बकैया गाउँपालिका

मकवानपुरमा २० वटा योजना निमार्णका लागि १५ करोड

हेटौंडा । मकवानपुर जिल्लाको विकासका लागि केही दिन अगाडी मात्र १५ करोड २७ लाख रुपैयाँको २० वटा योजना निर्माण गर्ने गरी बजेट छुट्टीएको छ । जिल्लामा सडक निर्माण, खानेपानी, विद्यालय लगायतका विकासका काममा संघीय सरकारले व्बजेट निकासा गर्न लागेको हो । अतिरिक्त बजेट अन्तरगत संघीय सरकारले यो बजेट पठाउन लागेको हो । बजेट भाषणामा राखिएका […]

नेकपा मकवानपुरद्वारा जिम्मेवारी बाँडफाड

हेटौंडा, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको तेस्रो बैठकले पार्टीका नेताहरुको जिम्मेवारी बाँडफाड गरेको छ । बैठकले पार्टीे मकवानपुरको प्रतिनिधि सभा, प्रदेश सभाका निर्वाभन क्षेत्र, १० वटै स्थानीय तह, विभागिय जिम्मेवारी र संगठन तर्फको जिम्मेवारी समेत बाँडफाड गरेको सोमबार पत्रकार सम्मेलनमार्फत नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले जानकारी दिएकी हुन् । कार्यक्रममा नेकपाका केन्द्रीय […]

मकवानपुरको बकैयामा जनप्रतिनिधि महिला र पत्रकार महिलाबीच अन्तरक्रिया

मकवानपुर, २२ मंसिर । बकैया गाउँपालिकाका महिला जनप्रतिनिधि र महिला पत्रकारबीच आईतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बकैया गाउँपालिकाले आयोजना गरेको लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत बकैया गाउपालिकाका महिला जनप्रतिनिधि र महिला पत्रकारबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रम बकैया गाउँपालिका उपाध्यक्ष सरला वोलखेको सभाध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नेकपा […]

काँग्रेस मकवानपुरको प्रतिनिधि, प्रदेशसभा र स्थानीय तहको सभापति चयन, हेटौँडामा पराजुली

मकवानपुर, ५ मंसिर । नेपाली काँग्रेस मकवानपुरको दुई प्रतिनिधिसभा, चार प्रदेशसभा र ५ वटा स्थानीय तहको सभापति चयन गरिएको छ । समायोजनसँगै नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल र २ नम्बर क्षेत्रीय सभापतिमा यतिराज सापकोटा चयन भएका छन् । त्यसैगरी क्षेत्र नम्बर १ को प्रदेशसभा क मा डिल्लीप्रसाद घोरासैनी, क्षेत्र नम्बर […]

बकैयाका १ सय ५५ जना नेकपामा प्रवेश

मकवानपुर, ५ मंसिर । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ६ का १ सय ५५ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । बुधबार एक कार्यक्रमबीच कांग्रेस तथा राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी १ सय ५५ जना नेकपामा प्रवेश गरेको नेकपा बकैयाकी कार्यालय सदस्य तथा बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखेले जानकारी दिईन् । नेकपा […]

बकैया आँखा शिविर : पहिलो दिन १ सय ७२ जनाले लिए सेवा

मकवानपुर, ४ मंसिर । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा निःशुल्क आँखा शिविर सुरु भएको छ । मंगलबारबाट सुरु भएको निःशुल्क आँखा शिविरको पहिलो दिन १ सय ७२ जनाले आँखा परीक्षण गारएका छन् । बकैया गाउँपालिका वडा नं. ४ र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमान्डौको आयोजनामा सञ्चालित उक्त शिविरमा बिहिबार […]

मकवानपुरको बकैयामा सवारी दुर्घटना हुँदा २ जना घाइते

मकवानपुर, ३ मंसिर । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ र हेटौंडा उपमहानगरपालिका वडा नं. १८ को बिचमा पर्ने फुर्केचौर जगंलमा सवारी दुर्घटना हुदाँ दुई जना घाईत भएका छन् । घाईते हुनेहरुमा काठमाडौ १४ कलंकी बस्ने ४८ वर्षका कमल थापा र किर्तिपुर २ बस्ने ४१ वर्षका बलराम ढकाल रहेका छन् । फुर्केचौरबाट ठुलोदमार आउँदै गरेको […]

