थाहा नगरपालिका

नागढुङ्गाबाट पक्राउ परे मकवानपुरका खत्री

मकवानपुर, १७ पुस। काठमाडौँको नागढुङ्गाबाट पाँच किलो चरेससहित मकवानपुरका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ का ५९ वर्षीय भगवान खत्री रहेका छन् । उनलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चन्द्रगिरी नगरपालिका–२ नागढुङ्गाबाट चार किलो ८०० ग्राम चरेससहित बुधबार पक्राउ गरेको हो । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज […]

काँग्रेसद्वारा एक सय जना विद्यार्थीलाई न्यानो कपडा सहयोग

हेटौंडा, १४ पुस । नेपाली काँग्रेस हेटौंडा उपमहानगर समितिले थाहा नगरपालिकाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । काँग्रेस हेटौँडाले आईतबार एक कार्यक्रमबीच थाहा नगरपालिका वडा नम्बर २ मा रहेका घाटदेवी आधारभूत विद्यालयमा अध्ययनरत एक सय जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षता तथा […]

हेटौँडामा आजबाट बीपि कप सुरु, उद्घाटन खेलमा बकैया गापा र हेटौँडा– १ बिच प्रतिस्प्रधा हुने

मकवानपुर, १० पुस । मकवानपुरको हेटौँडा–४ हुप्राचौरमा आजबाट बीपी कप जिल्ला स्तरीय ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु हुदैछ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुन गइरहेको फुटबल प्रतियोगिताको बिहिबार (आज) बिहान ११:३० बजे उद्घाटन हुने आयोजकले जनाएको छ। आज हुने उद्घाटन खेलमा साविक विजेता बकैया गाउँपालिका र हेटौंडा– १ बिच प्रतिस्प्रधा हुने […]

जनयुद्वमा हराएका मकवानपुरका २५ जनाको खोजी जारी

हेटौंडा, ७ पुस । १० वर्षे जनयुद्वको क्रममा हराएका मकवानपुरका २५ जनाको हमलसम्म पत्ता लाग्न सकेको छैन् । २०५४ सालदेखी जनयुद्वको क्रममा विभिन्न समयमा जिल्लाका २५ जना बेपत्ता भएका थिए । बेपत्ता भएको दुई दशकभन्दा धेरै भैसक्दा पनि उनीहरुको पत्ता लाग्न नसकेको छानबिन आयोगले जनाएको छ । आयोगका अनुसार, उनीहरुको खोजी कार्य जारी रहेको छ […]

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घर निर्माण

हेटौँडा, ६ पुस । मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घरहरु निर्माण भएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यावस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयको आयोजनामा आईतबार (आज) हेटौंडामा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रमका यसबारेमा जानकारी दिइएको हो । जिल्लामा पहिचान भएका कुल लाभग्राही भुकम्प पीडित ३४ हजार ३ सय १९ परिवार मध्येमा […]

नेकपा मकवानपुरद्वारा जिम्मेवारी बाँडफाड

हेटौंडा, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको तेस्रो बैठकले पार्टीका नेताहरुको जिम्मेवारी बाँडफाड गरेको छ । बैठकले पार्टीे मकवानपुरको प्रतिनिधि सभा, प्रदेश सभाका निर्वाभन क्षेत्र, १० वटै स्थानीय तह, विभागिय जिम्मेवारी र संगठन तर्फको जिम्मेवारी समेत बाँडफाड गरेको सोमबार पत्रकार सम्मेलनमार्फत नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले जानकारी दिएकी हुन् । कार्यक्रममा नेकपाका केन्द्रीय […]

जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरका खनाल पक्राउ

मकवानपुर, २८ मंसिर । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मकवानपुरका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ वसेरी बस्ने ४२ वर्षीय रवि खनाल रहेका छन् । खनालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको […]

मकवानपुरका दुबै मृगौला पीडित गोपालीलाई सहयोग गर्न परिवारको आग्रह

मकवानपुर, २२ मंसिर । दुवै मृगौला पिडित मकवानपुरको थाहानगरपालिका बज्रबाराहीका सिमोन गोपालीको उपचारको लागि परिवारले सहयोगको लागि अपील गरेका छन् । थाहा नगरपालिका वडा नम्बर १ कुञ्छालका राज गोपालीले भाईको उपचारको लागि सहयोग मागेका हुन् । गोपालीको उपचारको लागि २५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अस्पतालले जनाएको छ । तर, परिवारको आर्थिक अवस्था कमजोर भएकोले […]

