थाहा नगरपालिका

एभरेष्ट पानोरमा होटलमा मृत्यु भएका सबै पर्यटकको शव भारत पुग्यो

मकवानपुर, ९ माघ । थाहा नगरपालिका स्थित एभरेष्ट पानरोमा रिसोर्टमा मृत भेटिएका भारतीय पर्यटकहरुको शव आफन्तले बुझेर लगेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रमुख डीएसपी उमेश लम्सालका अनुसार, मृतकहरुको शव आफन्तले बुझेर भारत लगिसकेका छन् । बिहीबार दिउँसो मृतक ८ जना सबैको शव आफन्तले बुझेर हवाइजहाज मार्फत् भारत लगेको डीएसपी लम्सालले बताए । बुधबार […]

निसास्सिएर मृत्यु भएका आठ भारतीय पर्यटकको पोस्टमार्टम

मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ग्यासहिटरको प्रयोगले सुतेकै अवस्थामा निसास्सिएर मृत्यु भएका आठजना भारतीय पर्यटकको पोस्टमार्टम गरिएको छ । काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार दिउँसो पोस्टमार्टम गरिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख डिएसपी उमेश लम्सालले जानकारी दिए । उनका अनुसार पोस्टमार्टमको रिपोर्ट आउन केही दिन लाग्नेछ । आफन्तले शव बुझिसकेको र शव भारत पठाउने तयारी भइरहेको उनले […]

दामन घटनाः ‘सामान्य मापदण्डसमेत नभएको होटलमा बस्दा अकालमै ज्यान गयो’

काठमाडौं, ८ माघ । मनवानपुरको दामनस्थित एभरेस्ट पानोरामा रिसोर्टमा मंगलबार ज्यान गुमाउनेका आफन्तले होटलको लापरवाहीका कारण घटना भएको बताएका छन् । स्तरीय होटल खोज्ने क्रममा त्यहाँ पुगेको र सामान्य मापदण्डसमेत नभएको होटलमा बास बस्दा साथी तथा आफन्तको अकालमै ज्यान गएको छुट्टै कोठामा रहेका तिनका आफन्त राम कुमारले नयाँ पत्रिकालाई बताए । रामकुमारले होटलमा अत्यावश्यक सामान्य […]

दामन घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन

हेटौंडा, ८ माघ । मकवानपुरको उत्तरी क्षेत्र थाहानगरपालिकाको दामनमा मंगलबार भएको घटनाबारे बुझ्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । घटनाबारे स्थलगत अध्ययन गरी १५ दिनभित्र राय सुझावसहित प्रतिवेदन पेश गर्न छानबिन समिति गठन गरेको पर्यटन विभागले बुधबार जारी गरिएको सूचनामा भनिएको छ । समितिमा विभागको होटल शाखाका निर्देशक संयोजक, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय […]

मकवानपुर घुम्न आएका दुई परिवारले रिसोर्टको एउटै कोठामा ज्यान गुमाए

हेटौंडा, ७ माघ । आज मंगलबार मकवानपुरको पर्यटकीय क्षेत्र दामनस्थित एभरेष्ट पानरोमा रिसोर्टमा दुई भारतीय परिवारको ज्यान गएको छ । नेपाल घुमेर रामाइलो गर्न आएका भारतीय दुई परिवारले आफ्ना बालबच्चासहित मकवानपुरमा ज्यान गुमाए । दुवै परिवारका बाबु, आमा र छोराछोरीको मृत्यु भएको छ । नायर परिवारको ५ सदस्यले रिसोर्टको एउटा कोठामै ज्यान गुमाए । ३९ […]

‘रातभर हिटर बाल्दा’ दामनमा ८ जना भारतीय पर्यटकको मृत्यु

हेटौंडा, ७ माघ । चिसो कोठालाई तताउन रातभर हिटर बालेर सुतेपछि मकवानपुरमा आज मंगलबार ८ जना भारतीय पर्यटककको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भारतको केरलाबाट नेपाल घुम्न आएका १५ भारतीय पर्यटक मध्ये ८ जनाको मकवानपुरको पर्यटकीय क्षेत्र दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा मृत्यु भएको हो । भारतीय पर्यटकको टोली पोखरा हुँदै सोमबार बा […]

