बकैया गाउँपालिका

बकैया गाउँपालिकाको बजेट ५० करोड

मकवानपुर, ३२ साउन । मकवानपुरको बकैया गाउँपालिकाले करिब ५० करोड बजेट विनियोजन गरेको छ । आईतबार भएको तेस्रो गाउँ सभा मार्फत बजेट पारित गरिएको हो । गाउँपालिका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा भएको सभामा आगामी आर्थिक विकास आयोजनामा पर्ने कृषि,पशु, सहकारी, पर्यटनमा १ करोड, ५६ लाख ४६ हजार रकम विनियोजन गरिएको छ । सामाजिक विकास आयोजना […]

मकवानपुरको बकैयामा ट्याक्टर सडकबाट १ सय मिटर तल खस्यो

मकवानपुर ३० असार । मकवानपुरको बकैया गाउँपालिकामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका ७ निवासी अक्कलबहादुर मोक्तानको दुर्घटनामा मृत्यू भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ना ६ त ७३५७ नम्बरको ट्याक्टर बिहान हेटौंडा तर्फ आउँदै गर्दा ट्याक्टर सडकबाट १ सय मिटर तल खसेको थियो । दुर्घटनापछि ट्याक्टरका […]

छतिवनका लामिछाने ११ वर्षपछि जेल चलान

मकवानपुर, १८ असार । मकवानपुरको साविक छतिवन गाउँ विकास समिति वडा नम्बर ४ हात्तिखोला बस्ने सिताराम लामिछाने फरार भएको ११ वर्षपछि भिमफेदी जेल चलान भएका छन् । जिल्ला अदालत मकवानपुरको वि.सं. २०६४ पुस १ गतेको फैसलाले वन मुद्दामा ३ महिना कैद सजाय तोकी फरार रहेका लामिछानेलाई यही असार १४ गते बाराको निजगढबाट पक्राउ गरी जिल्ला […]

खाडि र मलेसिया जाने नेपालीले डाउनलोड गर्नैपर्ने एप ‘प्रवासीको साथ’, यस्ता छन् विशेषता

मकवानपुर ०६ असार । रोजागारीको सिलसिलामा खाडि मुलुक र मलेसियामा जाने नेपालीहरुको लागि ‘प्रवासीको साथ’ नामक मोवाईल एप्लिकेशन अहिले निकै नै प्रभावकारी बन्दै गएको छ । रोगजारीको लागि विदेश जानु अघि के कस्ता तयारीहरु गर्ने, प्रस्थान गर्नुअधि के गर्ने अनि विदेशमा रहँदाको अवस्थामा हरहिसाव राख्न सहज पार्नेे यो एप्लिकेशनले हाल रोजगारीमा जान चाहाने युवाहरुको मन […]

भिरकोटमा जनक माविको अभिभावक भेला सम्पन्न, संचारकर्मी यादव चौँलागाईलाई सम्मान

मकवानपुर, ०३ असार । मकवानपुरको पुर्वी क्षेत्रको बकैया गाउँपालिका वडा नम्बर ४ भिरकोटमा अवस्थित जनक माध्यमिक विद्यालय भिरकोटको १३ औँ अभिभावक भेला सम्पन्न भएको छ । भेलामा विभिन्न व्यक्ति तथा समूहलाई पुरस्कार तथा सम्मान समेत प्रदान गरिएको छ । बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले उद्घाटन गरेको भेलामा बिध्यालयको गुणस्तर तथा ग्रामिण तहका विद्यालयको सुधारको विषयमा […]

घरेलु मदिरासहित हेटौँडाबाट ३ जना नियन्त्रण

मकवानपुर, ०२ असार । अवैध घरेलु मदिरासहित मकवानपुर प्रहरीले शनिबार बिहान ३ जनालाई हेटौँडाबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको प्रहरी टोलीले हेटौँडा ५ बाट मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ बस्ने ४० वर्षीया कान्छी मोक्तान सोही स्थानका २५ वर्षीया बन्दना तामाङ र बसका सहचालक २४ वर्षीय ज्ञानेन्द्र दोङलाई नियन्त्रणमा लिएको हो […]

चुरे संरक्षणका लागि बकैयामा समिक्षा गोष्ठी

मकवानपुर, ०१ असार । चुरे संरक्षणका विविध विषयमा मकवानपुरको बकैया गाउँपालिकामा सरोकारवालाबिच समिक्षा गोष्ठी बिहीबार भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालको प्रमुख आतिथ्यतामा चुरे संरक्षणका लागि बकैया नदी परिचालन कार्यक्रमको समिक्षा गोष्ठी भएको हो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिसहित सरोकारवालाको सहभागिता रहेको थियो । बाल तथा महिला सेवा केन्द्र बाराको आयोजनामा […]

मकवानपुर प्रहरीमाथि जनताको आक्रोश–‘हाम्रो रगत, पसिना नष्ट गरेर के पायौ ?’

