थाहा नगरपालिका

मकवानपुरका उप्रेती दुई दिनदेखि बेपत्ता

हेटौंडा, १ फागुन । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–३ दम्कीका का कान्छा उप्रेती २ दिनेखि बेपत्ता भएका छन् । उनी बेपत्ता भएपछि परिवारले खोजी गरिदिन अपिल गरेको छ । ५५ वर्षिया उप्रेतीले माघ २९ गते बिहान दम्कीस्थित घरमै रहेको आफ्नो पसल खोलेका थिए । तर, पसल खोलेका उप्रेती सोही दिन बेपत्ता भएको छोरा सुशील उप्रेतीले […]

थाहाका विद्यार्थीलाई सिन्धु बैंकको छात्रवृत्ति

हेटौंडा, २८ माघ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित पालुङ बहुमुखी क्याम्पसका विद्यार्थीलाई सिन्धु बैंकले छात्रवृत्ति दिएको छ । सिन्धु बिकास बैंक लिमिटेड पालुङ शाखाले क्याम्पसका जेहन्दार तथा आर्थिक रुपमा विपन्न विद्यार्थीहरुको उच्च शिक्षाको लागि छात्रवृत्ति वितरण गरेको हो । क्याम्पस प्रमुख रामहरि अधिकारीलाई बैंकका शाखा प्रमुख आशिष बानियाँ क्षेत्रीले छात्रवृत्ति हस्तान्तरण गरे । क्याम्पसमा […]

मकवानपुरमा ८ जना भारतीयको ज्यान लिने पानोरोमा रिसोर्ट सरकारले बन्द गर्यो

हेटौंडा, २८ माघ । भारतको केरला राज्यबाट नेपाल घुम्न आएका ८ भारतीय पर्यटकको ज्यान गएपछि मकवानपुरको थाहा नगरपालिकास्थित एभरेष्ट पानोरोमा रिसोर्ट निलम्बनमा परेको छ । रिसोर्टको एउटै कोठामा सुतेका ८ जनाको दुई परिवारको ग्यास हिटर बालेर सबै झ्याल बन्द गरेर सुतेपछि अक्सिजनको कमीले माघ ६ गते राती ज्यान गएको थियो । न्यूनतम मापदण्ड पनि पालना […]

मकवानपुरको पानोरमा रिसोर्ट पर्यटन विभागमा दर्ता नभएको खुलासा

हेटौंडा, २७ माघ । भारतीय पर्यटकको मृत्यु भएको मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्ट पर्यटन विभागमा दर्ता नभएको खुेलेको छ । दक्षिण भारतको केरलाका उनीहरुको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा गत माघ ७ गते निसासिएर मृत्यु भएको थियो । उक्त घटना लगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा छानबिन समिति […]

चन्द्रागिरीबाट मकवानपुरका लामासहित तीन जना पक्राउ

मकवानपुर, २४ माघ । चन्द्रागिरि नगरपालिका–१२ बाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–१२ का २८ वर्षीय सुरज लामा, चन्द्रागिरि–५ का ३६ वर्षीय महेन्द्र महर्जन र काठमाडौं–१९ का २० वर्षीय अमित खत्री रहेका छन्। प्रहरीले उनीहरुलाई लागुऔषध नाइट्रोभेट ९७ ट्याब्लेट, डाइजेपाम २ एम्पुल, बुप्रेनर्फिन २ एम्पुलसहित पक्राउ गरेको जनाएको […]

नागार्जुनबाट किन पक्राउ परे मकवानपुरका मगर ?

मकवानपुर, २१ माघ । महानगरीय प्रहरीले अवैध लागूऔषधसहित मकवानपुरका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–७ घर भई हाल नागार्जुन नगरपालिका–१० स्युचाटार डेरा गरी बस्ने ५४ वर्षीय राम बहादुर थापा मगर रहेका छन् । उनलाई लागूऔषध पोल्याण्ड ४ केजीसहित सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई विशेष सूचनाको आधारमा […]

दामन घटनाः केरलाका मुख्यमन्त्रीले मागे क्षतिपूर्ति

भारतको केरलाका मुख्यमन्त्री पिनाराइ विजयनले मकवानपुरको दामनस्थित भएको घटनाको क्षतिपूर्तिको माग गरेका छन् । मुख्यमन्त्री विजयनले संघीय विदेशमन्त्री एस जयशंकरलाई एक पत्र लेख्दै एकै परिवारका आठ भारतीयको मृत्युको विस्तृत अनुसन्धानका लागि माग गर्न आग्रह गरेका छन् । उनले पत्रमार्फत जनवरी २१ मा ज्यान गुमाएका आठैजना केरला राज्य भएको र नेपाल सरकारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग […]