बकैयाको एक घरमा आगलागी हुँदा ५० हजार बराबरको धनमाल जलेर नष्ट

मकवानपुर, २ मंसिर । मकवानपुरको बकैया गाउँपालिका– १२, धत्रेमा गएराति एक घरमा आगलागी हुँदा ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय राजकुमार जिम्बाको घरमा आगलागी हुँदा उक्त धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार, जिम्बाका ५ वर्षका छोरा बिनोदले घरमा आगो खेलाउँदा अचानक आगो सल्किँएर […]

मकवानपुरको बकैयाँमा निःशुल्क आँखा शिविर हुने

मकवानपुर, १ मंसिर । मकवानपुरको बकैयाँ गाउँपालिका वडा नं. ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा निःशुल्क आँखा शिविर हुने भएको छ । स्वास्थ्य केन्द्र छतिवनमा आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म निः शुल्क आँखा शिविर हुने भएको हो । बकैया गाउँपालिका वडा नंबर ४ र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमान्डौको आयोजनामा आँखा शिविर हुन लागेको […]

घर भत्काउने क्रममा पर्खाल भत्किएर पुरिँदा मकवानपुरका मोक्तानको मृत्यु

मकवानपुर, ३० कात्तिक । घर भत्काउने क्रममा पर्खाल भत्किएर पुरिदा मकवानपुरका एक जनाको मृत्यु भएको छ । मकवानपुरको बकैयाँ गाउँपालिका वडा नं. ३ जलजलेमा घर भत्काउने क्रममा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा बकैंया गाउँपालीका–३ चिसापानिका २७ बर्षीय बुद्ध लामा मोक्तान रहेको प्रहरीले जनाएको छ । बकैया गाउपालिका–३ जलजलेमा स्थानिय शान्ति लामाको घर भत्काउने […]

विभिन्न पार्टी परित्याग गरी नेकपामा ९२ जना प्रवेश

मकवानपुर, ३० कात्तिक । पुर्वी मकवानपुरको बकैयामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभिन्न पार्टी परित्याग गरी ९२ जनाले प्रवेश गरेका छन् । नेकपा बकैया गाउँकमिटिको आयोजनामा शुक्रबार भएको वडा नं. ७ को वडा कमिटि गठन कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै ९२ जना नेकपामा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्दै उनीहरुले केही परिबन्ध र परिघटनाले […]

प्रदेश–३ : मकवानपुरको धियाँलमा यूरेनियमको सम्भाव्यता अध्ययन गर्ने

हेटौंडा, २० कात्तिक । प्रदेश नं. ३ सरकारले मकवानपुरको बकैया गाउँपालिका वडा नं. २ धियाँलस्थित रहेको यूरेनियमको सम्भाव्यता अध्ययन गर्ने भएको छ । सो यूरेनियम खानीको उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालयले सम्भाव्यता अध्ययन गर्ने भएको हो । यूरेनियमको सम्भाव्यता अध्ययन गर्नका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट समेत छुट्याइएको प्रदेशको उद्योग, पर्यटन, […]

मकवानपुरमा डेंगु रोगको प्रभाब बढ्दै

हेटौँडा, ८ कात्तिक । मकवानपुर जिल्लामा अहिले जाडोको मौसम सुरुवात भएपनि डेंगु रोगका बिरामीको संख्या बढ्दै गएको छ । मकवानपुरमा आज (शुक्रबार) अपराह्न सम्ममा २ हजार १ सय ४५ जना डेंगु रोगीका बिरामीहरुको पहिचान भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्लाको सिमानामा पर्ने प्रदेश नं. २ बारा जिल्लाको अमलेखगञ्जबाट डेंगु रोगबाट प्रभाबित भई […]