मकवानपुर, ३० जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा नयाँ प्रहरी प्रमुखका रुपमा एसपी लोकेन्द्र श्रेष्ठको आगमन भएसँगै मकवानपुरे जनताको आक्रोश बढ्दै गएको छ । तुलनात्मक रुपमा केही सही काम गरेको भए पनि उनको टोलीले जानकारी र सूचना नै नदिई मकवानपुरे जनताले नजानीकन गरेको गल्तीमा समेत सच्चिने मौका नदिएको आरोप लागेको छ । एसपी श्रेष्ठले लागुऔषध […]

बकैयामा जनप्रतिनिधिलाई नेकपाको कडा चुनौति, यस्तो गरियो माग

मकवानपुर, ३० जेठ । जनप्रतिनिधिहरु भ्रष्टाचारी र कमिसनखोरी जनप्रतिनिधिलाई खारेज गर्दै जनसत्ता संचालनमा रहेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले बकैया गाउँपालिकामा विभिन्न माग सहित ज्ञापनपत्र बुझाएको छ । नेकपाका बकैया इन्चार्ज प्रल्हादले बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाललाई बुधबार पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा जनप्रतिनिधिले विलासीता तथा सेवा सुविधाको लागि […]

चट्याङपछि आगलागी हुँदा बकैयामा घर जल्यो

मकवानपुर, २९ जेठ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ च्याउँच्याउँमा चट्याङपछि आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । उक्त स्थानका स्थानीय शुक्रबहादुर घलानको घर चट्याङपछि आगलागी हुँदा जलेर नष्ट भएको वडा अध्यक्ष टंकध्वज लोप्चनले जानकारी दिए । मंगलबार बिहान १ बजेतिर परेको चट्याङबाट आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा गरी करिब ८ […]

गाँजा र १ नाल भरुवा बन्दुक सहित ज्यामिरेबाट एक जना पक्राउ

मकवानपुर, २७ जेठ । बिशेष सुचनाको आधारमा प्रहरी चौकी हटियाबाट प्रहरी सहायक निरिक्षक हिरा लाल श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुरको बकैयाबाट आईतबार बिहान १ जनालाई नियन्त्रणमा लिएको छ । बकैया गाउँपालिका वडा नम्बर ६ स्थित ज्यामिरेमा बस्ने ४० वर्षीय सन्त जिम्बाको घर खानतलासी गर्दा प्लास्टीकको २ वटा बोरामा लुकाई छिपाई राखेको २९ केजी २०० […]

मकवानपुरमा चट्याङले लियो २ जनाको ज्यान

मकवानपुर, २३ जेठ । मंगलबार राति परेको चट्याङले मकवानपुरमा दुई जनाको ज्यान लिएको छ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ च्याउँच्याउँमा चट्याङको कारण एक नाबालक सहित दुईजनाको ज्यान गएको हो । चट्याङमा परि ५५ वर्षकी छलीमाया थिङ र १५ महिनाको देब थिङको ज्यान गएको हो । चट्याङमा परी बिमला ब्लोन , निमेष ब्लोन, […]

कम्युनिष्ट शासनमा समृद्धि आउनै नसक्ने बानियाँको दावी

मकवानपुर । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कम्युनिष्ट शासनमा समृद्धि आउन नसक्ने दावी गरेका छन् । फापरवारी गाउँपालिका ७ नम्बर वडा भेलामा बोल्दै उनले बढी कुरा गर्ने र काम कम गर्ने कम्युनिष्टहरुको शासनकालमा मा देशमा समृद्धि आउन नसक्ने दावी गरेका हुन् । उनले कांग्रेसले विगतमा गरेको बाचा पुरा गरेको भन्दै […]

मकवानपुरका लागि २ अर्ब ८५ करोड बजेट बिनियोजन, इन्द्रसरोवर गाउँपालिकालाई सबैभन्दा कम बजेट , कुन स्थानीय तहलाई कति ? (पूर्ण विवरण)