मकवानपुरको चित्लाङमा मरुभूमिमा हुइँकिने क्वाड बाइक

हेटौंडा, १२ माघ । मरुभूमिमा जति हुइँक्याउन सकियो उति नै साहसिक अनुभूति हुने चारपांग्रे मोटरसाइकल मकवानपुरमा पनि आइपुगेको छ । खासगरी जति खाल्डाखुल्डी र अप्ठ्यारो बाटो हुन्छ उति नै दौडाउन मजा आउने क्वाड बाइक चित्लाङमा सञ्चालन भइरहेको छ । काठमाडौंबाट चन्द्रागिरि हुँदै जम्मा १९ किलोमिटर दूरी पार गरेरै पुग्ने गन्तव्य हो चित्लाङ । मकवानपुरको प्रमुख […]

एभरेष्ट पानोरमा होटलमा मृत्यु भएका सबै पर्यटकको शव भारत पुग्यो

मकवानपुर, ९ माघ । थाहा नगरपालिका स्थित एभरेष्ट पानरोमा रिसोर्टमा मृत भेटिएका भारतीय पर्यटकहरुको शव आफन्तले बुझेर लगेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रमुख डीएसपी उमेश लम्सालका अनुसार, मृतकहरुको शव आफन्तले बुझेर भारत लगिसकेका छन् । बिहीबार दिउँसो मृतक ८ जना सबैको शव आफन्तले बुझेर हवाइजहाज मार्फत् भारत लगेको डीएसपी लम्सालले बताए । बुधबार […]

निसास्सिएर मृत्यु भएका आठ भारतीय पर्यटकको पोस्टमार्टम

मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ग्यासहिटरको प्रयोगले सुतेकै अवस्थामा निसास्सिएर मृत्यु भएका आठजना भारतीय पर्यटकको पोस्टमार्टम गरिएको छ । काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार दिउँसो पोस्टमार्टम गरिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख डिएसपी उमेश लम्सालले जानकारी दिए । उनका अनुसार पोस्टमार्टमको रिपोर्ट आउन केही दिन लाग्नेछ । आफन्तले शव बुझिसकेको र शव भारत पठाउने तयारी भइरहेको उनले […]

दामन घटनाः ‘सामान्य मापदण्डसमेत नभएको होटलमा बस्दा अकालमै ज्यान गयो’

काठमाडौं, ८ माघ । मनवानपुरको दामनस्थित एभरेस्ट पानोरामा रिसोर्टमा मंगलबार ज्यान गुमाउनेका आफन्तले होटलको लापरवाहीका कारण घटना भएको बताएका छन् । स्तरीय होटल खोज्ने क्रममा त्यहाँ पुगेको र सामान्य मापदण्डसमेत नभएको होटलमा बास बस्दा साथी तथा आफन्तको अकालमै ज्यान गएको छुट्टै कोठामा रहेका तिनका आफन्त राम कुमारले नयाँ पत्रिकालाई बताए । रामकुमारले होटलमा अत्यावश्यक सामान्य […]

दामन घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन

हेटौंडा, ८ माघ । मकवानपुरको उत्तरी क्षेत्र थाहानगरपालिकाको दामनमा मंगलबार भएको घटनाबारे बुझ्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । घटनाबारे स्थलगत अध्ययन गरी १५ दिनभित्र राय सुझावसहित प्रतिवेदन पेश गर्न छानबिन समिति गठन गरेको पर्यटन विभागले बुधबार जारी गरिएको सूचनामा भनिएको छ । समितिमा विभागको होटल शाखाका निर्देशक संयोजक, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय […]

मकवानपुर घुम्न आएका दुई परिवारले रिसोर्टको एउटै कोठामा ज्यान गुमाए

हेटौंडा, ७ माघ । आज मंगलबार मकवानपुरको पर्यटकीय क्षेत्र दामनस्थित एभरेष्ट पानरोमा रिसोर्टमा दुई भारतीय परिवारको ज्यान गएको छ । नेपाल घुमेर रामाइलो गर्न आएका भारतीय दुई परिवारले आफ्ना बालबच्चासहित मकवानपुरमा ज्यान गुमाए । दुवै परिवारका बाबु, आमा र छोराछोरीको मृत्यु भएको छ । नायर परिवारको ५ सदस्यले रिसोर्टको एउटा कोठामै ज्यान गुमाए । ३९ […]

