बकैया गाउँपालिका

नदी उकास जमिन पर्यटकीय थलो

हेटौंडा, १९ फागुन । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ सुधा र जुनेली बस्तीबीचको बगर अहिले जिल्लाको पूर्वी भेगको पर्यटकीय क्षेत्रका रूपमा पहिचान बन्दै गएको छ । चुरे राष्ट्रपति संरक्षण कार्यक्रमअन्तर्गत सुकौरा खोला नियन्त्रण गर्न साढे एक किलोमिटर लम्बाइ र ६ मिटर उचाइको तटबन्धन निर्माण गरेपछि सुधा र जुनेली बस्तीबीचको जमिन अहिले पर्यटकलाई आकर्षण गर्न सफल […]

फागुन २० गते सार्वजनिक विदा

हेटौंडा, १९ फागुन । मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिकाले २० फागुन अर्थात भोली मंगलबार सार्वजनिक बिदा दिएको छ । १५ फागुनमा बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । माझी समुदायको लदी पर्व (कोशी पूजा)को अबसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । गाउँपालिकाले सूचना प्रकाशन गरि लदी पर्वको अबसरमा सबैलाई […]

मकवानपुरमा बकैया साहित्य महोत्सव सुरु

हेटौंडा, १७ फागुन । मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिकामा बकैया साहित्य महोत्सव सुरु भएको छ । आज शनिवारदेखि सुरु महोत्सवमा छन्द कविता प्रशिक्षण, भित्तेपत्रिका लेखन तथा अन्तरक्रिया भएको छ । महोत्सवको पहिलो सत्रमा गाउँपालिका अन्तर्गतका सम्पूर्ण माध्यमिक तथा आधारभूत विद्यालयका १५ जना नेपाली विषय शिक्षकहरुलाई छन्द कविता प्रशिक्षण दिइएको छ । प्रशिक्षणको सहजीकरण प्रगतिशील लेखक […]

मकवानपुरमा भेटियो कुहिएको शव, घटनास्थलमा यस्तो देखियो

हेटौंडा १४ फागुन । मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिका–६ भालुखोला सामुदायिक वनमा एक व्यक्तिको कुहिएको शव फेला परेको छ । करिब २० दिन अगाडिको शव रहेको घटना स्थल पुगेको प्रहरी टोलीले जानकारी दिएको छ । शवको निरीक्षण गरेको प्रहरी टोलीले शवको पहिचान हुन नसकेको बताइएको छ । स्थानीयनले शव फेला परेपछि जिल्ला प्रहरी कार्यालयलाई खबर […]

मकवानपुरमा महिलाको शव फेला

हेटौंडा १४ फागुन । मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिकाको धियालमा महिलाको शव फेला परेको छ । स्थानीयनले शव फेला परेपछि जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए । प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटना स्थल पुग्न लागेको छ । तु खबरसँग कुरा गर्दै प्रहरी निरीक्षक श्रेष्ठले घटनास्थल पुग्न लागिएको बताउनु भयो । उहाँले घटना […]

काँग्रेस बकैया ५ को वडा सभापतिमा तिमल्सिना

मकवानपुर, ११ फागुन । नेपाली काँग्रेस बकैयाँ गाउँपालिका ५ नम्बर वडा सभापतिमा मिरा बञ्जरा तिमल्सिना चयन हुनुभएको छ । शनिबार भएको वडा भेलाले तिमल्सिनाको सभापतित्वमा १९ सदस्यीय वडा कार्यसमिति चयन गरिएको हो । समितिको उपसभापतिमा राजकुमार वाईबा, सचिवमा अमृत थिङ, सहसचिवमा कमान सिं माझी, सदस्यहरुमा क्रमशः सुर्यबहादुर घिसिङ, कृष्णबहादुर घलान, विरबहादुर भोलनलगायत १९ सदस्यीय ५ […]

मकवानपुरमा एक सातामै रोकियो आठ जोडीको बालविवाह

हेटौंडा, ९ फागुन । मकवानपुरमा एक साताको अवधिमा आठ जोडीको बालविवाह रोकिएको छ । जिल्लाको भीमफेदी, बकैयाँ, मकवानपुरगढी र हेटौंडा उपमहानगरपालिकामा गरी आठ जोडीको बालविवाह रोकिएको हो । भीमफेदी गाउँपालिकाका ५ जना बालिका/२ जना बालक/२ जना युवक गरी ९ जना, बकैया गाउँपालिकाका १ जना बालिका/१ जना बालक/१ जना युवक गरी ३ जना, मकवानपुरगढी गाउँपालिकाका १ […]