हेटौँडा, १७ जेठ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७५–०७६ मा मकवानपुरका लागि २ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । हेटौँडाबाट प्रकाशित आजको ‘हेटौँडा सन्देश दैनिक’ मा यो समाचार प्रकाशन गरिएको छ । सरकारले मंगलबार बजेट भाषणमार्फत् मकवानपुरका १० वटै स्थानीय तहका लागि २ अर्ब ८५ करोड ९७ लाख बजेट […]

केन्द्र सरकारको बजेटमा परेन हेटौंडा काठमाडौँ सुरुङमार्ग

मकवानपुर । केन्द्रीय सरकारले आज ल्याएको बजेटमा विभिन्न स्थानमा ७ वटा सुरुङमार्ग बनाउने घोषणा गरेको छ । तर, दूर्भाग्य त्यसमा हेटौंडा काठमाडौँ सुरुङमार्ग परेन । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा अन्य ठाउँमा सुरुङमार्ग बनाउने घोषणा भएको छ । हेटौंडा काठमाडौँ सुरुङमार्ग बनाउने घोषणा भएन । सरकारले नागढुङ्गा नौबिसे, बीपी राजमार्गको खुर्कोट चियाबारी, सिद्धार्थ […]

धियाँलबाट भरुवा बन्दुक बाबुछोरा पक्राउ

मकवानपुर, १४ जेठ । अवैध भरुवा बन्दुकसहित मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ धियाँलबाट २ जना पक्राउ परेका छन् । प्रहरीले बकैया १ बस्ने ५० वर्षीय कलबहादुर घलान र १७ वर्षीय टेकबहादुर घलानालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय फापरबारी तथा प्रहरी चौकी हात्तिसुडेबाट खटिएको संयुक्त प्रहरी टोलीले बिष्फोटक पदार्थ लोड गरी पड्काउन तयारी […]

सन्तान गुमाउनुको पिडालाई भुल्दै स्वर्गीय छोरीको स्मृतिमा उत्कृष्ट विद्यार्थी पुरस्कार कोष स्थापना

–चन्द्र घलान मकवानपुर, ७ जेठ । हरेक आमाबुवाका लागि आफ्नो सन्तान गुमाउनुको पिडा असह्य र अकल्पनीय हुन्छ । करिब दश महिना कोखमा अनि काखमा राखी हुर्काइएको सन्तानले आफ्नै आँखा अगाडि प्राण त्याग्दाको त्यो हृदय विदारक क्षणलाई कुनै पनि आमाबुवाले जीवनभर भुल्न सक्दैनन् । कति आमाबुवा सन्तानलाई गुमाउनुको पिडामा नै जीवनलाई नयाँ मोड दिन असमर्थ हुन्छन् […]

मकवानपुरबाट ३ सय लिटर घरेलु मदिरा र ठूलो परिमाणमा कच्चा पदार्थ जफत

हेटौँडा, ३ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको मातहतका कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले जेठ २ र ३ गते दुई दिनमा मकवानपुरका विभिन्न स्थानहरुबाट करिब ३ सय लिटर घरेलु मदिरा जफत गरेको छ । साथै ती अबैध घरेलु मदिरालाई सम्बन्धित कार्यालयतर्फ कारबाहीको लागी पठाउने कार्य भइरहेको बताइएको छ । जेठ २ गते ईलाका प्रहरी कार्यालय नेवारपानीबाट […]

भरुवा बन्दुक र गाँजासहित मकवानपुरको बकैयाबाट २ जना पक्राउ

मकवानपुर, २३ बैशाख । ईलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोलीले शनिबार भरुवा बन्दुक र अवैध लागुऔँषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बकैया गाउँपालिका वडा नम्बर ११ मोरंगे बस्ने बर्ष ३० को झलकमान न्यासुर र विजय योञ्जनलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये न्यासुरको गोठबाट लुकाई छिपाई राखेको भरुवा बन्दुक नाल […]

मकवानपुरमा चट्याङ लाग्दा दुई जना घाईते

मकवानपुर, १६ बैशाख । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ हर्कपुरमा आइतबार चट्याङ लागेर २ जना घाईते भएका छन् । हर्कपुरका २७ वर्षिय कैलाश भोम्जन र १९ वर्षिय सुकराम थोकर चट्याङले लागेर घाईते भएका हुन् । घाईतेहरुको शिखरपुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।