तु खबर कभरेज

पर्यटकको मन लोभ्याउने मकवानपुरका यी गन्तव्य

हेटौंडा, २४ फागुन । मकवानपुर देशकै प्रमुख पर्यटकीय क्षेत्र मध्ये एक हो । मकवानपुरमा उल्लेख्य संख्यामा आन्तरिक तथा बाह्य पर्यटकको आउने गरेका छन् । मकवानपुरको विशेष गरी उत्तरी क्षेत्र थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका आर्थिक गतिविधिको केन्द्र र पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । केन्द्रीय राजधानी काठमाडौंसँग नजिक भएकाले पनि मकवानपुरको उत्तरी क्षेत्रलाई […]

भीमफेदी–कुलेखानीको जोखिम सडक फराकिलो पारिँदै

हेटौंडा, २३ फागुन । हेटौंडा–कुलेखानी–काठमाडौं सडक खण्ड अन्तर्गत् भीमफेदी–कुलेखानी सडक खण्ड फराकिलो बनाउने काम तीव्र गतिमा भइरहेको छ । दुर्घटनाको अति नै जोखिमयुक्त भीमफेदी र कुलेखानी जोड्ने १६ किलोमिटर सडकलाई १ वर्षभित्र सम्पन्न गर्ने गरी सडक स्तरोन्नती गर्ने काम भइरहेको छ । यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशले प्रदेश राजधानी र केन्द्रीय राजधानी जोड्ने सबैभन्दा छोटो […]

अजिता हत्या प्रकरणः १ लाख धरौटी तिर्न नसक्दा एलिशा कारागार चलान

हेटौंडा, १९ फागुन । जिल्ला अदालत मकवानपुरले हेटौंडाकी तेस्रोलिङ्गी अजिता भुजेलको हत्या गरेको आरोपमा ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अजिता हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी हेटौंडा–११ बस्ने २१ वर्षीया एलिशा पाख्रिनलाई अदालतले १ लाख धरौटीमा लिइ रिहा गर्न आदेश दिएको छ । तर, एलिशाले १ लाख धरौटी तिर्न नसक्ने […]

हेटौंडा–काठमाडौं सुरुङमार्गमा जनताको लगानी जोखिममा, के गर्दैछ पूर्वाधार कम्पनी ?

हेटौंडा, १८ फागुन । काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग बन्ने खबर सुनेपछि मकवानपुरका जनताले समृद्धिको सपना देखेर शेयर लगानी गरे । सुरुङमार्ग निर्माता नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग निर्माण हुने विश्वस्त दिलाएर मकवानपुरबाट ३ करोड भन्दा बढी शेयर लगानी बापत रकम संकलन गर्यो । सुरुङमार्ग करिडरमा पर्ने मकवानपुर, ललितपुरको खोकना र काठमाडौंको चाल्नाखेल क्षेत्रका १२ सयभन्दा बढी स्थानीयले […]

साँझमा हेटौंडा वाह ! क्या सुन्दर

    हेटौंडा– ५ माछाप्लानमा साँझपख पुगेका थिए, फोटो पत्रकार छवि अनित्य । गर्मीको समयमा साँझपख उनले आफ्नो क्यामेरामा कैद गरेका केही सुन्दर तस्विरहरु यहाँ प्रस्तुत गरिएको छ । सं.

एम्बुलेन्सको पछिपछि मोटरसाइकलमा को – को थिए ?

मकवानपुर, २४ वैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुरले वैशाख २१ गते भारतीय एम्बुलेन्ससहित ६४ किलो लागू औषध गाँजा बरामद गरेको थियो । प्रहरी इन्सपेक्टर अरुण कुशुवाहको नेतृत्वमा खटिएको टोलीले रातोमाटे प्रहरी चेकपोष्टबाट विहान २ः५५ बजे बीआर ०५ पी ५६०५ नम्बरको सेतो भारतीय एम्बुलेन्ससहित लागू औषध गाँजा नियन्त्रणमा लिएको थियो । प्रहरीले यो घटनाबारे दुई दिनपछि […]

नाम र ठेगाना ढाँटेर नेपाली नागरिकता लिएको भन्दै ५ जना विरुद्ध उजुरी

मकवानपुर २२ वैशाख । नाम, ठेगाना ढाँटेर नेपाली नागरिकता लिने ५ जना विरुद्ध जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी परेको छ । भारतीय नागरिकहरुले आफ्नो नाम ठेगाना ढाँटी नेपाली नागरिकता लिएको भन्दै पर्सा जिल्ला बसडिल्ला वडा नम्बर ७ बस्ने उसमान अन्सारीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएका हुन् । भारत बिहार पूर्वी चम्पारण अञ्चल रामगढवा […]

