थाहा नगरपालिका

थाहामा कृषिको आधुनिकीकरण र पर्यटनमा जोड

थाहा नगर, २८ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले आर्थिक समृद्धि लागि मकवानपुरको थाहानगरलाई कृषिको आधुनिकीकरणको रुपमा बिकास गर्नुपर्ने बताएकी छिन् । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानअन्तर्गत मंगलबार थाहानगरपालिका–५ स्थित सानो फाखलमा प्रचार प्रसार समितिको वडा कार्यालय उद्घाटन गर्दै उनले कृषि अर्थतन्त्रको मेरुदण्डको रुपमा […]

मकवानपुरको सबै क्षेत्रमा जीत सुनिश्चित भएको खतिवडाको दाबी

थाहानगर, २८ कात्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर–२ का प्रतिनिधि सभा सदस्य उमेदवार विरोध खतिवडाले मकवानपुरको दुबै प्रतिनिधि सभा सदस्य क्षेत्र र ४ वटै प्रदेश सभा सदस्य क्षेत्रबाट बाम गठबन्धनको जित सुनिश्चित भएको दाबी गरेका छन् । मंगलबार मकवानपुरको क्षेत्र नं. २ अन्तर्गत थाहा नगरपालिका वडा नं. ६ बज्रवाराहीमा वडास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन […]

बज्रबाराहीमा लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचारप्रसार समिति गठन

मकवानपुर, २७ कात्तिक । मकवानपुरको थाहा नगरपालिका ६ बज्रबाराहीमा आईतबार लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क वडा कार्यालय उद्घाटन तथा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ । नेपाली काँग्रेसको वडा ईकाइ सभापति कालिचरण अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको संचारकर्मी मञ्जरी बलामीले जानकारी दिईन् । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा क्षेत्र नम्बर २ की उम्मेदवार महालक्ष्मी डीना […]

थाहा नगरमा विवेकशिल साझा पार्टीको घोषणापत्र सार्वजनिक

मकवानपुर, २६ कात्तिक । मकवानपुरको थाहा नगरपालिकामा “अबको आशा, बिबेकशील साझा” भन्ने मुल नाराका साथमा विवेकशिल साझा पार्टीले चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ । आईतबार पत्रकार सम्मेलन गरि घोषणा पत्र सार्वजनिक गरिएको संचारकर्मी मञ्जरी बलामीले जानकारी दिईन् । पत्रकार सम्मेलनमा बोल्दै क्षेत्र नं २ का प्रतिनिधिसभाका सदस्य सिहं बहादुर मोक्तानले आफुहरु कसैको बिरुद्धमा नभइ गलत […]

थाहा नगरमा १ सय ९४ जना भूकम्प प्रभावितलाई व्यवसायिक तालिम

-मञ्जरी बलामी थाहा नगर, २६ कात्तिक । नेपाल रेडक्रस सोसाइटी जिल्ला समन्वय समिति शाखा मकवानपुरद्धारा सञ्चालित भुकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत शंकतासनमा परेका मानिसहरुसँग सम्झौता कार्य भैरहेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला समन्वय समितिले थाहा नगरपालिकासँग समन्वय र सम्झौता गरि उक्त कार्यलाइ अगाडी बढाएको हो । समितिले दलित, एकल महिला, जनजाति, क्षेत्री, अपांगता भएकाहरु, भुकम्पबाट […]

कम्यूनिष्टहरुले शहिदको नाम बेचेको डिनाको आरोप

थाहानगर, २५ कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले मकवानपुरमा १५ बर्ष कम्यूनिष्टहरुले शहिदको नाम बेचेको आरोप लगाएका छन् । कम्यूनिष्टहरुले शहिदको नाम बेचेर विकासको ढोङ् रच्ने दिन गएको बताउदै लोकतन्त्र गुमे अधिनायकवादको सासन लागु हुने भन्दै वामगठबन्धनसंग लोकतान्त्रिक गठबन्धनले डराउनु नपर्र्ने समेत उनले दाबी गरिन् । मकवानपुरको थाहानगरपालिका […]

मकवानपुरको थाहा नगरपालिकामा कर्मचारी चाहियो – (हेर्नुहोस् विज्ञापन )

मकवानपुर, २३, कात्तिक । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा कर्मचारी आवश्यक परेको छ । नगरपालिकाको कार्यालयले आज २३ गते बिहीबार एक सूचना जारी गर्दै १५ दिनभित्र आवेदन गर्न भनेको छ । हेर्नुहोस् विज्ञापन

घरदैलो गर्दै नयाँ शक्ति नगर र गाउँमा, राजन मैनालीलाई टोलवासीले साथ दिने

मकवानपुर , २२ कात्तिक । नयाँ शक्ति पार्टी नेपालका उम्मेदवारहरु चुनावी अभियान लिएर मकवानपुरका विभिन्न स्थानहरुमा पुगेका छन् । नयाँ शक्तिका प्रदेशसभा क्षेत्र नम्बर १ को (ख) का उम्मेदवार राजन मैनालीले आफ्नै टोलमा आज भोट माग्न पुगेका छन् । उनले हेटौँडा नगरपालिकाको ४ नम्बर वडास्थित प्रजातान्त्रिक टोल र एकता टोलबाट घरदैलो सुरु गरेका हुन् । […]

थाहा नगरपालिका परिचय :

समावेश भएका साविक गा.वि.स. र न.पा.हरु : थाहा नगरपालिका, आग्रा, चित्लाङ र टिस्टुङ गा.वि.स. जनसंख्या : ४१६२३ क्षेत्रफल : १९१.१२ वर्ग  कि.मि. प्रस्तावित केन्द्र : साविक थाहा नगरपालिका कार्यालय वडा संख्या : १२ सिमाना : पूर्व : ईन्द्र सरोवर गाउँ पालिका र काठमाण्डौ जिल्ला पश्चिम : कैलाश गाउँ पालिका उत्तर : धादिङ र काठमाण्डौ जिल्ला दक्षिण : भीमफेदी, ईन्द्र सरोवर,कैलाश गाउँ पालिका […]