मकवानपुरको ‘बकैया साहित्य महोत्सव’मा ७ जनालाई सम्मान गरिँदै

हेटौंडा, २५ माघ । मकवानपुरको बकैया गाउँपालिकामा बकैया साहित्य महोत्सव–२०७६ हुने भएको छ । झरना साहित्यीक परिवार मकवानपुरको २७ औँ वार्षिकोत्सवको अवसरमा आगामी फागुन १६ र १७ गते महोत्सव आयोजना गर्ने निर्णय भएको झरना साहित्यीक परिवार मकवानपुरका अध्यक्ष दिपक गौतमले जानकारी दिए । महोत्सव अन्तर्गत छन्द कविता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम हुने बताइएको छ । […]

मकवानपुरकी एक महिलाले स्वास्थ्य शिविरमै जन्माइन् बच्चा

हेटौंडा, १३ माघ । मकवानपुरकी एक महिलाले स्वास्थ्य शिविरमै बच्चा जन्माएकी छन् । बकैयाँ गाउँपालिका वडा नं. १ महादेवडाँडाकी एक महिलाले सामुदायिक स्वास्थ्य एकाईमा आयोजित शिविरमा बच्चा जन्माएकी हुन् । शनिबार स्वास्थ्य शिविरका लागि डा. रामकाजी महर्जनसहित स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेको थियो । सोही क्रममा ती महिलाले बच्चा जन्माएकी हुन् । उक्त क्षेत्रमा स्वास्थ्य केन्द्र […]

मकवानपुरको धियालमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौंडा, ९ माघ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर २ धियालमा बिहिबार बिहान ट्रयाक्टर दुर्घटना भएको छ । धियालमा ना ६ त ६१८३ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो । सो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक बाराको निजगढ नगरपालिका वडा नम्बर ३ का ३४ […]

मकवानपुरमा बालिकाकै सूचनाले रोकियो बालविवाह

हेटौंडा, २ माघ । मकवानपुरको बकैया गाउँपालिकामा २ वटा बालविवाह हुनबाट रोकिएको छ । सिबिन बालहेल्पलाइनको पहलमा वडा कार्यालय र हात्तिसुढे प्रहरी चौकीको सहयोगमा बालविवाह रोकिएको हो । बकैया–७ मा १७ वर्षीय बालक र १६ वर्षीया बालिकाको विवाह गर्न लागिएको सूचना आएपछि गैरकानुनी विवाह हुनबाट रोकिएको हो । २० वर्ष भन्दा कम उमेरमा हुने विवाहलाई […]

खोलामा माछा नहुँदा मकवानपुरका माझीको माघेसंक्रान्ति रोकियो

हेटौंडा, १ माघ । खोलामा माछा नभएकाले मकवानपुरका माझी समुदायको दुवाली छेकेर माघेसंक्रान्ति मनाउने चलन यो वर्ष रोकिएको छ । माझी समुदाय बसोबास गर्ने क्षेत्रको सिमात र बकैया खोलामा माछा नभएकाले दुवाली छेकेर माघेसंक्रान्ति मनाउने परम्परा रोकिएको हो । ‘पहिले पहिले खोलामा करेन्ट र विष हालेर माछा मारिन्थ्यो,’ बकैया गाउँपालिका ६ जुइनाका कृष्ण माझीले भने, […]

बकैयामा प्रमुख सूचना आयुक्तले भने – सूचनाको हक कार्यान्वयन गर्न स्थानीय सरकार प्रतिवद्ध हुनुपर्छ

मकवानपुर, १९ पुस । प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हकको कार्यान्वयनका लागि स्थानीय सरकार प्रतिवद्ध हुनुपर्ने बताएका छन् । लोकतन्त्रको मेरुदंड नै नागरिकको सूचना पाउने अधिकार भएकाले त्यसको उपयोग र प्रचलनमा गाउँपालिका अर्थात् स्थानीय सरकार जिम्मेवार र प्रतिवद्ध हुनुपर्ने बताएका हुन् । बकैया गाउँपालिकाको आयोजनामा आज शनिबार भएको स्थानीय सरकार संचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा […]

बकैयामा वनले समातेको एक्साभेटर छोड्न सेनाको ‘दवाव’

