विश्व विविध

अस्ट्रेलियामा डढेलो निभाउन गएको विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु

अस्ट्रेलियामा लागेको डढेलो निभाउने कार्यमा खटिएको एयर ट्यांकर विमान दुर्घटना हुादा तीन जनाको मृत्यु भएको छ । विमानमा सवार चालक दलका तीन जनाको मृत्यु भएको छ।मृतक तीनैजना अमेरिकी नागरिक रहेका हुन्। न्यू साउथ वेल्सको ग्रामीण अग्निनियन्त्रण सेवाका आयुक्त शेन फिट्सिमन्सले क्यानाडाली कम्पनीको सी–१३० हर्कुलस विमान स्लोई मोनारो क्षेत्रमा खटिएको थियो। अमेरिका सरकारले अस्ट्रेलियाको जंगलमा लागेको […]

इरानमा युक्रेनी जहाज दुर्घटना, १ सय ७६ जनाको मृत्यु

तेहरान, २३ पुस । इरानमा बुधबार बिहान भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दुर्घटनामा १ सय ७६ जनाको मृत्यु भएको छ । बोइङ ७३७–८०० जहाज बुधबार बिहान तेहरानको इमाम खामोनी विमानस्थलनजिकै दुर्घटना हुँदा १७० यात्रु र ६ जना चालक दलका सदस्य गरी १ सय ७६ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले जनाएको छ । इरानका सरकारी सञ्चारमाध्यमहरूले […]

इरानमा १ सय ८० यात्रु सवार विमान दुर्घटना

तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ । क्षतिको विवरण आइसकेको छैन । इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् । विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेको बताइएको छ । विमान दुर्घटना हुनुभन्दा केही घण्टा अगाडि इरानले इराकस्थित अमेरिकी सेना बसेका दुई स्थानमा आक्रमण […]

अमेरिकी एयरबेसमा इरानद्वारा मिसाइल हमला

इराकमा तैनाथ अमेरिकी सेनाको कम्तिमा दुईवटा एयरबेसमा एक दर्जनभन्दा बढी बलिस्टक क्षेप्यास्त्र प्रहार भएको अमेरिकी रक्षा विभागले जनाएको छ । यता, इरानको राष्ट्रिय टेलिभिजनले बग्दादमा अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्पको निर्देशनमा भएको ड्रोन हमलामा मारिएका शीर्ष कमान्डर कासेम सुलेमानीको हत्याको बदलामा उक्त हमला गरिएको भन्दै जिम्मेवारी लिएको छ । इर्बिल र अल असादमा रहेको दुईवटा बेसमा […]

सुलेमानीको अन्त्येष्टिका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु

शुक्रबार अमेरिकी ड्रोन हमलामा मारिएका इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टीका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु भएको छ । इरानी मिडियाहरुले उक्त भागदौडमा ३५ जनाको मृत्यु भएको पुष्टी गरेका छन् । भागदौडमा दर्जनौ व्यक्ति घाइते भएको जनाइएको छ । इरानको केर्मान शहरमा सुलेमानीको अन्त्येष्टी गर्ने क्रममा लाखौं सर्वसाधारणको सहभागिता रहेको थियो । सुलेमानीको शव […]

इरानले हमला गरे ५२ स्थान ध्वस्त पार्ने ट्रम्पको चेतावनी

जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिकाबीच द्वन्द्व बढेको छ । इरानले आफ्ना नेताको हत्याको बदला लिने बताइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले हमला गरे इरान ध्वस्त पार्ने चेतावनी दिएका छन् । ट्रम्पले कुनै पनि अमेरिकी नागरिकमाथि इरानका तर्फबाट हमला भए ५२ स्थानमा हमला गरी ध्वस्त बनाउने चेतावनी दिएका हुन् । इरानको इस्लामिक […]

अमेरिकी आक्रमणमा इरानको विशेष सैन्य फोर्सका प्रमुख मारिए

अमेरिकी आक्रमणमा इरानी फौजको विशेष सैन्य फोर्सका प्रमुख क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन् । सुलेमानीको शुक्रबार मृत्यु भएको इरानको रिभोलुशनरी गार्ड्सले पुष्टि गरेको राज्यनियन्त्रित टेलिभिजनले बताएको छ । यसअघि बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र आक्रमणमा केही व्यक्तिको मृत्यु भएको विवरण आएको थियो । राष्ट्रपति ट्रम्पले घटनापछि अमेरिकी झण्डा ट्विट गरेका छन् । अमेरिकी रक्षा […]

