विश्व विविध

कोरोनाको कारण भारतमा एकैदिन ११६ जनाको ज्यान गयो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा एकै दिनमा १ सय जना भन्दा बढीले ज्यान गुमाएका छन् । नेपाली समय अनुसार आइतबार बिहान ९ बजेसम्मको तथ्यांक अनुसार, भारतमा एकैदिन एक सय १६ जनाले ज्यान गुमाएका हुन् । योसँगै भारतका कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार १ सय १ जना पुगेको छ । त्यस्तै भारतमा एकै […]

कोरोना अपडेट – संक्रमितको संख्या ४० लाख २४ हजार नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ । नेपाली समय अनुसार आइतबार बिहान ९ बजेसम्मको तथ्यांकमा विश्वभर संक्रमितको संख्या ४० लाख २४ हजार ९ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर २ लाख ७९ हजार ३ सय ११ जनाको मृत्यु भएको छ। कोरोनाको कारण बढी मृत्यु […]

चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने

काठमाडौं । सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरुलाई आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने जानकारी दिए । शुक्रबार अपराह्न बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण […]

युएईमा एकैदिन २२ नेपाली महिलामा कोरोना संक्रमणको पुष्टि

युएईको शारहजामा एकै दिन २२ नेपाली महिला कामदारहरुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । शारहजाको एक क्लिनिङ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा कोभिड–१९ पोजिटिभ देखिएको थियो। जसमध्ये २२ जना नेपाली महिला कामदार रहेका छन् । संक्रमित हुनेहरुलाई कम्पनीले आफ्नै क्वारेन्टाइन बनाएर अलग राखेको छ। उक्त कम्पनीमा सयको हाराहारीमा नेपाली महिला कामदारहरु कार्यरत […]

कोरोना अपडेट– विश्वभर मृत्यु हुनेको संख्या २ लाख ७६ हजार नाघ्यो

कठमाडौं । विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ७६ हजार नाघेको छ । नेपाली समय अनुसार शनिबार बिहान ८ बजेसम्मको तथ्यांकमा विश्वमा मृत्यु हुनेको संख्या २ लाख ७६ हजार ८ सय ६३ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा ३९ लाख ३७ हजार ८ सय १३ जना मानिस संक्रमित भएका […]

पाकिस्तानले गर्‍यो शनिबारदेखि लकडाउन हटाउने निर्णय

पाकिस्तानले कोरोनाभाइरसका संक्रमितमा भइरहेको लगातार वृद्धिका बाबजुद् आउने शनिबारदेखि लकडाउन हटाउने निर्णय गरेको छ। बिहीबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले नागरिकहरूलाई दुस्ख भएको भन्दै लकडाउन हटाउने निर्णय गरिएको बताएका छन्। घरबाट निस्किने हरेक नागरिक, सञ्चालन हुने पेसा व्यवसाय र उद्योगले निश्चित मापदण्ड पालना गर्नुपर्ने, त्यस्तो नगरी कोरोनाभाइरसका संक्रमित ह्वात्तै बढे फेरि लकडाउन हुने […]

विश्वभर २ लाख ६९ हजार २ सय ६७ जना संक्रमितको मृत्यु

कठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ। नेपाली समय अनुसार शुक्रबार बिहान ७ बजे सम्मको तथ्यांक अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ७५ हजार ६ सय ४९ पुगेको छ। अमेरिकामा बिहीबार एकैदिन २ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । जोन्स हपिकन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभरमा २ […]

सम्माननीय प्रधानमन्त्री ज्यूलाई खुल्ला पत्र

सम्माननीय प्रधानमन्त्री ज्यु प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिँहदरबार, काठमाडौं                                                        विषय : बिदेशबाट आउने नेपाली नागरिकको ब्यस्थापन सम्बन्धमा । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु, बिश्व अहिले कोरोना […]

अस्पतालको झ्यालबाट हामफालेका ३ जना चिकित्सकको मृत्यु

कोरोना भाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न ३ जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रूपमा अस्पतालको झ्यालबाट हाम फालेको रसियाका सञ्चारमाध्यमहरूले बताएका छन् । ती चिकित्सकमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जनाको गम्भीर अवस्थामा उपचारकै क्रममा मृत्यु भएको थियो । विगत २ साताको अवधिमा भएका यी घटनाहरूको यथार्थ पत्ता लगाउन प्रहरीले […]

कोरोनाका कारण ९० हजारभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) कारण विश्वभर ९० हजारभन्दा बढी स्वास्थकर्मी संक्रमित भएका छन् । इन्टरनेशनल काउन्सिल अफ नर्सेज (आईसीएन) ले बुधबार सार्वजनिक गरेको तथ्यांक यस्तो देखिएको हो । कोरोना भाइरसको कारण अहिलेसम्म विश्वभर दुई सय ६० नर्सको मृत्यु भइसकेको आईसीएनले बताएको छ । आईसीएनले एक सय ३० मुलुकको नर्सिङ एसोसिएसनहरुले दिएको सूचनाको आधारमा उक्त […]

कोरोनाबारे महत्वपूर्ण खोजको नजिक रहेका एक चिनियाँ अनुसन्धानकर्ताको गोली हानी हत्या