मकवानपुरमा मोटरसाईकलको ठक्करबाट पैदलयात्री ल्होेको मृत्यु

मकवानपुर, ६ कात्तिक । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ तामारखोलामा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बिहान हात्तीसुडेबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ प ६२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही गाउँपालिका वडा नम्वर ७ बस्ने अन्दाजी ५५ बर्षीय कृष्णबहादुर ल्होको मृत्यु भएको हो । मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते भएका ल्होको […]

पहिचान स्थापित गर्न खेलकुद महत्वपुर्ण माध्यम हो : मुख्यमन्त्री पौडेल

मकवानपुर, २ कात्तिक । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेलले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न खेलकुद महत्वपुर्ण माध्यम भएको बताएका छन् । शुक्रबार मकवानपुरको बकैया गाउँपालिकामा शुरु भएको पहिलो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता–२०७६ को उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् । उनेले खेलले एकता र अनुशासनको सन्देश दिनुका साथै […]

मकवानपुरको बकैयामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

मकवानपुर, ३० असोज । मकवानपुरको बकैया गाउँपालिका–३, जलजलेमा गएराति धारिलो हतियार प्रहर गरी एक जनाको हत्या गरिएको छ । बकैया गाउँपालिका ३ जलजलेस्थित ‌घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लोलाई स्थानीय ५० बर्षीय सुक बहादुर पाख्रिननले धारिलो हतियार प्रहार गरेका थिए । धारिलो हतियारबाट गम्भीर घाईते भएका लोको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले […]

मकवानपुर जिल्लामा डेंगु रोगको प्रभाब घट्दै

मकवानपुर, २४ असोज । मकवानपुर जिल्लाको केही गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपनगरपालिका क्षेत्रमा अहिले डेंगु रोगको प्रभाब घट्दै गएको छ । मकवानपुरको मनहरी, भीमफेदी, बकैयाँ, बाग्मती, राक्सिराङ गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपनगरपालिकाको विभिन्न वडामा डेंगु रोगको प्रभाब घट्दै गएको हो । गत साउनको पहिलो हप्तादेखि यही असोजको २३ गतेको अपराह्नसम्ममा एक हजार ६ सय जना […]

बडादशैंको अवसरमा बकैया गापामा काँग्रेसको शुभकामना तथा चियापान

मकवानपुर, १४ असोज । नेपालीहरुको महान चाड बडादशैको अवसरमा मंगलबार मकवानपुरको बकैया गाउँपालिका २ काँग्रेसले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । कार्यक्रम काँग्रेस बकैया २ का वडासभापति अर्थमान पाख्रिनको सभाध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा भएको हो । कार्यक्रममा कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, शेरबहादुर लामा, जिल्ला सदस्य […]

मकवानपुरमा डेंगु रोगका बिरामी दिन प्रतिदिन बढ्दै, बिरामीको संख्या १ हजार चार सय पुग्यो

हेटौँडा, १२ असोज । मकवानपुर जिल्लाको केही गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपनगरपालिकाको विभिन्न वडामा डेंगु रोगलाई नियन्त्रण गर्ने प्रयास भइरहेको पनि डेंगु रोगको बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । मकवानपुर जिल्लामा आज (आईतबार) अपराह्नसम्ममा १ हजार चार सय जना डेंगु रोगका बिरामीहरुको पहिचान भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । ती डेंगु रोगका […]

मकवानपुरमा सवारी दुर्घटना, मोटरसाईकल चालकसहित दुई जना घाईते

मकवानपुर, ६ असोज । मकवानपुरको बकैया गाउँपालिका–३ हात्तीसुडेमा आज (सोमबार) मोटरसाईकल दुर्घटना भएको छ । दुर्घटनामा परी मोटरसाईकल चालक बकैया गाउँपालिका–३ बस्ने २३ वर्षीय दिपेश विक र मोटरसाईकल सवार २२ वर्षीय रावल विक घाईते भएका छन् । तिव्र गतिमा रहेको ना ३२ प १४२४ नम्बरको मोटरसाईकल बकैया पुलमा ठोक्किएर दुर्घटना हुँदा उनीहरु घाईते भएको जिल्ला […]