प्रसारण लाइनविरुद्ध मकवानपुरका स्थानीय

मकवानपुर । आफूहरूलाई सुकुम्बासी बनाउने गरी मकवानपुरको हेटौंडादेखि नुवाकोटको बेलकोटगढी नगरपालिकाको सव–स्टेसनसम्म जोड्ने गरी प्रसारण लाइन विस्तार गर्न लागेको भन्दै स्थानीयहरूले विरोध गरेका छन् । उनीहरूले सव–स्टेसन निर्माणका लागि बनाइएको रेखांकनप्रति असन्तुष्टि जनाउँदै तत्काल यस विषयमा गम्भीर हुन सम्बन्धित निकायलाई ध्यानाकर्षणसमेत गराएका छन् । हेटौंडा–११, थानाभ¥याङमा रहेको सव–स्टेसनबाट हेटौंडा–३, १, १९ नम्बर वडा हुँदै कैलाश, […]

विश्वविद्यालयको ईआईए हुँदै

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा बन्न लागेको मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालयका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम सुरु हुने भएको छ । विश्वविद्यालय विकास समिति काठमाडौंले ईआईएका लागि सार्वजनिक सूचना आह्वान गर्दै छ । ‘कन्सल्ट्यान्ट छनोट गर्न एक साताभित्र सूचना सार्वजनिक गर्दै छौं,’ समितिका अध्यक्ष राजेन्द्रध्वज जोशीले भने । विकास समितिले चित्लाङमा […]

हराएको मोटरसाइकल मकवानपुर प्रहरीले सम्बन्धित धनीलाई बुझायो

मकवानपुर, १२ मंसिर । मकवानपुर प्रहरीले हराएको मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई बुझाइएको छ । मंसिर ९ गते काठमाडौं चन्द्रागिरी नगरपालिका–८, मुलडाँडाबाट सोही स्थानका रोहित खत्रीको हराएको प्रदेश ३–०२–००१ प ११०७ नं. के.टी.एम. ड्यूक २०० सी.सी.को मोटरसाईकल फेलापारी प्रहरीले बुधबार सम्बन्धित धनिलाई बुझाइएको हो । सोमबार मोटरसाईकल धनि खत्रीको घरबाटै मोटरसाइकल हराएको भन्ने सूचनाको आधारमा […]

धुलिखेलबाट मकवानपुरका दुई जनासहित २२ जुवाडे पक्राउ

काभ्रे, ९ मंसिर । प्रहरीले काभ्रेको धुलिखेल–९ बाट मकवानपुरका दुई जनासहित २२ जुवाडेलाई नियन्त्रणमा लिएको छ । काभ्रेको धुलिखेल–९, रानाछाप रानाभाटको घरबाट प्रहरीले उनीहरुलाई नगद ९ लाख ५७ हजार ८ सय ७० रुपैयाँसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा घरधनी महेश रानाभाट, मकवानपुरका थाहा नगरपालिका–६ घर भई सतुंगल बस्ने भुवन बलामी र थाहा नगरपालिका–७ शिखरकोटका […]

काँग्रेस मकवानपुरको प्रतिनिधि, प्रदेशसभा र स्थानीय तहको सभापति चयन, हेटौँडामा पराजुली

मकवानपुर, ५ मंसिर । नेपाली काँग्रेस मकवानपुरको दुई प्रतिनिधिसभा, चार प्रदेशसभा र ५ वटा स्थानीय तहको सभापति चयन गरिएको छ । समायोजनसँगै नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल र २ नम्बर क्षेत्रीय सभापतिमा यतिराज सापकोटा चयन भएका छन् । त्यसैगरी क्षेत्र नम्बर १ को प्रदेशसभा क मा डिल्लीप्रसाद घोरासैनी, क्षेत्र नम्बर […]