कोरोना भाइरस (कोभिड–१९) बारे महत्वपूर्ण खोजको नजिक रहेका एक चिनियाँ अनुसन्धानकर्ताको अमेरिकामा हत्या भएको छ । अमेरिकाको पेन्सिलभानियामा गोली हानी हत्या भएको हो । पिट्सबर्ग विश्वविद्यालयका प्राध्यापक ३७ वर्षीया विंग लिउको उत्तरी पिट्सबर्गको रस टाउनिङस्थित घरमा नै मृत भेटिएको हो । उनको टाउको, घाँटी, छाती र हातखुट्टामा गोली हानिएको पाइएको छ । अनुसन्धान अधिकारीहरुले आफ्नै […]

भारतमा कोरोना संक्रमित ५२ हजार नाघ्यो

भारतमा बुधबारसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५२ हजार नाघेको छ । भारतमा बुधबार मात्र ३ हजार ४ सय ९० नयाँ संक्रमित फेला परेका छन् भने ९८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ५२ हजार ९ सय ६७ पुगेको छ । यस्तै संक्रमणका कारण १ हजार ७ सय ११ जनाको मृत्यु […]

रसियामा लगातार चौथो दिन १० हजार बढी संक्रमित फेला

मस्को । रसियामा लगातार चौथो दिन १० हजार बढी कोरोना संक्रमित थपिएका छन् । रसियाले बुधबारमात्र १० हजार ५ सय ५९ जना नयाँ संक्रमित फेला परेको पुष्टि गरेको छ । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार ९ सय २९ पुगेको छ । रसिया संक्रमितदर धेरै भएको दोश्रो मुलुक हो। पहिलो नम्बरमा अमेरिका […]

कोरोना अपडेट– भारतमा एकैदिन थपिए २ हजार ९ सय नयाँ संक्रमित

भारतमा एकै दिनमा २ हजार ९ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । भारतीय संचारमाध्यमका अनुसार, भारतमा मंगलबार मात्रै २ हजार ९ सय ६३ जना नयाँ संक्रमित थपिएका छन भने १ सय २७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको छ। त्यस्तै भारतमा कोरोनाका कारण मृत्यु हुनेको […]

सरकारका सल्लाहकारले नै उल्लंघन गरे लकडाउनको नियम, दिए राजिनामा

बेलायतमा लकडाउन सिफारिस गर्ने प्राध्यापक नील फर्गुसनले आफैंले सामाजिक दुरीको नियम पालना नगरेको भन्दै पदबाट राजीनामा दिएका छन् । उनी कोरोना नियन्त्रणसम्बन्धी बेलायती सरकारका प्रमुख सल्लाहकार हुन् । आफ्नो राजीनामामा उनले भनेका छन्, ‘मैले गल्ती गरेको स्वीकार गर्छु । यसकारण म आफ्नो पदबाट राजीनामा दिँदैछु । कोरोना नियन्त्रणका लागि सामाजिक दुरी कायम गर्नुपर्ने जुन स्पष्ट […]

भिसाको अवधि सकिएर पनि काम गरिरहेका नेपालीलाई १४ दिनको समय

काठमाडौं । मलेसिया सरकारले अवैध रूपमा बसेर काम गरिरहेका विदेशी कामदारहरूलाई स्वदेश फर्कन १४ दिनको समय दिएको छ । सरकारले भिसाको अवधि सकिए पनि मलेसियामै रहेर काम गर्दै आएका कामदारलाई स्वदेश फर्कन उक्त समय दिएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । दुतावासका अनुसार, १ जनवरीदेखि भिसा सकिएकालाई आउँदो १२ मेदेखि २६ मेसम्म १४ दिनको स्वदेश […]

यी हुन् कोरोना संक्रमणबाट हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको देश

कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण यतिखेर विश्वमा नै त्रास फैलिरहेको छ । यसका कारण कतिले त ज्यान गुमाइसकेका छन् ।  तर, यी २६ देशमा भने कोरोना संक्रमितको संख्या बढेपनि हालसम्म कुनै पनि व्यक्तिको ज्यान गएको छैन । यी हुन् ती २६ देश । –नेपालमा ८२ जना संक्रमित भएका छन्। १६ जना निको भएर घर फर्किसकेका छन्। […]

कोरोनाका कारण बेलायतमा थप एक नेपालीको ज्यान गयो

लण्डन । बेलायतमा कोरोनाका कारण थप एक नेपालीको ज्यान गएको छ । सोमबार पवर्त चारभञ्याङमा जन्मिएका नारायण कोन्मे गुरूङको ज्यान गएको हो । उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा ज्यान गएको हो । स्नातकोत्तरसम्म अध्ययन पूरा गरेका गुरुङले […]

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ५१ हजारभन्दा बढी

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५१ हजार नाघेको छ। नेपाली समय अनुसार मंगलबार बिहान ८ बजेसम्म विश्वमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५१ हजार ५ सय १० पुगेको छ । मृत्यु हुनेहरुमा अमेरिकामा ६९ हजार ९ सय २१ जना, इटालीमा २९ हजार ७९, युकेमा २८ […]

भारतमा कोरोना संक्रमितको संख्या ४६ हजार ४ सय पुग्यो

भारतमा एकै दिन झण्डै ४ हजार कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । वल्डोमीटरका अनुसार सोमबार मात्र भारतमा ३ हजार ९ सय ३२ संक्रमित थपिएका हुन् । योसँगै त्यहाँ संक्रमितको कुल संख्या ४६ हजार ४ सय नाघेको छ । त्यस्तै, भारतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ६६ पुगेको छ । भारतमा अहिलेसम्म […]