‘रातभर हिटर बाल्दा’ दामनमा ८ जना भारतीय पर्यटकको मृत्यु

हेटौंडा, ७ माघ । चिसो कोठालाई तताउन रातभर हिटर बालेर सुतेपछि मकवानपुरमा आज मंगलबार ८ जना भारतीय पर्यटककको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भारतको केरलाबाट नेपाल घुम्न आएका १५ भारतीय पर्यटक मध्ये ८ जनाको मकवानपुरको पर्यटकीय क्षेत्र दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा मृत्यु भएको हो । भारतीय पर्यटकको टोली पोखरा हुँदै सोमबार बा […]

दामनको रिसोर्टमा मृत्यु भएका मध्ये चार बालबालिका

हेटौंडा, ७ माघ । दामनस्थित पानारोमा रिसोर्टमा बास बसेका १५ जना मध्ये ८ जना भारतीय नागरिकको मुत्यु भएको छ । नेपाल घुम्न आएका उनीहरु गएराती पानारोमा रिसोर्टमा बास बसेका थिए । मृत्यु भएका ८ जना मध्ये ४ जना बालबालिका रहेका छन् । मृत्यु हुनेमा ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव र ९ […]

दामनमा ८ जना भारतीयको मृत्यु भएको प्रहरीको पुष्टी, हेर्नुहोस् नामावली

हेटौंडा, ७ माघ । मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा रहेको होटल पानोरमा रिसोर्टमा गएरातती बास बसेका ८ जना भारतीय नागरिकको मृत्यु भएको छ । ८ जनाकै मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । हेर्नुहोस् नामावली (१) देश भारत केरला बस्ने बर्ष अं.३८ को रन्जित कप (२) ऐ.ऐ.बस्ने बर्ष अं.३४ की ईन्द्र (३) ऐ.ऐ.बस्ने बर्ष अं.३७ […]

मकवानपुरको रिसोर्टमा बास बसेका ८ जना भारतीय पर्यटकको मृत्यु

हेटौंडा, ७ माघ । मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा रहेको होटल पानोरमा रिसोर्टमा गएरातती बास बसेका ८ जना भारतीय नागरिकको मृत्यु भएको छ । ८ जनाकै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नेपाल घुम्न आएका १५ भारतीय पर्यटक मध्ये ८ जना रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए । एउटै कोठामा ८ जना सुतेका […]

पानोरमा रिसोर्टमा एक भारतीय मृत फेला

मकवानपुर, ७ माघ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा रहेको होटल पानोरमा रिसोर्टमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् । भारतबाट नेपाल घुम्न आएको १५ जनाको समूहमा सम्मिलित उनीहरु मध्ये ७ जना सुतेको कोठामा एक जना भारतीय नागरिक मृत भेटिएको खबर छ । प्रहरीले घट्नाको पुष्टी गर्न भने बाँकी छ । प्रहरी घटनास्थल […]

हिउँले सेताम्मे सिमभञ्ज्याङ (१३ तस्बिरमा हेर्नुहोस्)

हेटौंडा, २० पुस । मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्य उत्तरी क्षेत्रस्थित सिमभञ्ज्याङ र दामनमा हिमपात भएको छ । शनिवार बेलुका सिमभञ्ज्याङका डाँडा हिउँले सेताम्मे भएका छन् । सिमभञ्ज्याङका डाँडा हिउँले सेताम्मे हुँदा मनमोहक देखिएका छन् । उक्त क्षेत्रमा बेलुकादेखि परेको बाक्लो हिमपातले सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । सडक नै हिउँले सेताम्मे भएपछि सवारीसाधन चल्न सकेका […]

सिमभञ्ज्याङमा हिउँ पर्न सुरु

मकवानपुर, १८ पुस । आज विहानको मौसमी बदली भएसँगै मकवानपुको हेटौँडा लगायत विभिन्न स्थानमा हल्का सिमसिमे पानी परेको छ । सिमसिमे पानी परेसँगै मकवानपुरको थाहा नगरपालिकास्थित सिमभञ्ज्याङमा हिउँ पर्न सुरु भएको छ । मकवानपुरको पर्यटकीय गन्तव्यको रुपमा चर्चित सिमभञ्ज्याङमा सिमसिमे वर्षासँगै हिमपात सुरु भएको हो । सो स्थानमा हरेक वर्ष हिमपात भएको बेला आन्तरीक पर्यटकहरुको […]