दामनको रिसोर्टमा मृत्यु भएका मध्ये चार बालबालिका

हेटौंडा, ७ माघ । दामनस्थित पानारोमा रिसोर्टमा बास बसेका १५ जना मध्ये ८ जना भारतीय नागरिकको मुत्यु भएको छ । नेपाल घुम्न आएका उनीहरु गएराती पानारोमा रिसोर्टमा बास बसेका थिए । मृत्यु भएका ८ जना मध्ये ४ जना बालबालिका रहेका छन् । मृत्यु हुनेमा ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव र ९ […]

दामनमा ८ जना भारतीयको मृत्यु भएको प्रहरीको पुष्टी, हेर्नुहोस् नामावली

हेटौंडा, ७ माघ । मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा रहेको होटल पानोरमा रिसोर्टमा गएरातती बास बसेका ८ जना भारतीय नागरिकको मृत्यु भएको छ । ८ जनाकै मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । हेर्नुहोस् नामावली (१) देश भारत केरला बस्ने बर्ष अं.३८ को रन्जित कप (२) ऐ.ऐ.बस्ने बर्ष अं.३४ की ईन्द्र (३) ऐ.ऐ.बस्ने बर्ष अं.३७ […]

मकवानपुरको रिसोर्टमा बास बसेका ८ जना भारतीय पर्यटकको मृत्यु

हेटौंडा, ७ माघ । मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा रहेको होटल पानोरमा रिसोर्टमा गएरातती बास बसेका ८ जना भारतीय नागरिकको मृत्यु भएको छ । ८ जनाकै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नेपाल घुम्न आएका १५ भारतीय पर्यटक मध्ये ८ जना रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए । एउटै कोठामा ८ जना सुतेका […]

पानोरमा रिसोर्टमा एक भारतीय मृत फेला

मकवानपुर, ७ माघ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा रहेको होटल पानोरमा रिसोर्टमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् । भारतबाट नेपाल घुम्न आएको १५ जनाको समूहमा सम्मिलित उनीहरु मध्ये ७ जना सुतेको कोठामा एक जना भारतीय नागरिक मृत भेटिएको खबर छ । प्रहरीले घट्नाको पुष्टी गर्न भने बाँकी छ । प्रहरी घटनास्थल […]

हिउँले सेताम्मे सिमभञ्ज्याङ (१३ तस्बिरमा हेर्नुहोस्)

हेटौंडा, २० पुस । मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्य उत्तरी क्षेत्रस्थित सिमभञ्ज्याङ र दामनमा हिमपात भएको छ । शनिवार बेलुका सिमभञ्ज्याङका डाँडा हिउँले सेताम्मे भएका छन् । सिमभञ्ज्याङका डाँडा हिउँले सेताम्मे हुँदा मनमोहक देखिएका छन् । उक्त क्षेत्रमा बेलुकादेखि परेको बाक्लो हिमपातले सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । सडक नै हिउँले सेताम्मे भएपछि सवारीसाधन चल्न सकेका […]

सिमभञ्ज्याङमा हिउँ पर्न सुरु

मकवानपुर, १८ पुस । आज विहानको मौसमी बदली भएसँगै मकवानपुको हेटौँडा लगायत विभिन्न स्थानमा हल्का सिमसिमे पानी परेको छ । सिमसिमे पानी परेसँगै मकवानपुरको थाहा नगरपालिकास्थित सिमभञ्ज्याङमा हिउँ पर्न सुरु भएको छ । मकवानपुरको पर्यटकीय गन्तव्यको रुपमा चर्चित सिमभञ्ज्याङमा सिमसिमे वर्षासँगै हिमपात सुरु भएको हो । सो स्थानमा हरेक वर्ष हिमपात भएको बेला आन्तरीक पर्यटकहरुको […]

नागढुङ्गाबाट पक्राउ परे मकवानपुरका खत्री

मकवानपुर, १७ पुस। काठमाडौँको नागढुङ्गाबाट पाँच किलो चरेससहित मकवानपुरका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ का ५९ वर्षीय भगवान खत्री रहेका छन् । उनलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चन्द्रगिरी नगरपालिका–२ नागढुङ्गाबाट चार किलो ८०० ग्राम चरेससहित बुधबार पक्राउ गरेको हो । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज […]