एम्बुलेन्समा गाँजा बोक्ने तस्कर हेटौंडाबाट चप्पल फुकालेर भागेपछि…

मकवानपुर २१ वैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज विहान ९ पोका लागू औषध गाँजासहित भारतीय एम्बुलेन्स नियन्त्रणमा लिएको छ । यद्यपी गाँजा ओसारपसारमा संलग्नलाई भने प्रहरीले पक्राउ गर्न सकेन । प्रहरी स्रोतका अनुसार शनिवार बिहान मनहरीबाट हेटौँडा हुँदै भारततर्फ लागू औषध गाँजा तस्करी गरी लैजाँदै गरेको सूचना पाएपछि हेटौंडा १५ रातोमाटेमा इन्सपेक्टर अरुण कुशवाहको […]

हेटौंडाको सडक विस्तार, अब कसो होला ?

मकवानपुर, २० वैशाख । हेटौंडाको सडक विस्तारका योजना यतिकै थाती छ । आसपासका जिल्लामा समेत सडकको केन्द्रभागबाट दायाबाया २५/२५ मिटर विस्तार गरी सडक फराकिलो पार्ने काम भइरहँदा हेटौंडामा भने यसबारे छिनोफानो हुन सकेको छैन । २५/२५ मिटर सडक विस्तारको सम्बन्धमा पहिलेदेखिनै अन्यौल अवस्था थियो । अधिकांश नगरवासीहरु २५/२५ मिटर सडक विस्तार गरी हेटौंडालाई विकास गरिनुपर्ने […]

हेटौँडामा प्रश्नपत्र आउट प्रकरण – प्रहरी र परीक्षा केन्द्रको जुहारी

मकवानपुर २० चैत । प्रश्नपत्र आउट गरेको आशंकामा भीमफेदी गाउँपालिका वडा नम्बर ३ घर भएका कबीर बानियाँ हिजो बिहीवार पक्राउ परे । मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत उनलाई हिजो परीक्षा केन्द्र हेटौंडा क्याम्पसबाट प्रहरीले परीक्षा दिँदैगर्दा प्रश्नपत्र आउट गर्न खोजेको आशंकामा पक्राउ गरेको हो । पक्राउ परेका बानियाँलाई प्रहरीले सार्वजनिक मुद्दा लगाएको छ । बानियाँले किन […]

प्रश्नपत्र आउट गर्ने भीमफेदीका बानियाँलाई सार्वजनिक मुद्धा

मकवानपुर २० वैशाख । प्रश्नपत्र आउट गरेको भन्दै हिजो विहिबार हेटौंडा क्याम्पस परिक्षा केन्द्रबाट पक्राउ परेका भीमफेदी ३ घर भएका कबिर बाँनियालाई मकवानपुर प्रहरीले सार्वजनिक  मुद्धा लगाएको छ । बानियाँलाई सार्वजनिक मुद्धा लगाएर म्याद थप गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले तु खबरलाई जानकारी दिए । बानियाँ मकवानपुर बहुमुखी क्याम्पसका बिज्ञान संकायमा अध्ययनरत […]

मेयर महतको योजना विरुद्ध बोलिन् विष्णु ओझा, दिइन् पछुताउनुपर्ने चेतावनी

मकवानपुर, २० वैशाख । समावेशी आयोगकी सदस्य बिष्णु ओझाले हेटौंडाको हुप्राचौरमा सटर र प्याराफिट बनाउने कुराले दुखी भएको बताएकी छिन् । समाजिक सञ्जाल फेसबुकमार्फत् उनले बुहचर्चित हुप्रा प्रकरणमा आफ्नो धारणा राखेकी हुन् । ‘खुला चौरमा सटर हाल्ने कुरा उठ्नै हुँदैनथ्यो, यो अधिकांश जनताको भावना विपरित छ, उनले भनेकी छिन् । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले […]

निर्धक्क भएर खानुस् कुखुराको मासु र अण्डा: चिकित्सक

बर्डफ्लूका कारण एक युवकको ज्यान गएपछि अण्डा र कुखुराको मासु खान हिचकिचाएका उपभोक्ताहरुलाई चिकित्सकले डराउन नपर्ने सुझाब दिएका छन्। मासु र अण्डा राम्रोसँग पकाएर खाएमा रोग लाग्ने सम्भावना नहुने चिकित्सकको भनाई छ। कुखुराको अण्डा र मासु पकाउँदा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्ने चिकित्सकहरु बताउछन। स्वास्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. […]