्रभावकारी !

कोरोना भाइरसको उपचारका लागि औषधिको प्रभावकारितालाई लिएर नयाँ आशा जागेको बताइएको छ । यसअघि असफल भयो भनिएको रेमडेसिभियर औषधिको परीक्षण नतिजा सकारात्मक देखिएको हो । यो औषधिको प्रयोग इबोलाका बिरामीमा गरिसकिएको छ । संसारका ७५ प्रतिशत अस्पतालमा गम्भीर रुपमा बिरामी एक हजार जनालाई यो औषधि दिइएको थियो । जसमा प्लेसिबोको तुलनामा रेमडेसिभियर औषधिबाट ३१ प्रतिशत […]

कोरोना अपडेट– कुवेतमा थप १० नेपालीलाई संक्रमणको पुष्टि

काठमाडौं । कुवेतमा थप १० जना नेपाली कामदारलाई कोरोना संक्रमणको पुष्टि भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालय अनुसार, बुधबार थप १० जना नेपाली कामदारलाई कोरोना संक्रमणको पुष्टि भएको हो। योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ६१ पुगेको छ । कुवेतमा कोरोना संक्रमितको जम्मा संख्या ३ हजार ७ सय ४० पुगेको छ। संक्रमितमध्ये २४ जनाको मृत्यु […]

सिरियामा ट्रक बम आक्रमण हुँदा कम्तीमा ४६ जनाको मृत्यु

बेरुत । द्वन्द्वग्रस्त सिरियाको उत्तरी क्षेत्रको एक बजारमा इन्धन बोक्ने ट्रकमा बिस्फोटक पदार्थ राखेर बिस्फोट गराउँदा कम्तीमा ४६ जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । टर्की समर्थित लडाकूहरुको नियन्त्रणमा रहेको अफ्रिन नामको शहरमा उक्त बिस्फोट गराइएको हो । अमेरिकी विदेश मन्त्रालयले पनि रमादानका लागि सामान खरिद गर्न बजारमा मानिसहरु भेला भएको […]