हेटौंडा, १३ पुस । मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिका–७ स्थित कत्लेखोलामा जिल्ला वन कार्यालय मकवानपुरको टोली र नेपाली सेनाबीच लफडा भएको छ । कत्लेखोलामा अवैधरुपमा एक्साभेटरले खोला दोहन गरिरहेको सूचनाको आधारमा पुगेको जिल्लावनको टोली र बाराको बागदेव गुल्मका नेपाली सेनाबीच भनाभन र झडपको स्थित सिर्जना भएको जिल्ला वन कार्यालयल मकवानपुरले जनाएको छ । निमार्णाधिन दु्रतमार्गमा […]

दोश्रो वी.पी कप फुटवल : हेटौँडा–१ को विजयी सुरुवात

हेटौंडा, १० पुस । हेटौँडा–४, हुप्राचौरमा आजबाट सुरु भएको दोश्रो वी.पी. कप फुटवल प्रतियोगितामा हेटौँडा–१ ले विजयी सुरुवात गरेको छ । नेपाल राष्ट्रिय लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा आजबाट सुरु भएको प्रतियोगितामा ट्राईब्रेकरमा साविक विजेता बकैयालाई २–१ ले हराउँदै हेटौंडा १ ले विजयी सुरुवात गरेको हो । पुस १६ गतेसम्म हुने उक्त प्रतियोगितामा मकवानपुरका ७ […]

हेटौँडामा आजबाट बीपि कप सुरु, उद्घाटन खेलमा बकैया गापा र हेटौँडा– १ बिच प्रतिस्प्रधा हुने

मकवानपुर, १० पुस । मकवानपुरको हेटौँडा–४ हुप्राचौरमा आजबाट बीपी कप जिल्ला स्तरीय ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु हुदैछ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुन गइरहेको फुटबल प्रतियोगिताको बिहिबार (आज) बिहान ११:३० बजे उद्घाटन हुने आयोजकले जनाएको छ। आज हुने उद्घाटन खेलमा साविक विजेता बकैया गाउँपालिका र हेटौंडा– १ बिच प्रतिस्प्रधा हुने […]

मकवानपुरको बकैया खोला तर्ने क्रममा लडेर केसीको मुत्यु

मकवानपुर, ८ पुस । मकवानपुरको पुर्वि क्षेत्र बकैया गाउँपालिका वडा नं. ५ मा खोला तर्ने क्रममा लडेर ध्रुब केसीको मृत्यु भएको छ । गाउँपालिका ५ स्थित बकैया खोला तर्ने क्रममा लडेर ६५ वर्षीय केसीको घटनास्थलमै मृत्यु भएको हो । सोमबार साँझ घर जाने क्रममा बकैया खोला तर्ने क्रममा चिप्लिएर लड्न पुग्दा बकैया ५ निवासी केसीको […]

जनयुद्वमा हराएका मकवानपुरका २५ जनाको खोजी जारी

हेटौंडा, ७ पुस । १० वर्षे जनयुद्वको क्रममा हराएका मकवानपुरका २५ जनाको हमलसम्म पत्ता लाग्न सकेको छैन् । २०५४ सालदेखी जनयुद्वको क्रममा विभिन्न समयमा जिल्लाका २५ जना बेपत्ता भएका थिए । बेपत्ता भएको दुई दशकभन्दा धेरै भैसक्दा पनि उनीहरुको पत्ता लाग्न नसकेको छानबिन आयोगले जनाएको छ । आयोगका अनुसार, उनीहरुको खोजी कार्य जारी रहेको छ […]

योजनाको तालमेल नहुँदा मकवानपुरको बकैयामा प्रधानमन्त्री कार्यक्रम प्रभावित

हेटौंडा, ७ पुस । मकवानपुरको बकैयाँ गाउँपालिकामा योजनाका तालमेल नबन्दा प्रधानमन्त्री रोजगार कार्यक्रम योजना पेस गर्न मुस्किल भएको जनाएको छ। कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ मा व्यववस्था भए बमोजिम पुँजीगत २५ प्रतिशत र मानव संसाधनतर्फ ७५ प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था रहेको छ। तर, गाउँपालिकामा सञ्चालन हुने योजनाहरूमा मानव संसाधन […]

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घर निर्माण

हेटौँडा, ६ पुस । मकवानपुरमा भुकम्पले ढलेका १४ हजार १ सय ३५ घरहरु निर्माण भएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यावस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयको आयोजनामा आईतबार (आज) हेटौंडामा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रमका यसबारेमा जानकारी दिइएको हो । जिल्लामा पहिचान भएका कुल लाभग्राही भुकम्प पीडित ३४ हजार ३ सय १९ परिवार मध्येमा […]