काँग्रेसद्वारा एक सय जना विद्यार्थीलाई न्यानो कपडा सहयोग

हेटौंडा, १४ पुस । नेपाली काँग्रेस हेटौंडा उपमहानगर समितिले थाहा नगरपालिकाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । काँग्रेस हेटौँडाले आईतबार एक कार्यक्रमबीच थाहा नगरपालिका वडा नम्बर २ मा रहेका घाटदेवी आधारभूत विद्यालयमा अध्ययनरत एक सय जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षता तथा […]

हेटौँडामा आजबाट बीपि कप सुरु, उद्घाटन खेलमा बकैया गापा र हेटौँडा– १ बिच प्रतिस्प्रधा हुने

मकवानपुर, १० पुस । मकवानपुरको हेटौँडा–४ हुप्राचौरमा आजबाट बीपी कप जिल्ला स्तरीय ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु हुदैछ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुन गइरहेको फुटबल प्रतियोगिताको बिहिबार (आज) बिहान ११:३० बजे उद्घाटन हुने आयोजकले जनाएको छ। आज हुने उद्घाटन खेलमा साविक विजेता बकैया गाउँपालिका र हेटौंडा– १ बिच प्रतिस्प्रधा हुने […]

जनयुद्वमा हराएका मकवानपुरका २५ जनाको खोजी जारी

हेटौंडा, ७ पुस । १० वर्षे जनयुद्वको क्रममा हराएका मकवानपुरका २५ जनाको हमलसम्म पत्ता लाग्न सकेको छैन् । २०५४ सालदेखी जनयुद्वको क्रममा विभिन्न समयमा जिल्लाका २५ जना बेपत्ता भएका थिए । बेपत्ता भएको दुई दशकभन्दा धेरै भैसक्दा पनि उनीहरुको पत्ता लाग्न नसकेको छानबिन आयोगले जनाएको छ । आयोगका अनुसार, उनीहरुको खोजी कार्य जारी रहेको छ […]

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घर निर्माण

हेटौँडा, ६ पुस । मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घरहरु निर्माण भएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यावस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयको आयोजनामा आईतबार (आज) हेटौंडामा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रमका यसबारेमा जानकारी दिइएको हो । जिल्लामा पहिचान भएका कुल लाभग्राही भुकम्प पीडित ३४ हजार ३ सय १९ परिवार मध्येमा […]

नेकपा मकवानपुरद्वारा जिम्मेवारी बाँडफाड

हेटौंडा, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको तेस्रो बैठकले पार्टीका नेताहरुको जिम्मेवारी बाँडफाड गरेको छ । बैठकले पार्टीे मकवानपुरको प्रतिनिधि सभा, प्रदेश सभाका निर्वाभन क्षेत्र, १० वटै स्थानीय तह, विभागिय जिम्मेवारी र संगठन तर्फको जिम्मेवारी समेत बाँडफाड गरेको सोमबार पत्रकार सम्मेलनमार्फत नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले जानकारी दिएकी हुन् । कार्यक्रममा नेकपाका केन्द्रीय […]

जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरका खनाल पक्राउ

मकवानपुर, २८ मंसिर । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मकवानपुरका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ वसेरी बस्ने ४२ वर्षीय रवि खनाल रहेका छन् । खनालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको […]

मकवानपुरका दुबै मृगौला पीडित गोपालीलाई सहयोग गर्न परिवारको आग्रह

मकवानपुर, २२ मंसिर । दुवै मृगौला पिडित मकवानपुरको थाहानगरपालिका बज्रबाराहीका सिमोन गोपालीको उपचारको लागि परिवारले सहयोगको लागि अपील गरेका छन् । थाहा नगरपालिका वडा नम्बर १ कुञ्छालका राज गोपालीले भाईको उपचारको लागि सहयोग मागेका हुन् । गोपालीको उपचारको लागि २५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अस्पतालले जनाएको छ । तर, परिवारको आर्थिक अवस्था कमजोर भएकोले […]