अर्काकी श्रीमतीसँग ओच्छ्यानमै पक्राउ परे मकवानपुरका कार्की

मकवानपुर, २० कात्तिक । अर्काकी श्रीमतीसँग यौनसम्पर्क गर्दागर्दै थाहाका सुदर्शन कार्की पक्राउ परेका छन् । कार्की मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ६ को एक घरको ओच्छ्यानबाटै पक्राउ परेका हुन् । विवाहित महिलालाई आफ्नो मायाजालमा पारेर यौनसम्पर्क राख्दै गर्दा उनलाई स्थानीयले ओच्छ्यानबाटै पक्राउ गरेको हो । कार्कीलाई राति १२ बजेको समयमा पक्राउ गरेको प्रहरी चौकी डाँडाखर्कका […]

मकवानपुरका मगर धादिङबाट पक्राउ

मकवानपुर, १८ कात्तिक । नेपाल प्रहरीले ३ किलो १२ ग्राम चरेससहित गएराति मकवानपुरका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको थाहानगरपालिका वडा नं. ७ का ५३ वर्षीय लक्ष्मण सिञ्जाली मगर रहेका छन् । उनलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ९६७३ नंको यात्रुवाहक बस चेकजाँचका क्रममा उक्त […]

वडा कार्यालयमा आगजनी गरेको आरोपमा विप्लवको थाहा इञ्चार्ज लामा पक्राउ

हेटौँडा, ९ कात्तिक । वडा कार्यालय भवनमा आजगनी गरेको आरोपमा विप्लवको थाहा श्याम लामा पक्राउ परेका छन् । थाहानगरपालिका वडा नं. ७ बस्ने लामा सोही नगरपालिका वडा नं. ५ को वडा कार्यालय भवन आगजनी गरेको आरोपमा पक्राउ परेका हुन् । लामालाई पालुङबाटै शुक्रबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक लोक बहादुर गुरुङले […]

मकवानपुरमा डेंगु रोगको प्रभाब बढ्दै

हेटौँडा, ८ कात्तिक । मकवानपुर जिल्लामा अहिले जाडोको मौसम सुरुवात भएपनि डेंगु रोगका बिरामीको संख्या बढ्दै गएको छ । मकवानपुरमा आज (शुक्रबार) अपराह्न सम्ममा २ हजार १ सय ४५ जना डेंगु रोगीका बिरामीहरुको पहिचान भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्लाको सिमानामा पर्ने प्रदेश नं. २ बारा जिल्लाको अमलेखगञ्जबाट डेंगु रोगबाट प्रभाबित भई […]

प्रदेश ३ को ११ स्थानमा ८ हजार मेट्रिक टन क्षमताको शितभण्डार बन्दै

मकवानपुर, २७ असोज । प्रदेश ३ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको ११ स्थानमा आठ हजार मेट्रिक टन क्षमताको शितभण्डार  निर्माण प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले स्थानीय तह तथा कृषि सहकारी एवम् कृषिसँग सम्बन्धित संघसस्थाको साझेदारीमा प्रदेशको ११ स्थानमा फलफूल तथा तरकारी राख्नका लागि शितभण्डार स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो । […]

वडा कार्यालय आगजनीको गरेको आरोपमा ५ जना पक्राउ

मकवानपुर, २७ असोज । मकवानपुरको थाहा नगरपालिका–५ स्थित वडा कार्यालयमा आगगजी गरेको आरोपमा प्रहरीले ५ जनालाई गरेको छ । थाहानगरको आरनडाँडामा रहेकोे कार्यालयमा आगजनी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन् । गएराति वडा कार्यालयको ढोका फुटाएर, पेट्रोल वा मट्टितेल छर्केर आगो […]

मकवानपुरको चित्लाङमा बन्ने मदन भण्डारी विश्वविद्यालय निर्माणको लागि चीनले सहयोग गर्ने

मकवानपुर, २६ असोज । मकवानपुरको थाहानगरस्थित चित्लाङमा बन्ने मदन भण्डारी विश्वविद्यालय निर्माणको लागि चीनले सहयोग गर्ने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा आज राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको सहमति पत्रमा उक्त विश्वविद्यालय निर्माणको लागि चीनले सहयोग गर्ने भएको हो । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा नेपाल […]