जेलभित्र झगडा हुँदा १६ कैदीको मृत्यु

मेक्सिकोको जकाटेकसस्थित एक जेलमा झडप हुँदा १६ कैदी मृत्यु भएको छ । मंगलबार दिउँसो कैदीहरुबीच झडप भएपछि १६ जनाको मृत्यु भएको हो । उक्त झडपबाट पाँच जना घाइते समेत भएका छन् । कैदीहरुको विभिन्न समूहबीच आपसमा कुरा नमिल्दा झगडा सुरू भएको सिन्ह्वाले जनाएको छ।

इराक र सिरियामा अमेरिकी हवाई आक्रमण, १८ जनाको मृत्यु, ५० जना घाइते

अमेरिकाले आफ्नो देशका एक ठेकेदार मारिएको घटनालाई लिएर इराक र सिरियाका लडाकू शिविरमा आक्रमण गरेको छ । गत साता इराकको किर्कुकमा भएको रकेट आक्रमणमा एक अमेरिकी ठेकेदारको मृत्यु भइको थियो भने केही अमेरिकी सेना घाईते भएका थिए । रोएटर्सका आइतवार इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो । सो आक्रमणमा करिब १८ जनाको […]

सोमालियामा कारबम विस्फोट, मृत्यु हुनेको संख्या ७६ पुग्यो

सोमालियाको राजधानी मोगादिसुमा शनिबार बिहान भएको कारबम विस्फोटमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । मदिना अस्पतालका निर्देशक डा.मोहम्मद युसुफले आफूहरुले मृत्यु भएका ७३ जनाको शब बुझेको जानकारी दिएका छन् । विस्फोटको जिम्मा हालसम्म कुनै समूहले लिएको छैन । सोमालियामा यसअघि यस्ता आक्रमण अल–शबाब विद्रोही समूहले गर्दै आएको थियो । प्रत्यक्षदर्शीहरूले घटनास्थलमा रक्तपात भएको […]

अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जना लडाकुको अपहरण

पश्चिमी अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जनालाई तालिवान लडाकुहरुले अपहरण गरेका छन् । पिपुल्स पिस मुभमेन्टले शान्ति र युद्धविरामको माग गर्दै करिब दुई साता अगाडिदेखि हेरात प्रान्तबाट आफ्नो यात्रा सुरु गरेको थियो । तर, फराह प्रान्त प्रवेशपछि उनीहरुको अत्तोपत्तो नरहेको बीबीसीले जनाएको छ । फाराह प्रान्तका डेपुटी गभर्नर मसूद बख्तावरले ६ वटा कारमा रहेका उनीहरुलाई […]

रूसी राष्ट्रपति पुटिनलाई प्रश्न सोध्दा पत्रकारको जागिर गुम्यो

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको १५ औं वार्षिक पत्रकार सम्मेलनमा प्रश्न सोधेकोभन्दैएक जना सञ्चारकर्मीलेजागिरबाटै बाहिरिनुपरेको छ । यामल क्षेत्रको एक सरकारी टीभी च्यानलमा कार्यरत अलिसा यारोभस्कायले जागिर छाड्नुपरेको बीबीसीले जनाएको छ । यसबारे थप विवरण भने सार्वजनिक गरिएको छैन । उत्तर–पश्चिम साइबेरियाको आर्कटिक यामल क्षेत्रमा अधिकारीहरूले राष्ट्रपति पुटिनलाई अलिसालेप्रश्न सोधेकोमा खुसी नभएकोत्यहाँबाट प्राप्त समाचारहरूमा उल्लेख छन् […]

क्रिसमस इभ मनाउन रिसोर्ट गएका एक बालिकासहित तीन जनाको डुबेर मृत्यु

स्पेनको कोस्टा डेल सोल रिसोर्टमा बिदा बनाउन गएका तीन जनाको डुबेर मृत्यु भएको छ । उनीहरु सबै एकै परिवारका हुन् । रिसोर्टका मालिकले एक वक्तव्य जारी गर्दै क्लब ला कोस्टा वर्ल्डको स्विमिङ पुलमा उनीहरुलाई क्रिसमसको पूर्व सन्ध्यामा डुबेको अवस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार बेलायतकी ९ वर्षीया बालिकालाई पानीभित्र समस्या हुँदा उनका दाइ र […]

दिल्लीको किराडीमा आगलागी हुँदा ९ जनाको मृत्यु, १० जना घाईते

भारतको राजधानी नयाँ दिल्लीको किराडी क्षेत्रमा रहेको एक कपडाको गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको । तीन वटा तला रहेको सो भवनको सबैभन्दा तलको तलामा आइतबार मध्यराति आगलागी हुँदा ९ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले पुष्टि गरेको छ । सो स्थानमा आगलागीबाट १० जना भन्दाबढी व्यक्ति घाइते भएका छन् । सबै घाइतेहरुलाई उपचारका […]

२१ मे अन्तर्राष्ट्रिय चिया दिवस घोषणा

भारतको सिफारिसमा संयुक्त राष्ट्र महासभाले २१ मेलाई अन्तर्राष्ट्रिय चिया दिवस घोषणा गरेको छ । भारतले चार वर्षअघि मिलानमा भएको अन्तर्राष्ट्रिय खाद्य र कृषि संगठन (एफएओ) को अन्तर सरकारी समुहको बैठकमा यो प्रस्ताव अघि सारेको थियो । अहिले हरेक १५ डिसेम्बरमा चिया उत्पादन गर्ने देशहरुमा अन्तर्राष्ट्रिय चिया दिवस मनाइन्छ । यसमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, तान्जानिया […]

जुन पण्डितले बिहे गराए, उसैसँग भागिन् दुलही

प्रेम अन्धो हुन्छ भन्छन् । भन्छन् मान्छे प्रेममा जुनसुकै हर्कत गर्न पनि पछि पर्दैन् । प्रेममा न सम्बन्ध न त जातपात वा धर्म नै बाधक बन्छ । जुन पण्डितले विवाह गराए, उसैसँग दुलही भागिन् भन्दा हिन्दु परम्परा अँगाल्ने जोकोहीलाई अचम्मित पार्छ । तर, भारतमा यस्तै घटना भयो । भारतको मध्यप्रदेशको विदिशा जिल्लामा यो घटना भएको हो […]

सुन्दै अचम्म : समलिंगी जोडीको सामूहिक गर्भाधानबाट बच्चा जन्मियो

सुन्दै अचम्म लाग्ने ! एकजना आमाको गर्भबाट बच्चा जन्मेको त प्राकृतिक नै हो । तर दुईवटा आमाको गर्भवटा एउटा बच्चा ! पत्याउन मु्स्किलै पर्छ । बेलायतमा एक महिला समलिंगी जोडीको गर्भबाट बच्चा जन्मिएको छ । समलिंगी जोडीले पहिले एउटै बच्चा दुईवटै महिलाले आफ्नो गर्भमा राखे । ‘सेयर्ड मदरहुड’ प्रक्रियाअन्तर्गत बेलायतमा यो पहिलो घटना भएको हो […]

स्कूल ब्याग बनाउने कारखानामा भीषण आगलागी हुँदा ४३ जनाको मृत्यु, मृतकको संख्या बढ्ने सम्भावना

भारतको रानी झाँसी रोड इलाकामा अनाज मन्डीस्थित स्कूल ब्याग बनाउने कारखानामा आइतबार बिहान भीषण आगलागी हुँदा ४३ जनाको ज्यान गएको छ । दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले अहिलेसम्म ५० जना बढीलाई बाहिर निकालिएको जानकारी दिए । भारतीय संचारमाधयमका अनुसार, आवासीय क्षेत्रमा बनाइएको कारखानाभित्र ५९ जनाको उपस्थिती थियो जसमा अधिकांश मजदुर थिए । आगलागीबाट […]

डाक्टरको बलात्कार र हत्याकमा संलग्न चार आरोपी प्रहरी इन्काउन्टरमा मारिए

भारतको तेलंगानामा डाक्टरको बलात्कार र हत्यामा संलग्न चार आरोपी पुलिस इन्काउन्टरमा मारिएका छन् । प्रहरीले मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु थिए । आरिफको उमेर २६ वर्ष थियो भने अन्य आरोपी २० वर्षका थिए । यी सबै ट्रक चालक र सरसफाइकर्मी थिए । पुलिसका अनुसार उनीहरुलाई त्यही अन्डरब्रिजमा पुर्याइएको थियो जहाँ आरोपीले […]

दुई सन्तानको हत्या गरी एक पुरुषले गरे दुई पत्नीसहित आत्महत्या

भारतको राजधानी नयाँ दिल्लीसँगै जोडिएको गाजियावादको इन्दिरापुरममा एक पुरुषले आफ्ना दुई सन्तानको हत्या गरी दुई पत्नीसहित आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार, इन्दिरापुरमको वैभव खण्डमा बस्दै आएको परिवारमा सो घटना भएको हो । दुई सन्तानको हत्यापछि आवासीय भवनको आठौँ तलाबाट ती पुरुष र उनका दुई पत्नीले हामफालेर आत्महत्या गरेको बताइन्छ । ती पुरुष र […]